पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिए संगै सरकारले सोमबार सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ ।
Advertisement
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनको को अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने र सोमबार सार्वजनिक बिदा दिने निर्णय हो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। अन्त्येष्टिअघि सानो गौचरनमा बिहान साढे ११ बजे हुने श्रद्धाञ्जलीसभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।