Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
  • ३ घण्टा 

राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
  • ३ घण्टा 

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
  • ६ घण्टा 

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
  • ६ घण्टा 

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
  • ७ घण्टा 

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती
  • १ दिन 

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
  • १ दिन 

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा
  • १ दिन 

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

  • २. कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

  • ३. गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

  • ४. माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • ५. जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार

  • ६. डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा, के हो त कारण ?

  • ७. सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

  • ८. राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

  • ९. राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

  • १०. भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर


  •   मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
  • ८ पुस, मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् ।

    Advertisement

    केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न बेंसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामीण बस्ती सुनसान बनेका छन् ।

    हिउँदयामको मौसममा बेंसी नझरी गाउँमै बसेका स्थानीय नागरिकलाई चिसो थेग्न मुश्किल परेको छ । विद्युत् र सञ्चार सेवा अनियमित हुनु, चिसोका कारण घरका धारा, सेफ्टी ट्याङ्की चिसो भइ बरफ बनेर जम्न थालेपछि स्थानीयको दैनिकीमा प्रतिकूल असर पुर्‍याएको छ । चिसोका कारण गाउँमा बसेका स्थानीयको स्वास्थ्यमा असर पुर्‍याउनसक्ने जोखिम छ । माथिल्लो मुस्ताङका नागरिकले हिउँदयामको जाडो थेग्न गुइँठाको साहारा लिन थालेका छन् । सुक्खा पठार माथिल्लो मुस्ताङमा वनजङ्गल नहुँदा दाउराको समस्या छ । बर्खायाममा विद्युत् र ग्यासको प्रयोग हुने भए पनि त्यहाँका नागरिकले पशुचौपायाको गोबरलाई गुइँठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन् । लोमान्थाङ–३ ठिङ्गरका पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुइठा बनाएर ऊर्जाका रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिए । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाममा सुकाएर गुइँठा बनाएर आगो ताप्ने, पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको जानकारी दिए । माथिल्लो मुस्ताङमा ठूलो सङ्ख्यामा स्थानीय नागरिकले याकचौँरी र भेडाच्याङ्ग्रापालन व्यवसाय गर्ने गरेका छन् । यिनै याकचौँरी र भेडाच्याङ्ग्राको गोबरलाई स्थानीयले लगातार घाममा सुकाएर गुइँठा तयार गर्ने गर्छन् । यद्यपि यो प्रचलन माथिल्लो मुस्ताङमा सदियौँदेखि निरन्तर चल्दै आइरहेको छ । माथिल्लो मुस्ताङमा याकचौँरीको गोबर र भेडाच्याङ्ग्राको जुतोलाई लगातार घाममा सुकाएर गुइँठा तयार गरेपछि बोराभित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइँठालाई आवश्यकताअनुसार ऊर्जाका रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ–२ किम्लिङका ढिन्डुक गुरुङले उल्लेख गरे । यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुइँठा दाउराभन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान इन्धनका रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाइ छ । खेतबारी र चरन क्षेत्रमा खेर गइरहेका पशुचौपायाको आलो गोबर सङ्कलन गरी स्थानीयले गुइँठा बनाउँछन् । यसरी यहाँ गुइँठालाई ऊर्जाका रुपमा प्रयोग गर्न थालिएपछि दाउराको विकल्पमा गुइँठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुइँठाको प्रयोगले विद्युत् र ग्यासको खपत कम गरी आर्थिक बचतमा योगदान पुर्‍याएको छ ।

    मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
    राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
    कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
    सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती
    भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    लोकप्रिय

    • १.
      निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १०

    • २.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम

    • ३.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ४.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि

    • ५.
      जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५

    • ६.
      डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा,

    भर्खरै

    • १.
      राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

    • २.
      राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

    • ३.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

    • ४.
      सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    • ५.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ६.
      सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    • ७.
      भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    • ८.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation