Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ४ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ४ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ४ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ६ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ६ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ६ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ६ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ६ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

रोनाल्डो- एम्बाप्पे आमनेसामने हुँदै


  •   शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
  • युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा आज पोर्चुगल र फ्रान्सबिच भिडन्त हुँदा विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र किलियान एम्बाप्पे आमनेसामने हुनेछन्। यी दुईबीचको खेल आज राति पौने १ बजे जर्मनीमा हुनेछ। फ्रान्स र पोर्चुगल दुवैलाई प्रतियोगिताअघि उपाधि दाबेदार मानिएको थियो तर यी दुवैले आफ्नो क्षमता अनुरूप खेल देखाउन सकेका छैनन्। पोर्चुगलले पछिल्ला दुई खेलमा गोल पनि गरेको छैन। समूह चरणको अन्तिम खेलमा जर्जियासँग २–० ले स्तब्धकारी हार बेहोरेपछि पोर्चुगल प्रिक्वाटरफाइनलमा स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो। स्लोभेनियालाई टाइब्रेकरमा हराएपछि मात्र पोर्चुगल अघि बढेको हो। रोनाल्डोले स्लोभेनियाविरुद्ध अतिरिक्त समयमा पेनाल्टीमा पनि गोल गर्न सकेनन्। रोनाल्डोको यो छैटौँ युरोपेली च्याम्पियनसिप हो। यद्यपि ३९ वर्षीय स्ट्राइकर रोनाल्डो यस प्रतियोगितामा अहिलेसम्म गोलविहीन छन्। फ्रान्सले त ‘ओपन प्ले’ मा अहिलेसम्म गोल नै गर्न सकेको छैन। अहिलेसम्म चार खेलमा फ्रान्सका तर्फबाट आएका तीन गोलमध्ये दुई गोल आत्मघाती रूपमा प्राप्त भएको हो। एक गोल एम्बाप्पेले पेनाल्टीमा गरेका हुन्। एम्बाप्पेले मास्क लगाएर नै पोर्चुगलविरुद्ध पनि खेल्नेछन्। अस्ट्रियाविरुद्धको खेलमा एम्बाप्पेको नाक भाँचिएको थियो। जारी खेल फ्रान्सले अहिलेसम्म एक गोल मात्र बेहोरेको छ, त्यो पनि पेनाल्टीमा। त्यसैले फ्रान्सको मनोबल उच्च देखिएको छ। फ्रान्स र पोर्चुगलबिच लगातार तेस्रो संस्करणमा भिडन्त हुन लागेको हो। सन् २०१६ मा यी दुई टिमले युरो ट्रफीको छिनोफानो गर्न नै एकअर्काविरुद्ध खेलेका थिए। सो समय फ्रान्सलाई १–० ले हराएर पोर्चुगल च्याम्पियन बनेको थियो। पछिल्लो संस्करणमा यी दुई टिमबिच समूह चरणमा भएको खेल २–२ ले सकिएको थियो। सो खेलमा रोनाल्डोले दुवै गोल गरेका थिए। फ्रान्सविरुद्ध खेलेर रोनाल्डोले २१२ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान बनाउने छन्। रोनाल्डो सबभन्दा बढी अन्तर्राष्ट्रिय गोल (१३० गोल) गर्ने खेलाडी पनि हुन्। पोर्चुगलका लेफ्ट ब्याक नुनो मेन्डिजले रोनाल्डोको यो अन्तिम युरो कप भएकाले सबैजना उपाधि जितेर रोनाल्डोलाई उपहार दिन लालायित भएको बताएका छन्।

    Advertisement

    शुक्रबार, असार २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ४.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ५.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation