Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

इरानका १७० भन्दा बढी स्थानमा अमेरिकी हमला, इरान भन्छ- कडा जवाफ दिनेछौं


  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
  • अमेरिकाले पछिल्लो २ दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रहरूमा आक्रमण गरेको बताएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार आक्रमण गरिएका स्थानहरूमा एयर डिफेन्स सिस्टम, ड्रोन भण्डार र तटीय सैन्य अखडाहरू रहेका छन् । यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई होर्मुज स्ट्रेटमा दखल दिए कडा जवाफ दिने चेतावनी दिएको छ।

    Advertisement

    आईआरजीसीले बहराइन र कुवेतमा रहेका अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र अली अल-सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन हमला गरेको दाबी गरेको छ। इरानी समाचार एजेन्सीका अनुसार, अमेरिकी हमला जारी रहे होर्मुजको स्थिति सामान्य हुन नसक्ने र यस रुटमा निर्भर धेरै देशहरूले आर्थिक नोक्सानी व्यहोर्नुपर्ने इरानले बताएको छ।

    अर्कोतर्फ, उत्तरी इरानमा चीन र रुससँग जोडिएको एक रणनीतिक रेलवे पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनमा इरानसँगको युद्धविराम सम्झौता अन्त्य भइसकेको र अब इरानसँग कुनै सम्झौता नगर्ने बताएका छन् । तर अमेरिकी अधिकारीहरूले इरानसँग कूटनीतिक समाधान खोज्ने प्रयासस्वरूप प्राविधिक स्तरको वार्ता अझै जारी रहेको दाबी गरेका छन्।

    कतार र पाकिस्तान जस्ता देशहरूले मध्यस्थताको प्रयास गरिरहेका छन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि धम्कीको माहोलमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता नहुने स्पष्ट पार्दै अमेरिकाले पुराना सम्झौताहरूको सम्मान गर्नुपर्ने बताएका छन्। तनावका बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई बिहीबार मशहद सहरस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ।

    डेढ करोडभन्दा बढी मानिस सहभागी भएको भनिएको उक्त सात दिने अन्तिम बिदाइ कार्यक्रम युद्धको त्रासकै बीच सम्पन्न भएको हो। बिहीबार इरानको बुशहर आणविक केन्द्र नजिकै लगायतका दक्षिणी क्षेत्रमा विष्फोटका आवाजहरू सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ हमलाहरू आफूहरूले नगरेको स्पष्ट पारेका छन्। अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा इरानको मात्र नियन्त्रण नरहेको दाबी गर्दै त्यहाँबाट ८०० भन्दा बढी व्यापारिक जहाजहरू सुरक्षित रूपमा पठाइएको जनाएको छ।

    कतार र यूएईले कुवेत र बहराइनमाथि इरानले गरेको मिसाइल हमलाको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेका छन्। त्यस्तै, जोर्डनले आफ्नो आकाशमा आएका इरानी मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ।

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation