• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, मङि्सर ११, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो
  • २१ मिनेट 

एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
  • २८ मिनेट 

सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती
  • ३३ मिनेट 

प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
  • २ दिन 

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
  • २ दिन 

संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
  • २ दिन 

नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा
  • ३ दिन 

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु
  • ३ दिन 

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • २. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ३. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ४. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

  • ५. संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

  • ६. दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

  • ७. हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

  • ८. नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

  • ९. प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

  • १०. एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो


  •   बिहिबार, मङि्सर ११, २०८३ मा प्रकाशित
  • रूपन्देही,मङ्सिर १०-

    Advertisement

    नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।

    प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो । सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने विषय अघि बढाइएको छ ।

    यसअघि उक्त मार्ग प्रयोग गरी भैरहवाबाट उडान तथा अवतरणमा व्यावहारिक कठिनाइ रहँदै आएको थियो । दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन सहज हुने र विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपि सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालनको प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ ।

    त्यसैले सहमतिपछि तत्काल नियमित उडान सुरु भइसकेको अर्थमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँका अनुसार अन्तरराष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्नेछ ।

    विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने उहाँको अपेक्षा छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउनसक्ने बताउनुभयो ।

    भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उहाँको भनाइ छ । उहाँले विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ ।

    भैरहवा विमानस्थलबाट उडान विस्तार हुनसके नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पु¥याउन सहज हुनेछ । यसबाट पर्यटन व्यवसायसँगै स्थानीय होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको थियो । तर, नियमित अन्तरराष्ट्रिय उडानको निरन्तरतामा देखिएको चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन । यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमतिलाई कार्यान्वयनमा लैजानसके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

    बिहिबार, मङि्सर ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन
    सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती
    प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य
    दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग
    संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने
    नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • २.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ३.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ४.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • ५.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा

    • ६.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट

    भर्खरै

    • १.
      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

    • २.
      एक महिनादेखि बेपत्ता युवतीको खोजीको माग गर्दै दुहबीमा प्रदर्शन

    • ३.
      सामुहिक गिरफ्तारीको सरकारलाई चुनौती

    • ४.
      प्रधानमन्त्री वालेन्द्रको भारत भ्रमण औसत, राष्ट्रिय हितका मुद्दामा सरकारको प्रस्तुति कमजोरः एमाले प्रचार प्रमुख आचार्य

    • ५.
      दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

    • ६.
      संसदका चार समितिको बैठक बस्दै, विभिन्न विधेयकमा छलफल हुने

    • ७.
      नेपालमै पहिलो पटक कावासोतीमा ‘जटायु लर्निङ सेन्टर’ सञ्चालनमा

    • ८.
      हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation