Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ५ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ५ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ५ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ३. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ४. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • ५. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ६. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ७. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ८. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ९. बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

  • १०. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

बाढीले निर्माणाधीन पुल भत्काउँदा दुई करोड बराबरको क्षति

  •   बिहिबार, चैत २७, २०८१ मा प्रकाशित
  • आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ । सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो । ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाँईका अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । “रु दुई करोड बराबरको क्षति पुगेको “प्रारम्भिक अनुमान गरिएको छ, अर्को बनाउनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “प्राविधिक मूल्याङ्कनपछि वास्तविक क्षतिको विवरण आउँला ।” मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो । “त्यहाँ राखिएका तारहरु २८ दिनपछि तन्काउनुपर्ने हुन्थ्यो तर बाढीले क्षति पुर्याइदियो”, उहाँले भन्नुभयो ,“यसको बिमा गरिएको हुन्छ अब निर्माण कम्पनीले दाबी गरेर काम अघि बढाउँछ ।” पचास मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमुनि लगाइएको हृयुमपाइपमा थुनिएर जम्मा भएको पानीले फर्मा र टेका बगाउँदा पुल भाँचिएको उहाँको भनाइ छ । सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो । रासस

    Advertisement

    बिहिबार, चैत २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट

    • ३.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ४.
      जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    • ५.
      राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

    • ६.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation