दोश्रो माडी साँस्कृतिक तथा पर्यटन उत्सव-२०८१ को औपचारिक समुद्घाटन भुवन के.सी.ले गर्नुहुने भएको छ । बृहत् शोभायात्रामा सहभागी रहँदै चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष समेत रहनुभएका नायक के.सी.ले मेलाको समुद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।
बसन्तपुर बजारस्थित चौरको स्तरिकरणका उद्देश्यले माडी कला केन्द्रको मुख्य आयोजनामा सो मेला सञ्चालन हुन लागेको हो । मेलामा समुद्घाटनको दिन फागुन २२ गते जनगायक जीवन शर्माको समेत साँस्कृतिक प्रस्तुति रहने कार्यतालिका रहेको छ ।
यसबाहेक फागुन २३ गते लोकदोहोरी गायक श्याम राना, २४ गते र्यापर मिस्टर डी, २५ गते लोकदोहोरी गायिका ज्योति मगर तथा फागुन २६ गते गायक हेमन्त शर्मा, रवि रिमाल र प्रमोद जख्मीको प्रस्तुति रहनेछ ।
त्यस्तै फागुन २७ गते गायिका अनु चौधरी, २८ गते गायक प्रकाश दुतराज, २९ गते (पहाडमा होलीका दिन) भोजपुरी डान्सर प्रिती पासवान, चैत १ गते (तराईमा होलीका दिन) नायक पल शाह र चैत २ गते शनिवार गायक खेम सेन्चुरीको प्रस्तुति रहने आयोजकले सार्वजनिक गरेको छ ।
Advertisement