Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

रोनाल्डो- एम्बाप्पे आमनेसामने हुँदै

  •   शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
  • युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा आज पोर्चुगल र फ्रान्सबिच भिडन्त हुँदा विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र किलियान एम्बाप्पे आमनेसामने हुनेछन्। यी दुईबीचको खेल आज राति पौने १ बजे जर्मनीमा हुनेछ। फ्रान्स र पोर्चुगल दुवैलाई प्रतियोगिताअघि उपाधि दाबेदार मानिएको थियो तर यी दुवैले आफ्नो क्षमता अनुरूप खेल देखाउन सकेका छैनन्। पोर्चुगलले पछिल्ला दुई खेलमा गोल पनि गरेको छैन। समूह चरणको अन्तिम खेलमा जर्जियासँग २–० ले स्तब्धकारी हार बेहोरेपछि पोर्चुगल प्रिक्वाटरफाइनलमा स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो। स्लोभेनियालाई टाइब्रेकरमा हराएपछि मात्र पोर्चुगल अघि बढेको हो। रोनाल्डोले स्लोभेनियाविरुद्ध अतिरिक्त समयमा पेनाल्टीमा पनि गोल गर्न सकेनन्। रोनाल्डोको यो छैटौँ युरोपेली च्याम्पियनसिप हो। यद्यपि ३९ वर्षीय स्ट्राइकर रोनाल्डो यस प्रतियोगितामा अहिलेसम्म गोलविहीन छन्। फ्रान्सले त ‘ओपन प्ले’ मा अहिलेसम्म गोल नै गर्न सकेको छैन। अहिलेसम्म चार खेलमा फ्रान्सका तर्फबाट आएका तीन गोलमध्ये दुई गोल आत्मघाती रूपमा प्राप्त भएको हो। एक गोल एम्बाप्पेले पेनाल्टीमा गरेका हुन्। एम्बाप्पेले मास्क लगाएर नै पोर्चुगलविरुद्ध पनि खेल्नेछन्। अस्ट्रियाविरुद्धको खेलमा एम्बाप्पेको नाक भाँचिएको थियो। जारी खेल फ्रान्सले अहिलेसम्म एक गोल मात्र बेहोरेको छ, त्यो पनि पेनाल्टीमा। त्यसैले फ्रान्सको मनोबल उच्च देखिएको छ। फ्रान्स र पोर्चुगलबिच लगातार तेस्रो संस्करणमा भिडन्त हुन लागेको हो। सन् २०१६ मा यी दुई टिमले युरो ट्रफीको छिनोफानो गर्न नै एकअर्काविरुद्ध खेलेका थिए। सो समय फ्रान्सलाई १–० ले हराएर पोर्चुगल च्याम्पियन बनेको थियो। पछिल्लो संस्करणमा यी दुई टिमबिच समूह चरणमा भएको खेल २–२ ले सकिएको थियो। सो खेलमा रोनाल्डोले दुवै गोल गरेका थिए। फ्रान्सविरुद्ध खेलेर रोनाल्डोले २१२ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान बनाउने छन्। रोनाल्डो सबभन्दा बढी अन्तर्राष्ट्रिय गोल (१३० गोल) गर्ने खेलाडी पनि हुन्। पोर्चुगलका लेफ्ट ब्याक नुनो मेन्डिजले रोनाल्डोको यो अन्तिम युरो कप भएकाले सबैजना उपाधि जितेर रोनाल्डोलाई उपहार दिन लालायित भएको बताएका छन्।

    Advertisement

    शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation