• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, कार्तिक २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • २३ घण्टा 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ दिन 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • २ दिन 

खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो
  • २ दिन 

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
  • २ दिन 

चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात
  • ५ दिन 

प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
  • ५ दिन 

एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
  • ५ दिन 

मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाहीको रुपमा नबुझौँ

  • २. कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

  • ३. अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

  • ४. सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

  • ५. मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ सत्ता समीकरण

  • ६. आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

  • ७. पहिला मेरो सम्पती छानविन होस्, गल्ती भेटिए राजनीति छाडेर भाँडा माझ्न तयार छुः राजेन्द्र लिङ्देन

  • ८. आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न,

  • ९. एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

  • १०. प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

दुई महिनामै बाकसमा फर्किए १४२ नेपाली


  •   बुधबार, असोज १५, २०८२ मा प्रकाशित
  • १५ असोज, काठमाडौं। गुजारा नचलेपछि परिवारको छाक टार्ने सपना लिएर दैनिक सरसर २५ सय नेपालीले नेपाली भूइँ छोड्छन्।

    Advertisement

    आफू जन्मेको भूमि, परिवार र साथीभाइ भन्दा सयौं किलोमिटर पर वैदेशिक रोजगारमा गएका उनीहरुका मनभरि अनेक सपना साँचिएका हुन्छन्।

    तर, थुप्रैका सपना परदेशमै टुट्छन्। किनभने, साहुको रिन तिर्ने, जमिन जोड्ने अनि घर छाउने सपना पूरा गर्न केही लाख रुपैयाँ र झोलाभरि छोराछोरीलाई नाना लिएर फर्कने रहरसहित ती युवा बाकसमा कैद भएका हुन्छन्।

    अर्थात, परिवारको आश उनीहरु लाश बनेर फर्किएका हुन्छ। परदेशमै प्राण त्यागेका उनीहरु शव भने नेपाल आइपुग्छ। यो तथ्यांक बढिरहेकै छ।

    पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १४२ जनाको शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउन र भदौमा १४२ जना नेपालीको शव नेपाल ल्याइएको हो।

    जसमा साउनमा ४३ जना र भदौमा ९९ जनाको शव नेपाल ल्याइएको थियो। बोर्डको खर्चमा भने ८३ जनाको शव विदेशबाटै नेपालसम्म ल्याइएको थियो भने बाकी शवहरू सम्बन्धित कम्पनी तथा अन्य निकायको आर्थिक सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याएको थियो। बोर्डले साउनमा ३९ जना र भदौंमा ४४ जनाको शव झिकाइको थियो। बोर्डले विदेशमा मृत्यु भएका कामदारको शव घरसम्म नि:शुल्क रूपमा पुर्‍याउँदै आएको छ। कम्पनीले शव नेपाल पठाउन आर्थिक सहयोग गरेको खण्डमा बोर्डले नै शव घरसम्म पुर्‍याउने व्यवस्था गर्दै आएको छ।

    गत आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ८६ जनाको शव ढुवानी गरिएको थियो भने ४८१ जनाको शव विदेशबाट झिकाइएको थियो। दुई महिनामा २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको थियो। जसमा साउनमा १४२ र भदौमा १२६ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको बोर्डले जनाएको छ।

    श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर मृत्यु भएका नेपाली कामदारको शव विदेशबाट झिकाउने र एयरपोर्टबाट घरसम्म नि:शुल्क रूपमा ढुवानी बोर्डले नै गर्दै आएको छ। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई बोर्डले १० लाख रूपैयाँ आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

    त्यस्तै, अंगभंग तथा विरामी भएका श्रमिकको हकमा ७ लाखसम्मको उपचार खर्च प्रदान गर्दै आएको छ। विरामी भएको व्यक्ति नेपालमा उपचार गरेको हुनुपर्ने सर्त तोकिएको छ।

    त्यस्तै, श्रमिकका परिवारलाई ५० हजार रूपैयाँ स्वास्थ्य उपचार सहयोगवापत प्रदान गर्दै आएको छ भने मृतक तथा पूर्ण अशक्त भएका कामदारको सन्तानलाई आधारभूत तहसम्मको लागि १२ हजार र माध्यमिक तहसम्मको अध्ययनका लागि १६ हजार रूपैयाँ छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ। आर्थिक सहायताको लागि मृत्यु वा अंगभंग भएको १ वर्षभित्र निवेदन दिइसक्नुपर्ने बोर्डले जनाएको छ। पेश गरिने कागजातहरू आधिकारिक निकायबाट प्रमाणित भएको हुनुपर्नेछ।

    बुधबार, असोज १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
    कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
    आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
    खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो
    पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक
    चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

    लोकप्रिय

    • १.
      सरकारका प्रवक्ता भन्छन्– प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको

    • २.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र

    • ३.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि

    • ४.
      सरकारले आइजीपी कार्कीलाई हटायो,केसीलाई आइजीपीको जिम्मेवारी

    • ५.
      मधेशमा एमाले, नेकपा र जसपा नेपालको नयाँ

    • ६.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि

    भर्खरै

    • १.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • २.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    • ३.
      आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !

    • ४.
      खेल्न प्रतिबन्धित तास आयात गर्न भने पूर्ण छुट, ३ महिनामै पौने १२ करोडको भित्रियो

    • ५.
      पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

    • ६.
      चाडपर्व लक्षित २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात

    • ७.
      प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

    • ८.
      एनपिएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation