Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

सिके राउत र रेशम चौधरी पार्टी एकताको निर्णायक छलफलमा


  •   आइतबार, चैत २३, २०८१ मा प्रकाशित
  • जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पार्टी एकताको निर्णायक छलफलमा जुटेका छन्। जनमत अध्यक्ष राउत र नाउपा संरक्षक चौधरी आइतबार बिहान ९ बजे बर्दियामा बैठक बस्दैछन्। दुई शीर्ष नेता बर्दियास्थित रेशम चौधरीको घरमा बसेर एकताको सबै काम टुंग्याउन लागेको जनमतमा उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। ‘अहिले बिहान ९ बजे दुई शीर्ष नेता छलफलमा बस्नुहुनेछ। त्यो बैठकमा उहाँहरूले आ–आफ्ना पार्टीका तर्फबाट प्रस्ताव गर्नुहुनेछ। उहाँहरूबीच आधारभूतरूपमा विषय टुंगिएपछि दुवै पार्टीका तीन–तीन जना नेताहरू सम्मिलित कार्यदल बसेर अन्तिम रूप दिनेछ,’ उनले भने। जनमतका तर्फबाट पार्टी एकता कार्यदलका संयोजकसमेत रहेका खानकाअनुसार पार्टीको नाम मात्रै टुंगिन बाँकी छ। अहिले छलफलमा नागरिक जनमत पार्टी राख्ने कि जनमत पार्टी मात्रै राख्ने भनेर छलफल भइरहेको छ। यसअघि पनि यी दुई नाम नै प्रस्तावका रूपमा अघि सारिएको थियो। Lev3Laxmi bank ‘हामीले जनमत पार्टी राखौं भनेर प्रस्ताव गरेकाछौं। उहाँहरूका तर्फबाट नागरिक जनमत पार्टी प्रस्ताव गर्नुभएको छ। दुई शीर्ष नेताले यसलाई टुंग्याउनुहुन्छ,’ खानले सेतोपाटीसँग भने। खानअनुसार चुनाव चिह्न यसअघि नै टुंगिइसकेको छ। यसअघि दुई नेताको छलफलमा नाउपाको चुनाव चिह्न ढकियालाई नै एकीकृत पार्टीको चिह्न बनाउने समझदारी भएको थियो। एकीकृत पार्टीको नेतृत्व सिके राउतले गर्ने सहमति जुटिसकेको छ। संघीय संसदमा र प्रदेशमा पनि जनमत पार्टी नै आकारमा ठूलो रहेको र प्रतिनिधि सभाको समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेस होल्ड पूरा गरी राष्ट्रिय पार्टी बनेकाले उसैलाई नेतृत्व दिन रेशम चौधरी तयार छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भने एकीकृत पार्टीको सहअध्यक्ष रहनेछिन्। दुई अध्यक्षात्मक प्रणालीमा जाने र पहिलो वरीयताको अध्यक्ष राउत नै बन्ने पनि प्रस्ताव अघि सारिएको थियो। अहिले एक अध्यक्षात्मक प्रणालीमै जाने र राउतले त्यसको नेतृत्व लिने सहमति भइसकेको जनमत उपाध्यक्ष खानले बताए। नाउपा संरक्षक चौधरी भने एकीकृत पार्टीको संरक्षक नै हुनेछन्। दुवै पार्टीले विचार मिल्ने अरू शक्तिलाई पनि ध्रुवीकरणमा सामेल हुन आग्रह गरेका छन्। नाउपाको पछिल्लो केन्द्रीय समिति बैठकमा एकताको शुभकामना दिन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईसमेत पुगेकी थिइन्। जनमत र नाउपाले नेसपा (नयाँ शक्ति) पनि एकीकरण प्रक्रियामा सामेल होस् भन्ने चाहेका छन्। दुई दललाई एकताको शुभकामना दिएबाहेक नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले यसबारे ठोस धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि नाउपा संरक्षक चौधरीले भट्टराईसँग पनि छलफल भने गरेका छन्।  निर्णायक छलफलअघि सिके राउत, रेशम चौधरीसहित दुवै पार्टीका नेताहरू। तस्बिरः रेशम चौधरीको फेसबुकबाट। आइतबार दुई शीर्ष नेता बसेर एकताको प्रारूपलाई अन्तिम रूप दिएपछि कार्यदलको बैठक बस्ने जनमत उपाध्यक्ष खानले बताए। जनमतले एकताका लागि खानको नेतृत्वमा शरद सिंह यादव, बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको छ। नाउपाले पनि प्रतिनिध सभाका सांसद गंगा चौधरी, सुनिता चौधरी रामलाल डगोरा थारू रहेको एकता कार्यदल गठन गरेको छ। चैत १० गते कार्यदलको बैठक बसेर छलफल सुरू गरेको थियो। नाउपाले वैशाख ३ गते कैलालीको टीकापुरमा केन्द्रीय समिति बैठक बोलाएको छ। त्यो बैठकमा कार्यदलले तयार पारेको एकता प्रस्ताव अनुमोदन गर्ने तयारी रहे पनि त्यसअघि नै दुवै पार्टीले एकतालाई अन्तिमरूप दिन लागेका हुन्। जनमत र नाउपा एकता भए संघीय सांसदमा नेकपा (एकीकृत समाजवादी) सरह उनीहरूका सांसद हुनेछन्। यद्यपि एकीकृत समाजवादी समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड पूरा गर्न नसकेकाले राष्ट्रिय पार्टी बन्न सकेन। प्रतिनिधि सभामा जनमतका ६ सांसद र नाउपाका ४ सांसद छन्। जनमतले मधेस सरकारको नेतृत्व गरिरहेको छ। सतिशकुमार सिंह मुख्यमन्त्री छन्। मधेसमा जनमतको १३ र नाउपाको एक सांसद छन्। सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्। लुम्बिनीमा नाउपाको ४ र जनमतको ३ सांसद छन्।

    Advertisement

    आइतबार, चैत २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation