Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

प्रधानमन्त्री ओलीको आह्वानपछि नेपालमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायीले नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् । प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् । सो अवसरमा व्यवसायहीहरूले लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धलगायतका विषयमा चासो राख्नुभएको थियो । नेपालमा विदेशी मुद्राको सहजता र ‘रिजर्भ’बारे पनि उहाँहरुको जिज्ञासा थियो । छलफलका क्रममा नेपाली उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक टोलीले लगानीका लागि प्रचुर सम्भावना रहेकाले नेपालमा लगानी गर्न थाई व्यवसायी तथा लगानीकर्तासँग अनुरोध गर्नुभएको थियो । छलफलमा सहभागी प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहाकार डा युवराज खतिवडाले लगानीका विविध आयामका विषयमा छलफल भएको र लगानी मात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाई उद्योगी–व्यापारीसहित लगानीकर्ताहरुलाई प्रधानमन्त्री ओलीले दिनुभएको बताउनुभयो । निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । डा खतिवडाका अनुसार थाई व्यवसायीहरूले नेपालमा लगानी गर्न इच्छा र तत्परता देखाउनुभएको छ । छलफलबारे जानकारी दिँदै डा खतिवडाले भन्नुभयो, “निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभयो । त्यसका लागि उपयुक्त साझेदारको खोजी गर्छौं भनी लगानी गर्न तत्परता देखाउनुभएको छ ।” डा खतिवडाले भन्नुभयो, “लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको कानुनी व्यवस्थाका बारेमा उहाँहरूमा चासो देखिन्थ्यो । कर्मचारी प्रशासनले दिने दुःख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरु घटाएर व्यवस्थित गर्नसमेत लगानीकर्ताले जोड दिनुभएको छ ।” छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरुका बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा लगानी गर्नुपर्ने जति पनि क्षेत्र छन्, तिनमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गर्नुभयो । धेरैजसो लगानीसम्बन्धी कानुन परम्परागत थिए, ती लगानीका लागि बाधक थिए, ती सबै कानुनलाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको प्रतिबद्धता ‘इन्सुरेन्स’ गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ ।” सो अवसरमा भारतसँग १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत्सम्बन्धी सम्झौता भएअनुसार उत्पादन गर्नुपर्ने अवस्था र पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्नका लागि पनि नेपालमा उच्च सम्भावना रहेकोलगायतका विषयमा छलफलमा भएको थियो । रासस

    Advertisement

    बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation