• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ९ घण्टा 

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
  • ९ घण्टा 

नेपालले आज भारत ‘ए’को सामना गर्दै
  • २ दिन 

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
  • २ दिन 

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • ४ दिन 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • ४ दिन 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • १ हप्ता 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • १ हप्ता 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

  • ३. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ४. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ५. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ६. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज


  •   बुधबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
  • २ मंसिर, विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा मनोरञ्जन व्यवसाय सञ्चालनको समयसीमा राति २ बजेसम्म बढाएको छ ।

    Advertisement

    यसअघि यस्ता व्यवसाय राति साढे १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने व्यवस्था थियो । ‘विराटनगर क्षेत्रमा रात्रिकालीन होटल तथा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ लागू गर्दै प्रशासनले मंगलबारदेखि राति २ बजेसम्म व्यवसाय सञ्चालन गर्न अनुमति दिएको हो । तर, यसका लागि व्यवसायीले २१ वटा सर्त अनिवार्य रूपमा पालना गर्नुपर्नेछ ।

    नयाँ मापदण्डअनुसार राति १० बजेसम्म मात्र सञ्चालन हुने व्यवसायले रात्रिकालीन व्यवसायका लागि छुट्टै अनुमति लिनुपर्ने छैन । त्यसपछि पनि व्यवसाय सञ्चालन गर्न चाहनेले भने सम्बन्धित स्थानीय तहको सिफारिस र मापदण्डको चेकलिस्टसहित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिनुपर्नेछ । मापदण्डको दफा १२ अनुसार लाइभ म्युजिक, पब, डान्स क्लब, डिस्को र लाउन्ज बारजस्ता मनोरञ्जनात्मक व्यवसायले राति २ बजेसम्म सञ्चालनको अनुमति पाउनेछन् । यसका लागि व्यवसायीले चेकलिस्टसहित प्रशासनमा आवेदन दिनुपर्नेछ ।

    अनुगमन समितिले स्थलगत निरीक्षण र मूल्याङ्कन गरी उपयुक्त ठहर गरेपछि मात्र प्रशासनले अनुमति दिनेछ । त्यस्तै, पान, मिठाई, चिया, आइसक्रिम, किराना पसल, रेस्टुरेन्ट, खाना–खाजा पसल, दोहोरी र गजललगायतका व्यवसायले मापदण्ड पूरा गरे राति १२ बजेसम्म सञ्चालन गर्न पाउनेछन् । ध्वनि नियन्त्रणदेखि सुरक्षासम्मका सर्त मापदण्डले राति २ बजेसम्म सञ्चालन हुने व्यवसायका लागि ध्वनि नियन्त्रण, सुरक्षा, मर्यादा र श्रमिकको सुविधालाई प्राथमिकतामा राखेको छ ।

    राति २ बजेसम्म गीत–संगीत बजाउँदा छरछिमेक र आसपासको समुदायलाई कुनै बाधा पुग्न नहुने सर्त छ । यसका लागि व्यवसायस्थल पूर्ण रूपमा साउन्डप्रुफ बनाउनुपर्ने र आवाज बाहिर नजाने गरी साउन्ड कन्ट्रोल सिस्टम जडान गर्नुपर्नेछ । ध्वनि प्रदूषण भएको प्रमाणित भएमा व्यवसाय सञ्चालनको अनुमति तत्काल रद्द गरिने मापदण्डमा उल्लेख छ ।

    व्यवसाय राति २ बजेसम्म सञ्चालन गर्न पाइने भए पनि मदिरा बिक्री वितरणमा भने छुट्टै समयसीमा तोकिएको छ । होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ बमोजिम अनुमति प्राप्त व्यवसायीले दिउँसो १२ बजेअघि मदिरा बिक्री गर्न पाउने छैनन् । त्यस्तै, शुक्रबार राति १ बजेपछि र अन्य बार राति १२ बजेपछि मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ । राति २ बजेसम्म खुल्ने डान्स रेस्टुरेन्ट एन्ड बार, दोहोरी, लाइभ ब्याण्ड, लाउन्ज बार, पब, क्लब र डिस्कोथेकमा १८ वर्षमुनिका बालबालिकालाई ग्राहकका रूपमा प्रवेश गराउन पाइने छैन ।

    उनीहरूलाई सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री गर्न पनि पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यस्ता व्यवसायमा धूमपान नगर्ने सेवाग्राहीलाई असर नपर्ने गरी छुट्टै स्मोकिङ जोन बनाउनुपर्नेछ । मादक पदार्थ सेवन गरेका सेवाग्राहीले होटल परिसर छाड्दा व्यवसायीले सुरक्षित यातायातको व्यवस्था मिलाउनुपर्नेछ । सेवाग्राहीले घर पुर्‍याइदिन अनुरोध गरेमा घरसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्नेछ । सार्वजनिक बाटो अवरुद्ध नहुने गरी अनिवार्य पार्किङको व्यवस्था पनि मिलाउनुपर्नेछ । अश्लीलता प्रदर्शन गर्न नपाइने मापदण्डले रात्रिकालीन मनोरञ्जनस्थलमा कलाकारले उत्तेजक पोशाक लगाएर नृत्य गर्न वा गीत गाउन रोक लगाएको छ । अश्लीलता प्रदर्शन नहुने गरी मौलिकता र संस्कृति झल्कने तथा स्वस्थ र मर्यादित मनोरञ्जन प्रदान गर्नुपर्ने सर्त राखिएको छ ।

    व्यवसायको आन्तरिक सुरक्षाका लागि परिचयपत्र र पोशाकसहितका सुरक्षा गार्ड राख्नुपर्नेछ । सहज आपत्कालीन निकास, अग्नि नियन्त्रणका सामग्री र व्यवसायस्थलको १०० मिटर वरपरसम्म पर्याप्त बत्तीको व्यवस्था गर्नुपर्नेछ । प्रवेशद्वार र आसपासको सडकसमेत देखिने गरी सीसीटीभी जडान गरी त्यसको ३० दिनसम्मको रेकर्ड सुरक्षित राख्नुपर्नेछ । श्रमिकलाई अतिरिक्त सुविधा र सुरक्षित यातायात राति २ बजेसम्म काममा खटिने कर्मचारी तथा श्रमिकलाई आलोपालो सिफ्टमा काम लगाउनुपर्नेछ । अतिरिक्त समय काम गरेबापत अतिरिक्त सुविधा दिनुपर्ने, रातिको खानाको प्रबन्ध गर्नुपर्ने र काममा आउन–जान पिक एन्ड ड्रपको व्यवस्था गर्नुपर्ने सर्त पनि मापदण्डमा छ । कार्यस्थलमा यौन शोषण तथा दुर्व्यवहाररहित वातावरण बनाउनुपर्नेछ ।

    काम गर्ने सबै श्रमिकको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको अभिलेख राख्नुपर्नेछ । महिला श्रमिकका लागि स्तनपान कक्ष र सुरक्षित रूपमा पोशाक परिवर्तन गर्ने कक्षको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, मसाज पार्लर, स्पा र क्याबिनका ढोकामा चुकुल वा लक राख्न नपाइने व्यवस्था गरिएको छ ।

    मापदण्डअनुसार राति १० बजेपछि सेवा लिन बाहिर निस्कने सेवाग्राहीले आफ्नो परिचय खुल्ने परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ । सुरक्षाकर्मीले मागेको समयमा त्यस्तो परिचयपत्र देखाउनुपर्नेछ । सर्त उल्लंघन गरे अनुमति खारेज मापदण्ड र सर्त पालना भए–नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा सुरक्षा निकाय, विराटनगर महानगरपालिका र व्यवसायी संघका प्रतिनिधि रहनेछन् । समितिले समय–समयमा आकस्मिक निरीक्षण गर्नेछ । अनुगमनका क्रममा मापदण्डमा तोकिएका कुनै पनि सर्त उल्लंघन गरेको पाइएमा रात्रिकालीन व्यवसाय सञ्चालनको अनुमति तत्काल रद्द गरी आवश्यक कारबाही गर्न सकिने व्यवस्था मापदण्डमा गरिएको छ ।

    बुधबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओडीआईमा १००औं खेल खेल्दै नेपाल
    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
    नेपालले आज भारत ‘ए’को सामना गर्दै
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    लोकप्रिय

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • २.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • ५.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ६.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    भर्खरै

    • १.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • २.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

    • ५.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ६.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ७.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ८.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation