• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

ओडीआईमा १००औं खेल खेल्दै नेपाल
  • ९ घण्टा 

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
  • १० घण्टा 

नेपालले आज भारत ‘ए’को सामना गर्दै
  • २ दिन 

प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
  • २ दिन 

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • ४ दिन 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • ४ दिन 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • १ हप्ता 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • १ हप्ता 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

  • ३. प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

  • ४. नेपालले आज भारत ‘ए’को सामना गर्दै

  • ५. प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

  • ६. ओडीआईमा १००औं खेल खेल्दै नेपाल

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री


  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
  • काठमाडौँ, भदौ २० –

    Advertisement

    प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

    मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको बताउँदै यो सङ्गठित अपराधका रूपमा विश्वभर फैलिरहेकाले यसलाई रोक्न सरोकार भएका निकायबीच सहकार्य र समन्वय आवश्यक पर्ने उल्लेख गर्नुभयो । ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ आज दिवस मनाइँदैछ ।

    प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेको बताउनुभयो । उहाँले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिबद्धताअनुरूप नीतिगत तथा संस्थागत सुधार गर्दै आएको जानकारी दिनुभयो । यसका लागि तीनै तहको सरकार र सम्बन्धित सबै सरोकार भएका निकायको समन्वय तथा सहकार्यमा विभिन्न पहल भइरहेको उहाँको भनाइ छ ।

    प्रधानमन्त्री शाहका अनुसार मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ लाई ‘पालेर्मो प्रोटोकल’अनुकूल हुने गरी संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । यसबाट मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको अन्तरराष्ट्रियस्तरमा मानव अधिकार संरक्षणका लागि राज्यहरूबीच सहयोग र समन्वय बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

    विद्यमान कानुनी तथा संस्थागत संयन्त्रलाई सङ्घीय संरचनाअनुरूप बनाउने क्रममा मानव बेचबिखनविरुद्धको नीति जारी गरी कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री शाहले जानकारी दिनुभयो । उहाँले मानव बेचबिखनविरुद्धको अभियानमा सङ्घीय सरकारका अतिरिक्त प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र अन्य सरोकार भएका निकायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

    “हाम्रो साझा पहल र संयुक्त प्रयासले मात्र मानव बेचबिखनमुक्त समाज बनाउन सम्भव हुनेछ”, प्रधानमन्त्री शाहले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नेपाल सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सरकारको प्रतिबद्धतामा साथ, सहयोग र ऐक्यबद्धताका लागि आग्रह गर्नुभयो ।

    शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओडीआईमा १००औं खेल खेल्दै नेपाल
    प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै
    नेपालले आज भारत ‘ए’को सामना गर्दै
    प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    लोकप्रिय

    • १.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • २.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ३.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत

    • ४.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ५.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ६.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    भर्खरै

    • १.
      ओडीआईमा १००औं खेल खेल्दै नेपाल

    • २.
      प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जानुहुँदै

    • ३.
      नेपालले आज भारत ‘ए’को सामना गर्दै

    • ४.
      प्रधानमन्त्री शाहद्वारा आज मन्त्रिपरिषद् बैठक आह्वान, भारत भ्रमण मुख्य एजेन्डामा रहने

    • ५.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • ६.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ७.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ८.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation