Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
  • २ घण्टा 

राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
  • २ घण्टा 

कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
  • ६ घण्टा 

सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
  • ६ घण्टा 

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
  • ६ घण्टा 

सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती
  • १ दिन 

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
  • १ दिन 

गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा
  • १ दिन 

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च
  • १ दिन 

लोकप्रिय समाचार

  • १. निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

  • २. कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

  • ३. माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

  • ४. गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

  • ५. जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५ लाखको रानीहार

  • ६. डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा, के हो त कारण ?

  • ७. सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

  • ८. राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • चितवन, पुस ७ – भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो ।

    Advertisement

    महानगरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गर्नुभयो । महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ । नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम सुरु गरिएको छ ।

    महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामेरा जडान गर्न लागिएको छ । चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको छ । सिनजी आइटी सोलुसन प्रालिले रु पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामेरा जडानको काम गर्दैछ । उद्घाटन गर्दै महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियानअन्तर्गत सिसी क्यामेरा जडानको काम सुरु गरिएको बताउनुभयो । सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, “सिसी क्यामेरा जडानसँगै सुरक्षित सहरको सपना सहाकार भएको छ ।” महानगरपालिकाले २०६ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडानको काम गरिएको उहाँले बताउनुभयो । एकानब्बे वटा चोकमा हाइमास्ट लाइट जडान गरिएको छ । यस्तै महानगरका छवटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना पनि कार्यान्वयनमा ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ । सो अवसरमा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले समाजमा हुने हरेक घटनालाई निगरानी गर्दै सुरक्षाको प्रत्याभूति दिलाउन महानगरपालिकाले क्यामेरा जडान गरेको बताउनुभयो ।

    यो योजनाले जनता सुरक्षित भएको महसुस गर्ने उहाँको भनाइ छ । सो अवसरम महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेलले जडान गरिएका क्यामेराको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । नेपाल टेलिकम भरतपुरका प्रमुख राकेश चौधरीले सार्वजनिक बिदाको दिनसमेत मर्मतको काम नरोकेर कामलाई अघि बढाइएको बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले क्यामेराको प्रभावकारी कार्यान्वयनको पक्षमा आफूहरू लाग्ने बताउनुभयो । रासस

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने
    राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए
    कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो
    सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
    माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर
    सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    लोकप्रिय

    • १.
      निर्वाचनकाे लागि ७५ दिन बाँकीः देशभर १०

    • २.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम

    • ३.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ४.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि

    • ५.
      जन्मदिनमा पत्नीलाई दुर्गेशको उपहार : साढे ५

    • ६.
      डीभी कार्यक्रम स्थगित गर्ने ट्रम्प प्रशासनको घोषणा,

    भर्खरै

    • १.
      राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने

    • २.
      राष्ट्रपतिले किन एकैपटक तीन शीर्ष नेता र प्रधानमन्त्रीलाई छलफलमा बोलाए

    • ३.
      कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम खुल्यो

    • ४.
      सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

    • ५.
      माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

    • ६.
      सौराहामा हात्ती महोत्सवको तयारी अन्तिम चरणमा : पेनाल्टीको अभ्यासमा हात्ती

    • ७.
      भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

    • ८.
      गगन थापाले सुनाए आफ्नो खाटमा चोर सुतेकोदेखि डेरा नपाएकोसम्म कथा

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation