• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, फागुन ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • ११ घण्टा 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • ११ घण्टा 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • ११ घण्टा 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • २ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • २ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ४ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ४ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

चुनावमा कसरी परिचालित हुँदैछ नेपाली सेना ?


  •   सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • १४ मंसिर, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना परिचालनका लागि राष्ट्रपति कार्यालयबाट स्वीकृत भयो । मन्त्रिपरिषद्ले गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले ११ मंसिरमा स्वीकृत गरेसँगै सेना परिचालनको बाटो खुलेको छ । निर्वाचनका लागि सेना परिचालन गर्न यसअघि चरणबद्ध कामहरू भएका थिए । ९ असोजको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलमा सुरक्षा निकायका प्रतिनिधिहरू समेत थिए । कार्यदलले पेश गरेको ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२’ गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिले ३० कात्तिकमा पास गर्‍यो । यो सुरक्षा योजनामा निर्वाचनको अवधिमा सुरक्षा निकायहरू कसरी परिचालन हुने भन्नेबारे उल्लेख छ । यसका साथै बैठकले नेपाली सेना परिचालनको प्रस्ताव गर्ने निर्णय समेत गरेको थियो । यो प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्मा पुगेको थियो । ४ मंसिरमा सुरक्षा परिषद्को सिंहदरबारस्थित कार्यालयमा बसेको ४१औं बैठकले त्यसलाई पारित गर्दै निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसअनुसार मन्त्रिपरिषद्ले सेना परिचालनको निर्णय गरेर स्वीकृतीका लागि राष्ट्रपति कार्यालयसमक्ष पेश गरेको थियो । राष्ट्रपति कार्यालयबाट समेत यो प्रस्ताव स्वीकृत भएपछि अब सेना परिचालनका लागि बाटो खुलेको छ । योसँगै अब नेपाली सेना कसरी कहिलेबाट परिचालन हुने भन्ने जिज्ञासा उत्पन्न भएको छ । यसबारे हामीले नेपाली सेनासँग समेत सोधखोज गरेर यो रिपोर्ट तयार पारेका छौं । कहिलेबाट हुन्छ सेना परिचालन ? अघिल्ला चुनावहरू भन्दा यो पटक सुरक्षा चुनौती बढेको निष्कर्ष निकालेर चुनावको करिब तीन महिना अघि नै सेना परिचालन गर्न राष्ट्रपति कार्यालयबाट स्वीकृत भएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति, सुरक्षा निकायका हतियार र गोलीगट्ठाहरू ठूलो मात्रामा हराउनु, कारागारमा रहेका कैदीबन्दीहरू ठूलो संख्यामा अझै फरार हुनु, हिरासतका थुनुवा समेत फरार हुनु जस्ता घटनाले सुरक्षा चुनौती थपिएको निष्कर्ष निकालिएको छ । यीनै कुराहरूलाई मध्यनजर गर्दै अघिल्लो चुनावहरू भन्दा यसपटक निकै अगावै सेना परिचालनका लागि राष्ट्रपति कार्यालयले स्वीकृति समेत दिएको छ । निर्णयबाट प्रष्ट हुन्छ कि चुनाव भन्दा निकै अगावै सेना परिचालन हुनेछ । तर यसको मिति भने अहिलेसम्म यकिन नभएको नेपाली सेनाले बताएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेत भन्छन्, ‘कहिलेबाट सेना परिचालन हुने भन्ने यकिन भएको छैन । यसबारे हामी परामर्शमै छौं ।’ बस्नेतले सेना परिचालनका मिति तय नभएको बताए पनि सेनाको आन्तरिक गृहकार्य अनुसार पुसको पहिलो हप्ता सेना सडक गस्तीमा निस्कन लागेको बुझिन्छ । अहिले त्यसैअनुसार सेनाले तयारी गरेको छ । जसअनुसार करिब दुई महिना अघिबाटै सेना परिचालनको तयारी गरिएको छ । कसरी हुन्छ सेना परिचालन ? सेना परिचालन त हुने तर कसरी हुने भन्ने चासो पनि उत्तिकै छ । सेनाले भने यसलाई तीन चरणमा वर्गीकरण गरेर परिचालन हुने तयारी अघि बढाएको छ । सैनिक प्रवक्ता बस्नेत पनि उक्त कुरामा सहमती जनाउँछन् । ‘सुरक्षा चुनौतीलाई तीन चरणमा वर्गीकरण गरेर सोही अनुुसार सेना परिचालन हुन्छ’ सहायक रथी तथा प्रवक्ता बस्नेतले अनलाइनखबरसँग भने । निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन भागमा वर्गीकरण गरेर सेना परिचालन हुने उनी बताउँछन् । निर्वाचन पूर्वको समयमा सेनाले गस्ती, पेट्रोलिङ गर्ने बताइएको छ । अति संवेदनशील, संवेदनशील र मध्यमअनुसार वर्गीकरण गरिएका मतदान केन्द्र तथा ठाउँहरू लक्षित सेनाले गस्ती, पेट्रोलिङ गर्नेछ । यसको मुख्य उद्देश्य भनेकै चुनावको वातावरण बनाउने र भयरहित चुनाव हुन्छ भन्नेमा ढुक्क दिलाउनु रहेको छ । सेना परिचालनका लागि स्वीकृत भएको भोलिपल्ट सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानमन्त्री सुशीला कार्कीले समेत निर्वाचनमा एक थोपा रगत नबग्ने गरी खटिने सेनालाई निर्देशन दिएकी थिइन् । ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’ निर्वाचनको अवधिमा भने नेपाली सेना बाह्य घेरामा अर्थात मतदान भन्दा परै बसेर सुरक्षा गर्नेछ । त्यस्तो अवस्थामा मतदान केन्द्रमा केही भइहालेमा प्रहरी, सशस्त्रले समेत नसकेको अवस्थामा बाहिरी घेराको सेना खटिने छ । मतदान पश्चात मतपेटीका संकलन, ढुवानी र मतगणना स्थलको सुरक्षासम्म पनि सेना खटिने प्रवक्ता बस्नेत बताउँछन् । यसअघि सेनाले समेत आन्तरिक रुपमा समिति गठन गरेर निर्वाचन सुरक्षाबारे तयारी थालेको थियो । नेपाली सेनाका सहायक रथीको कमान्डमा कार्यदल बनाइएको थियो । यो कार्यदलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रतिनिधि पनि सहभागी थिए । यसअघि १६ कात्तिकमा मात्रै सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले चुनावी सुरक्षाका बारेमा छलफल गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले जंगी अड्डामा जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा अवस्था र चुनावी सुरक्षा चुनौतीबारे छलफल गरेका थिए । कति सेना परिचालन हुन्छन् ? चुनावकै लागि भनेर १ लाख ३२ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव गरिएको छ । यो छलफलकमै क्रममा रहेकाले केही निर्णय भएको छैन । म्यादी प्रहरीका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) र नेपाली सेना समेत निर्वाचनमा परिचालन हुनेछन् । ७९ हजार नेपाल प्रहरी, ३७ हजार सशस्त्र प्रहरी ३ हजार गुप्तचर र करिब १ लाख नेपाली सेना छन् । उनीहरूमध्ये कति सेना निर्वाचनमा खटिनेछन् भन्नेबारे अहिलेसम्म केही निर्णय नभएको जंगी अड्डाले बताएको छ । कार्यालय सुरक्षा, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानहरूको सुरक्षा लगायत, मिसनमा रहेका सेना समेतको संख्या घटाएर आवश्यक जनशक्ति परिचालन हुने सेनाको तयारी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट पनि कति जनशक्ति परिचालन हुन्छन् भन्ने अहिलेसम्म केही यकिन भएको छैन ।

    Advertisement

    सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation