• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, कार्तिक १९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,
  • ९ घण्टा 

पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन
  • ९ घण्टा 

सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
  • ९ घण्टा 

सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी
  • ९ घण्टा 

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता
  • १ दिन 

पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन
  • १ दिन 

चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ
  • १ दिन 

एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ
  • १ दिन 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध साढे ७३ करोडको भ्रष्टाचार मुद्दा दायर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

  • २. अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात कम हुँदै मौसममा सुधार आउने

  • ३. वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब १४ करोड

  • ४. गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई राउन्ड गोली, २१० किलो गाँजासहित पाँच जना पक्राउ

  • ५. डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ खनेर ८ कैदी फरार (तस्बिर)

  • ६. पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने दुई कर्मचारीसहित तीन जना दोषी ठहर

  • ७. बिचौलिया इनम सापकोटाको ‘कनेक्सन’ सार्वजनिक गर्ने पत्रकारमाथि प्रहरीको धरपकड

  • ८. इन्स्पेक्टरसहित थुनिएका ३८ सरकारी कर्मचारीको झन्डै दुई घण्टापछि उद्धार

  • ९. नागढुंगा सुरुङमार्ग आजदेखि सःशुल्क, कति तिर्नुपर्छ ?

  • १०. गाँजाको व्यवसायिक खेति गर्न पाईने, तीन महिनाभित्र कानुनी व्यवस्था गर्न सर्वाेच्चको परमादेश

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’


  •   मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
  • २८ असोज, चितवन । चितवनको कालिका नगरपालिका-६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै पोसाक लगाएर चोर्न आएको पाइएको छ । घरधनीसँग जम्काभेट भएपछि निजहरूले आफूहरू प्रहरी भएको र फरार कैदीबन्दी खोज्न आएको भन्दै उम्किएका थिए ।

    Advertisement

    घटना विवरणअनुसार नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाको घरमा चोरी गर्न आएको आफूलाई प्रहरी बताउने व्यक्तिहरू खतिवडासँग जम्का भेट भएपछि प्रहरी भन्दै उम्किएका थिए । खतिवडाले भने, ‘नजिकै रहेको काकाको घरमा क्रिकेट हेर्ने निधो भएपछि ढोका बन्द गर्न लागाएर बाहिरको बत्ती बालेर दाजुभाइ गयौं । रातको १२ बजे खेल सकिएपछि काकाको घरबाट घर फर्किंदा सडक पोलको बत्ती निभेको पाइयो । घरअगाडि बालेको बत्ती पनि बन्द गरेको पाइयो । बत्ती बन्द गरिएकामा शंका लाग्यो ।’ ‘मेरो घरबाट चार घर पर अँधेरोमा केही चीज रोकेर राखेकोसम्म आँखा पुग्यो । जब आफ्नो घरअगाडि सडकमा पुगेँ अँध्यारोमा एक अपरिचित युवा मेरो घरको बरण्डाबाट आँगनमा निस्किए’, घटना विवरण सुनाउँदै उनले भने, ‘एक्कासि नयाँ मान्छे देख्दा म आत्तिए । चोर  भन्ने सम्झे । तर बोल्न सकिनँ ।’

    ती व्यक्तिले यहाँ कारागारबाट भागेको कैदी लुकेको छ रे कहाँ छ ? भन्दै प्रश्न सोधेपछि आफू आत्तिएर काको घरतर्फ गएको खतिवडाले बताए । भाइ विवेक खतिवडा र आफू पुनः घरमा फर्किंदा ती व्यक्ति अगाडि मोटरसाइकलमा रहेका अर्का व्यक्तिसम्म पुगेको उनले बताए ।

    निजहरूले दाजुभाइलाई आफूहरु प्रहरी भएको र लोकेसनले फरार कैदीबन्दी यहाँ देखाएकाले खोज्दै आएको बताएको उनले सुनाए । घर आउँदा मोटरसाइकल राखेको ठाउँबाट अलि पर सारेको, जुत्ता, हेलमेट सडक किनारमा लगेर राखेको, झ्यालको पल्ला खोलेको पाएपछि बल्ल उनीहरू चोर हुन भन्ने यकिन भएको खतिवडाले बताए ।

    राति नै प्रहरीलाई खबर गरी घटनाका विवरण सुनाएको उनले जानकारी दिए । मोटरसाइकलमा रहेका व्यक्तिले हतियारजस्तो वस्तु समेत बोकेको देखेको खतिवडाले बताए । उनका अनुसार नजिकै रहेको काका कालिदास खतिवडाको घरबाट पल्सर मोटरसाइकल राति नै चोरी भएको छ । उनीहरू बत्ती निभाएर चोर्ने नियतले घरमा पसेको र जम्काभेट भएपछि आफूहरूलाई प्रहरी बताउँदै उम्किएको खतिवडाले बताए ।

    इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक सुवास भट्टले घटनाको जानकारी पाएसँगै राति प्रहरी परिचालन भएको र घटनाको अध्ययन थालिएको बताए ।

    उनीहरू प्रहरी नभएको भन्दै चोरी गर्ने नियतले आएको हुन सक्ने उनले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द पुरीले फरार कैदीबन्दी पनि हुन सक्ने आशङ्का बीच सोही कोणबाट समेत अनुसन्धान थालिएको बताए । उनले भने, ‘यसै भन्न सकिन्नँ, तर सबै कोणबाट अध्ययन थालेका छौँ ।’ चितवनसहित देशका धेरै कारागारबाट ठूलो सङ्ख्यामा कैदीबन्दी फरार रहेका छन् ।

    मङ्गलबार, असोज २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,
    पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन
    सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ
    सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी
    नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता
    पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

    लोकप्रिय

    • १.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको

    • २.
      अर्नब चक्रवातको प्रभावः अपराह्नपछि वर्षा र हिमपात

    • ३.
      वाणिज्य बैंकको तीन महिनाकै नाफा १९ अर्ब

    • ४.
      गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले चलायो दुई

    • ५.
      डोल्पा कारागारबाट यसरी ४ मिटर लामो सुरुङ

    • ६.
      पोखरिया नगरपालिकामा गलत अपाङ्गता परिचयपत्र जारी गर्ने

    भर्खरै

    • १.
      आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,

    • २.
      पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन

    • ३.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

    • ४.
      सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

    • ५.
      नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता

    • ६.
      पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

    • ७.
      चितवनमा ६ लाख बढी मूल्यको पटाका बरामद, दुई भारतीय नागरिक पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation