काठमाडौं, कात्तिक १७ –
Advertisement
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले)सहित सबै वामपन्थी शक्तिहरुलाई एकताको लागि आह्वान गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।