Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

अर्याल गृहमन्त्री बनेको भोलिपल्टै प्रहरीमा ४८ करोड बढी घोटाला !


  •   सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
  • काठमाडौं । ओमप्रकाश अर्याल गृहमन्त्री बनेको भोलिपल्टै नेपाल प्रहरीको पोसाक खरिदमा ४८ करोड रुपैयाँभन्दा बढीको संस्थागत घोटाला गरिएको रहस्य खुलेको छ । जेनजी आन्दोलनको रापले सरकार परिवर्तन भएको तथा नयाँ गृहमन्त्रीले पदभार सम्हालेकै दिन नेपाल प्रहरीका विभिन्न २५ आइटम पोसाक खरिदमा बजार मूल्य र गत वर्ष खरिद भएको मूल्यभन्दा दोब्बर मूल्य कवोल गर्ने व्यापारीलाई खरिदको जिम्मा लगाइएको रहस्य खुलेको छ । पोसाक खरिदका लागि सीमित प्रतिस्पर्धीलाई मात्र खरिदको टेन्डर प्रक्रियामा सहभागी हुनपाउने सर्त राखेर प्रहरीले गत वर्षमा प्रहरीका लागि पोसाक खरिद गर्दै आएका कम्पनी र व्यापारीलाई खरिदको जिम्मा दिएको हो । पोसाक खरिदका लागि बोलपत्रमा सहभागी भएकाहरूमध्ये सीमित फर्महरूलाई मात्र प्राविधिक परीक्षणमा छनोट गरेर प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयले गत ३० भदौ र १ असोजमा ठेकेदार ज्ञानेन्द्र बस्नेत समूहका कम्पनीलाई मात्र ठूला ठेक्का पारेको छ । प्रहरी प्रधान कार्यालयका प्रशासन विभाग प्रमुख प्रहरी नायब महानिरीक्षक सुशीलसिंह राठौरका अनुसार पोसाक खरिदका लागि प्राविधिक परीक्षणमा सफल भएकाहरूको ३० भदौ र १ असोजमा आर्थिक प्रस्ताव खोलेर कम दर कोबोल गर्नेलाई खरिदको जिम्मा लगाउने तयारी अघि बढेको हो । बजार मूल्यभन्दा दोब्बरको खरिद प्रस्ताव स्वीकृति, गृहमन्त्रीदेखि आईजीपीसम्म मौन उनका अनुसार आर्थिक प्रस्ताव खुलिसकेकाले अब यसको मूल्यांकनलगायतका प्रक्रिया सकेपछि आशयपत्र दिने प्रहरीको योजना छ । गत वर्षको खरिद मूल्यभन्दा दोब्बर र प्रचलित बजार मूल्यभन्दा झन्डै तेब्बरसम्ममा उपलब्ध गराउने आर्थिक प्रस्तावलाई प्रहरीले स्वीकृत गर्दासमेत गृहमन्त्री ओमप्रकाश अर्यालदेखि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसम्म मौन छन् । प्रहरीले प्राविधिक प्रस्ताव पास भएका फर्महरूलाई २४ भदौमा आर्थिक प्रस्ताव खोल्न प्रहरी प्रधान कार्यालय बोलाएको थियो । तर, जेनजी आन्दोलनका कारण असम्भव भएपछि ३० भदौ र १ असोजमा गरी दुई चरणमा आर्थिक प्रस्ताव खोलेको हो । प्रस्ताव खोलेकै दिन गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेका थिए । स्रोतका अनुसार प्रहरीले पोसाक खरिद प्रक्रियाको टेन्डर प्रक्रिया’bout नयाँ गृहमन्त्रीलाई समेत जानकारी गराएको थियो । तर, उनले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिएका थिए । प्रहरीले गत वर्षहरूमा टेन्डर पारेकाहरूलाई नै निरन्तरता हुनेगरी आर्थिक प्रस्ताव खोलेको हो । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलले पनि पोसाक खरिदका लागि प्रक्रिया अघि बढाएको छ । तर, सशस्त्रले भने आर्थिक प्रस्ताव खोले नखोलेको विषयमा आफूलाई जानकारी नभएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । गत वर्ष र चालू वर्षको तुलनात्मक मूल्य प्रहरीले ज्ञानेन्द्र बस्नेत र उनी संलग्न रहेका कम्पनीहरूलाई खरिदको जिम्मा लगाउँदा बजार मूल्यभन्दा दोब्बरभन्दा बढी मूल्यमा खरिद गरेको देखिएको छ । यसरी खरिद गर्दा राजधानीलाई प्राप्त २१ वटा पोसाक आइटममा मात्र ४८ करोड ५४ लाख ५९ हजार ६५ रुपैयाँ प्रचलित बजार मूल्यभन्दा बढीमा खरिद गर्न स्वीकृति दिएको देखिन्छ । प्रहरीले जय सिलना इन्टरप्राइजेज, कार्निवल बिजिनेस ट्रेडर्स, न्यु उशा इन्टरनेसनल, सबृद्धि ट्रेड इन्टरनेसनल, जेएमबीडी इन्टरनेसनल, तेजसम ट्रेड इन्टरप्राइजेज, एभरेस्ट साल्टी उद्योग, श्लोक इन्टरप्राइजेज, अभिङ ट्रेड इन्टरनेसनल, जेभी प्रालि, एसके ट्रेडर्स र थर्ड गार्मेन्टका आर्थिक प्रस्ताव स्वीकृत गरेको छ । उनीहरूले हालेको प्रस्तावमा प्रहरीले गत वर्ष खरिद गरेको भन्दा दोब्बर र प्रचलित बजार मूल्यभन्दा तेब्बरसम्म मूल्य प्रस्ताव गरिएको छ । ती मूल्यसहितको आर्थिक प्रस्ताव स्वीकृत भई मूल्यांकन प्रक्रियामा रहेको प्रहरी नायब महानिरीक्षक सुशीलसिंह राठोरले बताए । प्रहरीले गत वर्ष २ सय ५१ रुपैयाँमा कटनको सर्ट खरिद गरेकामा यस वर्ष सोही कटन सर्ट जेएमबीडी इन्टरनेसनलले ४ सय २६ रुपैयाँमा उपलब्ध गराउन गरेको प्रस्तावलाई स्वीकृत गरेको छ । १ लाख ५० हजार थान सर्ट खरिदमा मात्र प्रहरीले गत वर्षभन्दा १ करोड ८३ लाख ७५ हजार रुपैयाँ बढी लगानी गर्दै छ । सबृद्धि इन्टरनेसनलबाट प्रहरीले ५० हजार थान उलनको सर्ट गत वर्षभन्दा ५ सय १ रुपैयाँ महँगोमा खरिद गरेर २ करोड ५० लाख ५० हजार रुपैयाँ बढी खर्च गर्दै छ । त्यसैगरी, १५ हजार थान अन्डर ट्राउजर भेस्ट सेट खरिद गर्न गत वर्षभन्दा ५ सय ६४ रुपैयाँ प्रतिपिस बढी मूल्य कबोल गरेको कार्निवल विजिनेस इन्टरनेसनलको प्रस्ताव स्वीकार गरिएको छ । यो प्रस्तावबाट मात्र गत वर्षभन्दा ८४ लाख रुपैयाँभन्दा बढी रकम घोटाला भएको छ । श्लोक इन्टरनेसनलले हालेको कटन पेन्ट खरिदको प्रस्ताव स्वीकार गरेको प्रहरीले यसमा गत वर्षभन्दा प्रतिपिस २ सय ७४ रुपैयाँ बढी मूल्य तिर्दै छ । ८६ हजार थान पेन्ट खरिद गर्दा प्रहरीले गत वर्षभन्दा २ करोड ५ सय ३५ लाख रुपैयाँभन्दा बढीको प्रस्ताव स्वीकार गरेको छ । प्रहरीले कालो छालाको जुत्ता खरिदका लागि प्रचलित बजार मूल्यभन्दा प्रतिजोर १ हजार ५ सय ९५ रुपैयाँ बढी प्रस्ताव गरेको जय शलिना इन्टरप्राइजेजको आर्थिक प्रस्तावलाई स्वीकृत गरेको छ । जय शलिनाले ४ हजार जोर जुत्ता प्रतिजोर ३ हजार ९५ रुपैयाँमा उपलब्ध गराउनेगरी प्रस्ताव गरेको थियो । चुस्ता खरिदमा बजार मूल्यभन्दा १ हजार ७ सय, कम्मरमा बाँध्ने पेटीमा प्रतिपेटी ३ सय ३२ रुपैयाँ, हिउँमा लगाउने ज्याकेटमा प्रतिज्याकेट ६ हजार ७ सय ४१ रुपैयाँ, स्पोर्ट्स जुत्तामा प्रतिजोर १ हजार ४९ रुपैयाँ बढी मूल्य प्रस्ताव गरेका फर्मको आर्थिक प्रस्तावलाई स्वीकृत गरिएको छ । प्रहरीका लत्ता कपडाका २५ वटा आइटममै गत वर्ष खरिद गरिएको भन्दा दोब्बर र प्रचलित बजार मूल्यभन्दा झन्डै तेब्बर मूल्यमा खरिद गर्नेगरी प्रहरीले आर्थिक प्रस्ताव स्वीकार गरेको हो ।

    Advertisement

    सोमबार, असोज ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation