• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, मङि्सर १२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
  • ३६ मिनेट 

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक
  • ५ घण्टा 

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
  • ६ घण्टा 

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
  • ६ घण्टा 

चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
  • ६ घण्टा 

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
  • १ दिन 

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
  • १ दिन 

सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती
  • १ दिन 

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • २. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ३. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ४. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ५. जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

  • ६. चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • ७. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • १०. आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने


  •   शुक्रबार, मङि्सर १२, २०८३ मा प्रकाशित
  • रसुवा, मंसिर ११-

    Advertisement

    सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ ।

    बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० दाखिला गर्नुभयो ।

    योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रु १७ हजार ५०० सहायता पाउनेछिन् । बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताउनुभयो ।

    उहाँले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पार्नुभयो । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उहाँले बताउनुभयो । बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्रै उद्धार, संरक्षण र पुनःस्थापनाको काम अघि बढाइने उल्लेख गर्दै उहाँले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत ध्यान दिएर सरकारले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।

    राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो । मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजिएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ । परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली गत सातादेखि बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान, मूल्याङ्कन तथा दीर्घकालीन स्याहार योजना निर्माणमा परिचालित छन् ।

    स्थलगत अध्ययनका क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशुको अवस्था उच्च जोखिमपूर्ण देखिएपछि मन्त्री वादीले रकम प्रदान गर्नुभएको हो । मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ ।

    मन्त्रालयको बालकोषमा रु सात करोड रहेको र बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको मन्त्री वादीले बताउनुभयो ।

    शुक्रबार, मङि्सर १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह
    बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक
    आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण
    नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
    एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

    लोकप्रिय

    • १.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • २.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ३.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    • ४.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ५.
      जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक

    • ६.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    भर्खरै

    • १.
      जनकपुरधाम–अयोध्या रेलले जोड्दै आस्था र संस्कृति, धार्मिक पर्यटनमा उत्साह

    • २.
      बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक

    • ३.
      आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

    • ४.
      भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

    • ५.
      चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

    • ६.
      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

    • ७.
      एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

    • ८.
      सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation