• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • २४ घण्टा 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • २४ घण्टा 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • २४ घण्टा 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • २ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • २ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ४ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ४ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

उपत्यकाको फोहोर उठाउने जिम्मा प्रधानमन्त्रीलाई

  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सरकार र नेपवेस्टबीच भएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी सम्झौताको कार्यान्वयन वा रद्द गर्ने काम चाँडै हुने बताएका छन्।

    Advertisement

    सोमबार सिंहदरबारमा काठमाडौं भ्याली मेयर्स फोरमले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि २० जुन २०११ मा भएको नेपवेस्टसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको ज्ञापनपत्र ग्रहण गरेपछि सो प्रतिबद्धता जनाएको ललितपुर महानगरपालिका प्रमुख एवं फोरमका अध्यक्ष चिरीबाबु महर्जनले जानकारी दिए।

    प्रधानमन्त्री दाहालले उपत्यका मेयर्स फोरमसँग छिटोभन्दा छिटो फोहोर व्यवस्थापन गर्न र सम्झौताअनुसार काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेको मेयर महर्जनले बताए।

    उनले आफूहरूले नेपाल विद्युत प्राधिकरणले स्मार्ट सिटी लाइट राख्दा ६०/४० को नीति विपरित बिल पठाएको बारेमा पनि ज्ञापन पत्र बुझाएको बताए। सोबारेमा प्रधानमन्त्री दाहालले आफूले सम्बन्धित निकायलाई निर्देशक दिइसकेको स्पष्ट पारेको पनि मेयर महर्जनले बताए।

    उनले भने,‘काठमाडौं उपत्यका भित्रको सफाइसम्बन्धी नेपाल सरकारले २० जुन २०११ मा सम्झौता गरेको थियो, त्यो सम्झौता अहिलेसम्म कार्यान्वयन नभएकाले हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई कि त त्यो छिटो कार्यान्वयन हुनुपर्छ, कि त क्यान्सिल हुनुपर्छ भन्ने पत्र बुझाएका छौँ, प्रधानमन्त्रीज्यू गम्भीर देखिनुहुन्छ, यो विषयमा, उहाँले म यो काम छिटोभन्दा छिटो गर्छु भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

    उनले यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा पनि स्मार्ट सिटी लाइट राख्दा ६०/४० को जुन नीति छ, त्यही बमोजिमले सडक बत्तीको पनि ६० प्रतिशत स्थानीय तहले तिर्ने भने ४० प्रतिशत विद्युत प्राधिकरणले मिनाह गर्नुपर्ने बताए। ‘यसको निमित्त प्रधानमन्त्रीज्यूले सम्बन्धित निकायलाई आदेश दिनुपर्छ भनेका छौँ,यो हुन्छ भन्ने जवाफ दिनुभयो,’उनले भने।

    चन्द्रागिरि नगरपालिकाका प्रमुख एवं फोरमका महासचिव घनश्याम गिरीले तत्कालको लागि भने स्थानीय तहले नै फोहोरको व्यवस्थापन गर्ने बताए। ‘उपत्यकाको फोहोर व्यवस्थापनबारे निकै अन्योल थियो,त्यसपछि हामीले सरकारलाई नै जिम्मा दिने निर्णय गरौँ,यसबारे तत्काल सरकारले पनि निर्णय लिएर हाम्रो निर्णयलाई कार्यान्वयनमा ल्याओस् भनेर माग पनि गरेका छौँ,’उनले भने।

    • पुष्पकमल दाहाल
    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation