Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असार ०८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
  • ५ घण्टा 

बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
  • ५ घण्टा 

विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
  • ५ घण्टा 

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
  • १ दिन 

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
  • १ दिन 

वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल
  • १ दिन 

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते
  • २ दिन 

जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल
  • २ दिन 

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा
  • २ दिन 

लोकप्रिय समाचार

  • १. रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

  • २. मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट नराखिने, नयाँ सवारी साधन खरिदमा रोक

  • ३. मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक दुर्घटना, २७०० बढीको मृत्यु

  • ४. जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

  • ५. राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

  • ६. राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

  • ७. क्रोएसियाविरुद्ध इंग्ल्याण्ड विजयी, विश्वकपमा ह्यारीको गोल संख्या १० पुग्यो

  • ८. इरान र अमेरिकी राष्ट्रपतिबीच समझदारीपत्रमा हस्ताक्षर

  • ९. बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

  • १०. अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनिएको भन्दै कांग्रेसले उठायो प्रश्न

पानीले देशभरको डढेलो निभाउँदै, वायु प्रदूषणमा सुधार

  •   बिहिबार, चैत २७, २०८१ मा प्रकाशित
  • पछिल्लो २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । हिउँद सुक्खा भएको र प्रि–मनसुनमा समेत पानी पर्न नसकिरहेको अवस्थामा हिजोदेखि भने देशका सबैजसो ठाउँमा पानी परेको हो । केही ठाउँमा अत्यधिक वर्षासमेत भएको छ ।

    Advertisement

    इलाममा पछिल्लो १२ घण्टामै १० मिलिमिटर पानी परेकाे छ । यस्तै १२ घण्टामा सर्लाहीमा ८९, पर्सामा ७३, उदयपुरमा ७१, सप्तरीमा ६६ र रौतहटमा ६५ मिलिमिटर पानी परेको छ । काठमाण्डौको कीर्तिपुरमा पनि १२ घण्टामा २६ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

    बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेसँगै नेपालमा पानी परेको र यो प्रभाव आउँदो शनिवारसम्म रहने पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्यायले बताउनुभयो ।

    अहिलेको पानी परेपछि मकै, तरकारीलगायतको खेतीका लागि सहयोगी भएको किसानहरू बताउँछन् । अलैँची, सुन्तलालगायतका नगदेबालीको सिँचाइका लागि पनि यो वर्षा महत्त्वपूर्ण भएको छ ।

    कृषिमा सिँचाइसँगै यो वर्षाले डढेलो र वायु प्रदूषण गरी दुई वटा ठूला विपद्को जोखिमलाई घटाएको छ । नेपाल फरेस्ट फायर म्यानेजमेन्ट च्याप्टरको तथ्याङ्कानुसार सोमवार देशका दुई सय १४ ठाउँमा डढेलो लागेकोमा पानी पर्न शुरू भएसँगै मङ्गलवार ५२ र हिजो ६० ठाउँमा मात्रै डढेलो लाग्यो । अहिले नौ ठाउँमा मात्र डढेलो देखिएको छ । पानी कम परेको पश्चिम तराईमा मात्रै डढेलो देखिएको हो भने बाँकी ठाउँमा निभेको छ ।

    यस्तै एक हप्ताभन्दा बढी समयदेखि उकुसमुकुस बनाइरहेको वायु प्रदूषण पनि घटेको छ । देशका अरू ठाउँको वायु प्रदूषण अस्वस्थ अवस्थाबाट तल झरिसकेको छ भने काठमाण्डौ उपत्यकामा पनि अति अस्वस्थ अवस्थाबाट तल झरिसकेको छ । तर अहिलेको पानीले वायु प्रदूषण केही घटाए पनि यो दीर्घकालीन समाधान नभएको पर्यावरण तथा मौसमविद् उज्ज्वल उपाध्याय बताउनुहुन्छ ।

    बिहिबार, चैत २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो
    बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी
    विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
    ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
    वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    लोकप्रिय

    • १.
      रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान

    • २.
      मधेसमा एक करोड रुपैयाँभन्दा कमका योजनामा बजेट

    • ३.
      मधेशमा ५ वर्षमा २१ हजारभन्दा बढी सडक

    • ४.
      जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

    • ५.
      राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

    • ६.
      राहदानी खरिद प्रकरण : अख्तियारले जर्मन कम्पनीका

    भर्खरै

    • १.
      राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो

    • २.
      बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

    • ३.
      विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित

    • ४.
      ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

    • ५.
      रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

    • ६.
      वडा नम्बर ५ को वडा भेला सम्पन्न, स्थानीय विकास तथा जनचासोका विषयमा छलफल

    • ७.
      उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

    • ८.
      जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ : मन्त्री रावल

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation