Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, जेठ १६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
  • ५ दिन 

सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
  • ६ दिन 

पेट्रोलको आयात दुई गुणाले वृद्धि
  • १ हप्ता 

भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
  • १ हप्ता 

बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
  • १ हप्ता 

अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव
  • १ हप्ता 

संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
  • १ हप्ता 

कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण
  • २ हप्ता 

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

  • २. गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

टी–२० विश्वकप एशिया छनोटको निर्णायक खेलमा नेपालले आज ओमानसँग खेल्दै

  •   बुधबार, असोज २९, २०८२ मा प्रकाशित
  • आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपाल र घरेलु टोली ओमानले लगातार तीन/तीन खेल जितेका छन्।

    Advertisement

    तीन खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको ओमान रनरेटमा नेपालभन्दा अगाडि छ। बुधबार साँझ हुने यी दुई टोलीबीचको खेल एक खेल अगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेमा मात्रै केन्द्रित हुने छैन, शीर्ष स्थानको लडाईं पनि हुनेछ। विगतको नतिजा हेर्ने हो भने नेपाल ओमानभन्दा पछि छ। तर, नेपाली टोलीको पछिल्लो प्रदर्शन र ओमानको अहिलेको टोलीलाई हेर्ने हो भने नेपालको पल्ला भारी छ। पछिल्लो समय ओमानको टोलीमा आमूल परिवर्तन आइसकेको छ। पुराना र अनुभवी खेलाडीले बोर्डको निर्णयप्रति असन्तुष्टि जनाउँदै खेल्न छाडेपछि नयाँ टोलीका साथ ओमान विश्वकप छनोटमा उत्रिएको छ।

    त्यही कारण ओमानको तुलनामा नेपालको पल्ला भारी देखिएको छ। त्यसैले बुधबार शीर्ष स्थानको ओमानलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने अभियानमा नेपाल छ। विगतमा यी दुई टोलीबीच आठ टीट्वेन्टी खेल भएको छ। जसमा नेपालले तीन खेलमा जित निकालेको छ भने पाँच खेल ओमानको पक्षमा गएको छ। विगतको तथ्यांकमा पछि परे पनि आफ्नो पुरानो छविलाई यथावत राख्दै शतप्रतिशत जित निकाल्ने अभियानमा नेपाल छ।

    रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित

    नेपालले सोमबार राति भएको रोमाञ्चक खेलमा कतारलाई पाँच रनले पराजित गरेको थियो। नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा एक सय ४२ रनमा समेटिएको थियो। कतारका ओपनर इमाल लियानागे र जुबेर अलीले अर्धशतकीय पालि खेले पनि टोलीलाई जिताउन सकेनन्। इमालले ५५ र जुबेरले ५२ रनको योगदान दिए। उनीहरूले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। मोहमद असिमले १० रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका सन्दीप लामाछिानेले पाँच विकेट लिए। ३.५ ओभर बलिङ गरेका उनले १८ रन खर्चिएर पाँच विकेट लिएका हुन्। टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपले दोस्रो पटक पाँच विकेट लिएका हुन्। उनले यसअघि सन् २०२२ अगष्ट २९ मा केन्यासँगको खेलमा नौ रन खर्चिएर पाँच विकेट लिएका थिए। यस्तै नन्दन यादवले दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४७ रन बनाएको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले ५८ रनको अर्धशतकीय पालि खेलेका थिए। उनले ४२ बलमा एक छक्का र सात चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरीले २६, गुलसन झाले १६, सोमपाल कामीले १४ र आसिफ शेखले ११ रन बनाए। कतारका कप्तान मिर्जा मोहमद बेग र डानियल लुइसले तीन/तीन विकेट लिए। मोहमद असिमले ओवेस अहमदले एक/एक विकेट हात पारे। स

    बुधबार, असोज २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने
    सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ
    पेट्रोलको आयात दुई गुणाले वृद्धि
    भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै
    बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?
    अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    लोकप्रिय

    • १.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ–

    • २.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने,

    भर्खरै

    • १.
      गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने, राष्ट्रपतिले सम्बोधन गर्ने

    • २.
      सुधन गुरुङको बयान लिने तयारी, समिति भन्छ– हामी बोल्दैनौं, प्रमाण बोल्छ

    • ३.
      पेट्रोलको आयात दुई गुणाले वृद्धि

    • ४.
      भारतसँग नेपालले ८० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्दै

    • ५.
      बागमती सरकारः ४९ अर्बको बजेट सिलिङ वितरण, कुन मन्त्रालयलाई कति ?

    • ६.
      अर्थमन्त्रीको ‘मिसन मोड’: यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

    • ७.
      संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन

    • ८.
      कागजात जलेपछि यस वर्ष भएन राष्ट्रपति कार्यालयको लेखा परीक्षण

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation