काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता भएको छ।
Advertisement
नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमबाट एकता घोषणा गरिएको हो। दुई पार्टीबीच एकताका लागि १० बुँदे सहमति भएको छ।
एकताको सहमति पत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र नेकपाको तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।
स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् पार्टीको एकता राष्ट्रिय महाधिवेशन गर्ने, केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय, केन्द्रीय कार्यसंयोजन समिति तथा अन्य केन्द्रीय निकायहरूमा सहमतिका आधारमा समायोजन गर्नेलगायतको विषय सहमतिपत्रमा समेटिएको छ।