चितवन – नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने स्थानमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोक्किँदा माइक्रोमा सवार १६ जना घाइते भएका छन् ।
Advertisement
बिहीवार राति ९ः३० बजेको समयमा मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा३ख १७५२ नम्बरको माईक्रो र बिपरित दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठोक्किएका हुन् ।ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।