फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एल’ को खेलमा क्रोएसियाले पानामालाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औँ मिनेटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै क्रोएसियालाई महत्त्वपूर्ण तीन अङ्क दिलाए ।
Advertisement
जोसिप स्टानिसिकको पासलाई सदुपयोग गर्दै बुदिमिरले गोल गरेका थिए । जीतसँगै क्रोएसियाले समूह चरणमा पहिलो तीन अङ्क जोडेको छ । पहिलो खेलमा इंग्ल्याण्डसँग ४–२ गोलले पराजित भएको क्रोएसियाले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको हो ।
पानामाले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि घानासँग १–० ले पराजित भएको पानामा अङ्कविहीन बन्दै विश्वकपबाट बाहिरिएको छ ।
