Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, असार २१, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
  • १ दिन 

‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
  • १ दिन 

अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
  • १ दिन 

खुकुरी प्रहार गरी श्रीमतीको हत्या
  • ४ दिन 

आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
  • ४ दिन 

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
  • ४ दिन 

गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा
  • ४ दिन 

विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान
  • ४ दिन 

दाउन्ने–दुम्कीबास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

  • २. विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

  • ३. संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

  • ४. खुकुरी प्रहार गरी श्रीमतीको हत्या

  • ५. गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

  • ६. कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

  • ७. अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

  • ८. ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

सिके राउत र रेशम चौधरी पार्टी एकताको निर्णायक छलफलमा


  •   आइतबार, चैत २३, २०८१ मा प्रकाशित
  • जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पार्टी एकताको निर्णायक छलफलमा जुटेका छन्। जनमत अध्यक्ष राउत र नाउपा संरक्षक चौधरी आइतबार बिहान ९ बजे बर्दियामा बैठक बस्दैछन्। दुई शीर्ष नेता बर्दियास्थित रेशम चौधरीको घरमा बसेर एकताको सबै काम टुंग्याउन लागेको जनमतमा उपाध्यक्ष अब्दुल खानले जानकारी दिए। ‘अहिले बिहान ९ बजे दुई शीर्ष नेता छलफलमा बस्नुहुनेछ। त्यो बैठकमा उहाँहरूले आ–आफ्ना पार्टीका तर्फबाट प्रस्ताव गर्नुहुनेछ। उहाँहरूबीच आधारभूतरूपमा विषय टुंगिएपछि दुवै पार्टीका तीन–तीन जना नेताहरू सम्मिलित कार्यदल बसेर अन्तिम रूप दिनेछ,’ उनले भने। जनमतका तर्फबाट पार्टी एकता कार्यदलका संयोजकसमेत रहेका खानकाअनुसार पार्टीको नाम मात्रै टुंगिन बाँकी छ। अहिले छलफलमा नागरिक जनमत पार्टी राख्ने कि जनमत पार्टी मात्रै राख्ने भनेर छलफल भइरहेको छ। यसअघि पनि यी दुई नाम नै प्रस्तावका रूपमा अघि सारिएको थियो। Lev3Laxmi bank ‘हामीले जनमत पार्टी राखौं भनेर प्रस्ताव गरेकाछौं। उहाँहरूका तर्फबाट नागरिक जनमत पार्टी प्रस्ताव गर्नुभएको छ। दुई शीर्ष नेताले यसलाई टुंग्याउनुहुन्छ,’ खानले सेतोपाटीसँग भने। खानअनुसार चुनाव चिह्न यसअघि नै टुंगिइसकेको छ। यसअघि दुई नेताको छलफलमा नाउपाको चुनाव चिह्न ढकियालाई नै एकीकृत पार्टीको चिह्न बनाउने समझदारी भएको थियो। एकीकृत पार्टीको नेतृत्व सिके राउतले गर्ने सहमति जुटिसकेको छ। संघीय संसदमा र प्रदेशमा पनि जनमत पार्टी नै आकारमा ठूलो रहेको र प्रतिनिधि सभाको समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेस होल्ड पूरा गरी राष्ट्रिय पार्टी बनेकाले उसैलाई नेतृत्व दिन रेशम चौधरी तयार छन्। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ भने एकीकृत पार्टीको सहअध्यक्ष रहनेछिन्। दुई अध्यक्षात्मक प्रणालीमा जाने र पहिलो वरीयताको अध्यक्ष राउत नै बन्ने पनि प्रस्ताव अघि सारिएको थियो। अहिले एक अध्यक्षात्मक प्रणालीमै जाने र राउतले त्यसको नेतृत्व लिने सहमति भइसकेको जनमत उपाध्यक्ष खानले बताए। नाउपा संरक्षक चौधरी भने एकीकृत पार्टीको संरक्षक नै हुनेछन्। दुवै पार्टीले विचार मिल्ने अरू शक्तिलाई पनि ध्रुवीकरणमा सामेल हुन आग्रह गरेका छन्। नाउपाको पछिल्लो केन्द्रीय समिति बैठकमा एकताको शुभकामना दिन नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष मानुषी यमी भट्टराईसमेत पुगेकी थिइन्। जनमत र नाउपाले नेसपा (नयाँ शक्ति) पनि एकीकरण प्रक्रियामा सामेल होस् भन्ने चाहेका छन्। दुई दललाई एकताको शुभकामना दिएबाहेक नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले यसबारे ठोस धारणा सार्वजनिक गरेका छैनन्। यद्यपि नाउपा संरक्षक चौधरीले भट्टराईसँग पनि छलफल भने गरेका छन्।  निर्णायक छलफलअघि सिके राउत, रेशम चौधरीसहित दुवै पार्टीका नेताहरू। तस्बिरः रेशम चौधरीको फेसबुकबाट। आइतबार दुई शीर्ष नेता बसेर एकताको प्रारूपलाई अन्तिम रूप दिएपछि कार्यदलको बैठक बस्ने जनमत उपाध्यक्ष खानले बताए। जनमतले एकताका लागि खानको नेतृत्वमा शरद सिंह यादव, बालगोविन्द चौधरी सदस्य रहेको कार्यदल बनाएको छ। नाउपाले पनि प्रतिनिध सभाका सांसद गंगा चौधरी, सुनिता चौधरी रामलाल डगोरा थारू रहेको एकता कार्यदल गठन गरेको छ। चैत १० गते कार्यदलको बैठक बसेर छलफल सुरू गरेको थियो। नाउपाले वैशाख ३ गते कैलालीको टीकापुरमा केन्द्रीय समिति बैठक बोलाएको छ। त्यो बैठकमा कार्यदलले तयार पारेको एकता प्रस्ताव अनुमोदन गर्ने तयारी रहे पनि त्यसअघि नै दुवै पार्टीले एकतालाई अन्तिमरूप दिन लागेका हुन्। जनमत र नाउपा एकता भए संघीय सांसदमा नेकपा (एकीकृत समाजवादी) सरह उनीहरूका सांसद हुनेछन्। यद्यपि एकीकृत समाजवादी समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड पूरा गर्न नसकेकाले राष्ट्रिय पार्टी बन्न सकेन। प्रतिनिधि सभामा जनमतका ६ सांसद र नाउपाका ४ सांसद छन्। जनमतले मधेस सरकारको नेतृत्व गरिरहेको छ। सतिशकुमार सिंह मुख्यमन्त्री छन्। मधेसमा जनमतको १३ र नाउपाको एक सांसद छन्। सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन्। लुम्बिनीमा नाउपाको ४ र जनमतको ३ सांसद छन्।

    Advertisement

    आइतबार, चैत २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!
    ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’
    अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित
    खुकुरी प्रहार गरी श्रीमतीको हत्या
    आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल
    संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    लोकप्रिय

    • १.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव

    • २.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    • ३.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ४.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज

    • ५.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ६.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९

    भर्खरै

    • १.
      कानुनको धज्जी उडाउँदै स्थानीय सरकार : ४९ स्थानीय तहले ल्याएनन् बजेट!

    • २.
      ‘अनलाइन यौन शोषण र दुर्व्यवहारबारे ८५ प्रतिशत अभिभावकले बालबालिकासँग कुराकानी गर्दैनन्’

    • ३.
      अमेरिकी संसदबाट कर तथा खर्चसम्बन्धी विधेयक पारित

    • ४.
      खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    • ५.
      आफूले नगरेको अपराधमा फसाउन खोजियो : माधव नेपाल

    • ६.
      संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने

    • ७.
      गण्डकीका आठ जिल्ला पूर्णखोप सुनिश्चित घोषणा

    • ८.
      विकास सहायतालाई पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आव्हान

    Copyright ©2025 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation