चितवन – चितवनको भरतपुरमा प्राथमिक स्वास्थ्य उपचार सम्वन्धी पाँचदिने तालिम बुधबारदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नं। ८ को आयोजना, मनकामना अस्पतालको सहयोग तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वयमा प्राथमिक स्वास्थ्य उपचार सम्वन्धी पाँचदिने तालिम सुरु भएको हो ।
सम्भावित जोखिमबाट जिवन बचाउने, अवस्था अरु खराव वा जोखिमपूर्ण हुन नदिने तथा सुरक्षित उपचारका लागि स्वास्थ्यसंस्था सम्म लैजानका लागि गर्नुपर्ने कामका बारेमा तालिममा प्रशिक्षण दिइने आमा बच्चा स्वास्थ्य नेपालका अध्यक्ष कविता खतिवडाले जानकारी दिनुभयो ।
प्राथमिक उपचार सम्वन्धी तालिममा भरतपुर महानगरपालिका वडा नं। ८ का टोलसुधार समितिका अध्यक्ष तथा प्रतिनिधि विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु तथा विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको उहाँँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नं। ८ का वडाअध्यक्ष जीवनाथ कंडेलको अध्यक्षता तथा भरतपुर महानगरपालिकाका कार्यबाहक मेयर ज्ञानप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन शत्रमा भरतपुर महानगरपालिका वडा नं। २४ का अध्यक्ष रामबहादुर गोदार, मनकामना अस्पताल प्रालिका अध्यक्ष ध्रुवप्रसाद काफ्ले, अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिलिप घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन र सहजीकरण आमा बच्चा नेपालकी अध्यक्ष कविता खतिवडाले गर्नुभएको थियो ।