Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज २३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
  • ३ घण्टा 

पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
  • ३ घण्टा 

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
  • २१ घण्टा 

चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
  • २३ घण्टा 

वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
  • १ दिन 

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण
  • १ दिन 

कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै
  • १ दिन 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी
  • २ दिन 

सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान
  • २ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

  • २. १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको जिम्मा लगाइयो

  • ३. सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको पतरे खोला पुल बनाउन नयाँ ठेक्का आह्वान

  • ४. चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

  • ५. चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • ६. पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

  • ७. सभापति गगन थापालाई बलियो बनाउन शंकर तिवारीले गरे महामन्त्रीको घोषणा

  • ८. सिराहामा लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

  • ९. अमेरिकाले इरानबारे ‘सजिलो वा कठिन बाटो’ रोजेर निर्णय गर्ने

  • १०. चितवन माडि ५ पर्ने ​पर्यटकीय क्षेत्र सोमेश्वर गढी जाने बाटोमा सरसफाइ, सरसफाइ अभियानलाई निरन्तरता दिइने ।

परराष्ट्रमन्त्रीको चीन भ्रमण : नेपाल–चीन विकास करिडोरको प्रस्ताव


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको नौदिने औपचारिक भ्रमण सकेर सोमबार फर्केका छन् । भ्रमणमा भएका शीर्ष भेटवार्तामा उनले नेपाल–चीन विकास करिडोरको प्रस्ताव गरेका छन् । नेपालले चीनसँग प्रस्तुत गरेको यो सहकार्यको नयाँ प्रस्ताव हो । चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    Advertisement

    विकास करिडोरका विषयमा नेपाल र चीनबीच संयुक्त कार्य समूह गठनका विषयमा पनि छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘बेइजिङमा भेटवार्ता सकेपछि मैले तिब्बत, सिचुआन, छोङछिङ भ्रमणमा त्यहाँका सरकार प्रमुखहरूसँग विकास करिडोरका विषयमा गम्भीरतापूर्वक छलफल गरेँ,’ स्वदेश फर्केपछि उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल–तिब्बत–छोङछिङ–सिचुवानबीच विकास करिडोर बनाउने विषयमा सकारात्मक छलफल भयो । यसबारेमा कार्य समूह (वर्किङ ग्रुप) बन्छ ।’

    नेपालको विकास र समृद्धिका विषयमा बेइजिङ, ल्हासा, छोङछिङ र छेन्दुमा चिनियाँ शीर्ष नेताहरूसँग एक्लाएक्लै पनि छलफल गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । विगतमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको समयमा दुई देशबीच हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्कअन्तर्गत सहकार्य गर्ने ढाँचामा सहमति भएको थियो ।

    अहिले उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिका दृष्टिले नेपाल–चीन विकास करिडोर सान्दर्भिक भएको बताए । ‘चीनका उदीयमान सहरहरूसँग जोडिएर हामीले समृद्धि र विकासमा फाइदा लिनुपर्छ भन्ने मेरो मूलभूत उद्देश्य थियो । यही सन्दर्भमा भ्रमण र सकारात्मक कुराकानी भए,’ श्रेष्ठले भने, ‘प्रस्तावित आर्थिक करिडोरले नेपालको आर्थिक समृद्धिमा योगदान गर्नेछ ।’उपप्रधानमन्त्री श्रेष्ठले कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाई कार्यान्वयन गर्दै जान दुवै पक्ष सहमत भएको जानकारी दिए ।

    चिनियाँ विदेशमन्त्री यीले यसै वर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए । उपप्रधानमन्त्री श्रेष्ठ ११ देखि १९ चैतसम्म चीन भ्रमणमा थिए । उनले बेइजिङमा नेसनल कमिटी अफ चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कमिटी (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए  । उनले चिनियाँ कम्युनिस्ट पार्टी, छोङछिङ नगर समितिका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य युआन जियाजुन, पार्टीको तिब्बत सचिव वाङ जुनछेङ,  सिचुवान प्रान्तका गभर्नर हुवाङ छियाङ र  पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपप्रमुख सुन हैयानसँग छलफल गरेका थिए ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना
    पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते
    प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
    चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ
    वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन

    • २.
      १० वर्षअघि हराएका बालक भारतमा फेला, परिवारको

    • ३.
      सोविता गौतमको निर्देशनपछि ८ वर्षदेखि अलपत्र माडीको

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही

    • ५.
      चितवनमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना

    • ६.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु,

    भर्खरै

    • १.
      जनकपुर र लालगढमा ‘रिफ्रेस सेन्टर’ स्थापना

    • २.
      पोखरामा स्कुल बस दुर्घटनाः पाँच जनाको मृत्यु, १४ जना घाइते

    • ३.
      प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

    • ४.
      चाडपर्वको समयमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ : महासङ्घ

    • ५.
      वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

    • ६.
      साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

    • ७.
      कांग्रेस संस्थापन इतर पक्षको भरतपुर महानगर अधिवेशन आज हुँदै

    • ८.
      नेपाली कांग्रेसको १५औँ महाधिवेशनः सह–महामन्त्रीमा चितवनका दिनेश र विकासको उमेदवारी

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation