Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार २३, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • ४ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • ४ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • ४ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ६ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ६ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ६ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ६ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ६ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ४. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ५. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • आर्यन दत्तको उत्कृष्ट बलिङसँगै नेदरल्याण्ड्सले आईसीसी विश्वकप लिग-२ क्रिकेटको आफ्नो दोस्रो खेलमा नामिबियालाई सहजै हराएको छ।

    Advertisement

    आफ्नो पहिलो खेलमा नेपालसँग ९ विकेटको अन्तरले पराजित डच टोली दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराउन सफल भयो। नामिबियाले भने पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो।

    १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो।

    नेदरल्याण्ड्सका लागि ओपनर ब्याटर माइकल लेभिटले अर्धशतक प्रहार गरे। ८१ बलमा ८ चौका र २ छक्काको मद्दतमा ५१ रन हानेका लेभिट नामिबियाका कप्तान जेरार्ड इरास्मसको बलमा फ्राइलिङ्कबाट क्याच आउट भए।

    अर्का ओपनर म्याक्स ओ’डोउडले २८ रनको योगदान गरे। उनी पनि इरास्मसकै शिकार भए।

    ६ रन जोडेका साइब्रान्ड इन्जेलब्रेच्ट इरास्मसको बलमै एलबीडब्ल्यू धरापमा परे। अविजित रहेका बास डे लिडेले २१ रन र कप्तान स्कट एडवार्ड्सले ४ रन बनाए।

    नामिबियाका लागि कप्तान इरास्मसले नै ३ विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्यन दत्तले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ गर्दै ६ जना नामिबियाली खेलाडी आउट गर्दै नामिबियालाई १२३ रनको सामान्य योगफलमा रोकेका थिए।

    नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२३ रनमात्र बनाउन सक्यो।

    नामिबियालाई झिनो लक्ष्यमा रोक्न नेदरल्याण्ड्सका लागि एकदिवसीय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेका दत्तले ९ ओभरमा ३४ रनमात्र खर्चिंदै ६ विकेट लिए। उनी नै आजको म्यान अफ द म्याच घोषित भए।

    नेदरल्याण्ड्सका काइल क्लेनले २ विकेट लिए। यसका लागि उनले ५ ओभर १ बलमा २१ रन खर्चेिए। रोलेफ भ्यान डेर मर्व र म्याक्स ओ’डोउडले १/१ विकेट लिए।

    नामिबियाका लागि मध्य क्रमका ब्याटर जेजे स्मिटले २६ रन बनाउँदा तल्लो क्रमका ब्याटर रुबेन ट्रम्पलम्यानले २० रन बनाए। स्मिटले ४६ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २६ रन बनाएका थिए। उनी  म्याक्स ओ’डोउडको बलमा नोउ कोइजबाट क्याच भए।

    ३९ बलमा १ छक्कासहित २० रन होनका रुबेन ट्रम्पलम्यान रोलेफ भ्यान डेर मर्वको बलमा कप्तान स्कट एडवार्ड्सद्वारा स्टम्प आउट भए। जेन ग्रिनले १९ रन हान्दा कप्तान इरास्मसले १३ र बर्नाड स्कोल्जले १२ रन बनाए। यसबाहेक नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

    तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका माइकल भ्यान लिंगेन ४ रन बनाएर दत्तको बलमा आउट भए। ओपनर जेपी कोट्जे ३० बल खेलेर ५ रन बनाउँदै दत्तकै बलमा बोल्ड भए।

    जन फ्राईलिंकलाइ पनि दत्तले नै शून्यमा आउट गरे। कप्तान जेरार्ड इरास्मसले ३ चौका प्रहार गर्दै ११ बलमा १३ रन बनाए पनि दत्तकै बलको शिकार भए। उनी साइब्रान्ड इन्जेलब्रेच्टबाट क्याच भए।

    जान निकोल लोफ्टी–इटन पनि शून्यमै दत्तकै बलमा बोल्ड भए। जेन ग्रिनलाई दत्तले १९ रन बनाएको वेला क्याच आउट गराए।

    २/२ खेलको नतिजासँगै नेपाल, नेदरल्याण्ड्स र नामिबिया तीनै टोलीले २/२ अंक बटुलेका छन्। ३ वटै टिमले १/१ खेल जितेका छन् भने १/१ खेल हारेका छन्। अझै यी ३ टिमले २/२ खेल खेल्न बाँकी छ।

    अहिलेसम्म नेपाल नेट रनरेटमा अघि रहँदै पहिलो स्थानमा छ। नेपालको रनरेट ०.९२० छ। दोस्रो स्थानको नामिबियाको –०.२२० रनरेट छ भने नेदरल्याण्ड्सको –०.६६६ रनरेट छ।

    विश्वकप लिग-२ क्रिकेटमा जम्मा ८ टिम सहभागी छन्। जसमा नेपाल, नेदरल्याण्ड्स र नामिबियासहित ओमान, स्कटल्याण्ड, अमेरिका, क्यानडा र यूएईले सन् २०२६ को डिसेम्बरसम्म १४४ वटा म्याच खेल्नेछन्।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation