Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • १०. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

परराष्ट्रमन्त्रीको चीन भ्रमण : नेपाल–चीन विकास करिडोरको प्रस्ताव


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको नौदिने औपचारिक भ्रमण सकेर सोमबार फर्केका छन् । भ्रमणमा भएका शीर्ष भेटवार्तामा उनले नेपाल–चीन विकास करिडोरको प्रस्ताव गरेका छन् । नेपालले चीनसँग प्रस्तुत गरेको यो सहकार्यको नयाँ प्रस्ताव हो । चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    Advertisement

    विकास करिडोरका विषयमा नेपाल र चीनबीच संयुक्त कार्य समूह गठनका विषयमा पनि छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘बेइजिङमा भेटवार्ता सकेपछि मैले तिब्बत, सिचुआन, छोङछिङ भ्रमणमा त्यहाँका सरकार प्रमुखहरूसँग विकास करिडोरका विषयमा गम्भीरतापूर्वक छलफल गरेँ,’ स्वदेश फर्केपछि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल–तिब्बत–छोङछिङ–सिचुवानबीच विकास करिडोर बनाउने विषयमा सकारात्मक छलफल भयो । यसबारेमा कार्य समूह (वर्किङ ग्रुप) बन्छ ।’

    नेपालको विकास र समृद्धिका विषयमा बेइजिङ, ल्हासा, छोङछिङ र छेन्दुमा चिनियाँ शीर्ष नेताहरूसँग एक्लाएक्लै पनि छलफल गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । विगतमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समयमा दुई देशबीच हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत सहकार्य गर्ने ढाँचामा सहमति भएको थियो ।

    अहिले उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिका दृष्टिले नेपाल–चीन विकास करिडोर सान्दर्भिक भएको बताए । ‘चीनका उदीयमान सहरहरूसँग जोडिएर हामीले समृद्धि र विकासमा फाइदा लिनुपर्छ भन्ने मेरो मूलभूत उद्देश्य थियो । यही सन्दर्भमा भ्रमण र सकारात्मक कुराकानी भए,’ श्रेष्ठले भने, ‘प्रस्तावित आर्थिक करिडोरले नेपालको आर्थिक समृद्धिमा योगदान गर्नेछ ।’उपप्रधानमन्त्री श्रेष्ठले कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाई कार्यान्वयन गर्दै जान दुवै पक्ष सहमत भएको जानकारी दिए ।

    चिनियाँ विदेशमन्त्री यीले यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए । उपप्रधानमन्त्री श्रेष्ठ ११ देखि १९ चैतसम्म चीन भ्रमणमा थिए । उनले बेइजिङमा नेसनल कमिटी अफ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कमिटी (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए  । उनले चिनियाँ कम्युनिस्ट पार्टी, छोङछिङ नगर समितिका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य युआन जियाजुन, पार्टीको तिब्बत सचिव वाङ जुनछेङ,  सिचुवान प्रान्तका गभर्नर हुवाङ छियाङ र  पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग छलफल गरेका थिए ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation