नेपाली बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (हिजो) बिहीबार प्रतितोला दुई लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पाँच हजार ८०० रुपैयाँले घटेर दुई लाख ८५ हजार ५०० रुपैयाँ कायम भएको छ।
Advertisement
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार तोलामा चार हजार ५०५ रुपैयाँ रहेको चाँदी आज १५५ रुपैयाँले घटेर चार हजार ३५० रुपैयाँ कारोबार भएको छ।
