Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • २ मिनेट 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • ७ मिनेट 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • २३ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • २३ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २३ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • २ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • २ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ५. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ६. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ७. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ८. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ९. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

  • १०. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

आज बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली


  •   बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
  • काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग सेमिफाइनल खेल्दैछ। भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा हुने पहिलो सेमिफाइनलमा नेपालले दुईपल्टको डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्न लागेको हो। खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ। नेपाली महिला फुटबल इतिहासकै सबैभन्दा महत्वपूर्ण खेलमध्ये एक रहनेछ। नेपाल यही खेलमा रोकिन्छ भने त्यो प्रतियोगिताको इतिहासमै टिमको सबैभन्दा खराब प्रदर्शनमध्ये एक हुनेछ। सन् २०१६ मा एकपल्ट मात्र नेपाल सेमिफाइनलमा रोकिएको थियो। प्रतियोगिताका बाँकी संस्करणमा भने नेपाल उपविजेता रहेको छ। त्यस अर्थमा नेपाल छपल्ट प्रतियोगिताको दोस्रो राम्रो टिममा दरिएको छ । यसपल्ट फाइनल पुग्न नसकेको यो छवि पनि मेटिनेछ। फाइनल पुग्छ भने नेपालसामु एउटा अर्को अवसर बन्ने छ, पहिलो पटक कुनै ठूलो उपाधि जित्ने अवसर हुनेछ।

    Advertisement

    प्रशिक्षक नवीन न्यौपानेले नेपाली महिला फुटबलकै लागि निकै ठूलो खेल रहेको बताएका छन्। सेमिफाइनलको अघिल्लो दिन नेपालले बेम्बोलिमस्थित जीएमसी एथलेटिक मैदानमा बिहानी समयमा अभ्यास गरेको थियो। प्रशिक्षणपछि मिडियासामु प्रस्तुत हुने क्रममा प्रशिक्षक न्यौपानेले नेपाली टिम सेमिफाइनलका लागि पूर्णतः तयार रहेको दाबी गर्दै भने, ‘नेपाल महिला फुटबलका लागि सेमिफाइनल ठूलो होइन, निकै ठूलो खेल रहेको छ। हाम्रो टिम यो खेलका लागि शारीरिक र मानसिक रूपमा तयार छ, खासै केही ठूलो समस्या छैन। हामी यो खेललाई लिएर उत्साही पनि छौँ।’ नेपाल प्रतियोगिताको पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भयो।

    त्यसैले नेपालसामु यी दुई फाइनलमा नै हारेको हारको बदला लिने अवसर हुनेछ, तर प्रशिक्षक न्यौपानेले भने फुटबलमा बदला भन्ने नै नहुने दाबी गरे। उनले भने, ‘हाम्रो मनमा बदला भन्ने भावना छैन । हाम्रो एक मात्र उद्देश्य प्रतियोगिताको उपाधि जित्ने हो र सेमिफाइनल त्यसअघिको खुड्किलो हो।’ बंगलादेशी टिमले भने मंगलबारको प्रशिक्षण कार्यक्रम रद्द गरेको थियो।

    बंगलादेशी खेलाडी सेउली अनामकी आमाको निधन भएको हुनाले टिम प्रशिक्षण कार्यक्रममा सहभागी भएन। त्यसबाहेक पछिल्लो समय बंगलादेशी महिला टिम आफैंमा विवादमा परेको छ। कम्बोडियाबाट अघिल्लो दिन मात्र गोवा आइपुगेकी प्रीति राईले प्रशिक्षणमा सहभागी भइनन्। उनले बंगलादेशविरुद्ध सुरुदेखि खेल्ने अपेक्षा गरिएको छ। उनी आएपछि नेपाली टिमको मध्यपंक्ति प्रीतिसँगै रेनुका नगरकोटीले सम्हाल्ने छन् नेपालले बंगलादेशलाई सन् २०२१ यता हराउन सकेको छैन। त्यो भनेको नेपाल बंगलादेशमाथि जित निकाल्न असफल रहेको ५ वर्ष भयो। अहिलेसम्म यी दुई टिमबीच १३ खेल भएको छ।

    त्यसमध्ये नेपाल ६ खेलमा विजयी छ। यी सबै जित सुरुवाती १० वर्षमा निस्केको थियो। दुई टिमबीच पछिल्ला ६ खेलमा बंगलादेश दुईपल्ट विजयी छ।

    दुवै जित पछिल्लो साफ च्याम्पियनसिपको फाइनलमा प्राप्त भएको हो। सन् २०२४ मा बंगलादेशले दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाललाई हराएपछि दुई टिमबीच पहिलो पटक खेल हुन लागेको हो। प्रतियोगिताको अर्को सेमिफाइनलमा भारत र भुटान यही मैदानमा राति सवा ८ बजे भिड्नेछन्। फाइनल खेल आगामी शनिबार हुनेछ।

    बुधबार, जेठ २०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ५.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ६.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    भर्खरै

    • १.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ४.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ५.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ६.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ७.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ८.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation