• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • २३ घण्टा 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ दिन 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • २ दिन 

खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो
  • २ दिन 

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
  • २ दिन 

चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात
  • ५ दिन 

प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
  • ५ दिन 

एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
  • ५ दिन 

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

  • २. कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

  • ३. अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

  • ४. सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

  • ५. मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

  • ६. आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

  • ७. पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन

  • ८. आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,

  • ९. एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

  • १०. प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

सालोलाई फोन गरेर राजुले भनेका थिए- मैले सबैलाई मारेँ, अब मर्न जाँदैछु


  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • काठमाडौंको स्वयम्भूमा एक पुरूषले आफ्नी दुई छोरी र श्रीमतीको हत्यापछि आफैंले पनि आत्महत्या गरेका छन्। बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परे। राजधानीमा एकै परिवारका तीन जनाको शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको दुबै टोली खटियो। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरकै नेतृत्वमा टोली खटिएको थियो। कोठामा पुग्‍दा ओखलढुंगा घर भई डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परे। उनीहरूमाथि घरेलु हतियार प्रहार भएको पाइएको थियो। एसपी रेग्मीका अनुसार उनीहरूको हत्या नै भएको हो भन्नेमा प्रहरी अधिकृतहरू विश्वस्त थिए। तर घटनास्थलमा श्रीमान फेला परेका थिएनन्। घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु आफैंले घटना गरेपछि आफ्ना सालोलाई सम्‍पर्क गरेका थिए। ‘बिहान घटना भइसकेपछि मैले सबैलाई मारेँ, अब म पनि मर्छु भनेर हिँडेका रहेछन्,’ उनले भने, ‘सालोलाई फोनमा त्यस्तो भनेपछि प्रहरीलाई खबर भएको हो।’ त्यसरी मर्न जाँदैछु भन्ने खबर पाएपछि प्रहरीले श्रीमानलाई खोजी गरेको थियो। एसएसपी राठौरसहितको टोली सर्चका लागि खटिएको उनले बताए। त्यसक्रममा नागार्जुन नगरपालिका-३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी पनि मृत फेला परेको एसपी रेग्मीले पुष्टि गरेका छन्। उक्त स्थान उनको डेराबाट करिब दुई किलोमिटर पर फेला परेको छ। यसरी एकै परिवारका चारै जना मृत फेला परे पनि घटनाको कारणबारे भने खुलिसकेको छैन। त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

    Advertisement

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
    कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
    आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
    खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो
    पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
    चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

    लोकप्रिय

    • १.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको

    • २.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र

    • ३.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि

    • ४.
      सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

    • ५.
      मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ

    • ६.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि

    भर्खरै

    • १.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • २.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    • ३.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

    • ४.
      खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो

    • ५.
      पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

    • ६.
      चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

    • ७.
      प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

    • ८.
      एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation