• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, फागुन ०८, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • ११ घण्टा 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • ११ घण्टा 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • ११ घण्टा 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • २ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • २ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • २ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ४ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ४ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

बेलायतमा नेपाली विद्यार्थी संख्या ८९ प्रतिशत वृद्धि, एक वर्षमा आए झण्डै २१ हजार


  •   सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • लन्डन । उच्च शिक्षाका लागि बेलायत आउने नेपाली विद्यार्थीको संख्या एक वर्षयता ८९ प्रतिशतले वृद्धि भएको छ । खुद आप्रवासन निरन्तर ओरालो, जागिर र आवासमा संकट एवं डिपेन्डेन्ट ल्याउन प्रतिबन्ध भए पनि नेपालबाट आउने विद्यार्थी संख्या भने झन् वृद्धि भएको हो । बेलायतको गृह मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार, सेप्टेम्बर २०२५ अन्त्यसम्म एक वर्षमा ४ लाख ३९ हजार ९२४ यूके अध्ययन भिजा जारी हुँदा बेलायत आउने नेपाली विद्यार्थी २० हजार ५ सय ७२ जना छन् । नेपाली विद्यार्थीको यो आगमन अघिल्लो वर्षभन्दा ८९ प्रतिशत बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । सबैभन्दा धेरै यूकेको अध्ययन भिजा लिने राष्ट्रको सूचीमा नेपाल पाँचौं स्थानमा छ । सन् २०२५ सेप्टेम्बर अन्त्यसम्म एक वर्षमा सबैभन्दा बढी ९९ हजार १२८ भारतीय विद्यार्थीले यूके अध्ययन भिजा लिएका छन् भने ८९ हजार ३९७ चिनियाँ विद्यार्थी छन् । तेस्रोमा पाकिस्तानबाट ३६ हजार ९२४, चौंथो नाइजेरियाली विद्यार्थी ३० हजार ९ र पाँचौंमा नेपाली २० हजार ५ सय ७२ छन् । पहिले संयुक्त राज्य अमेरिका शीर्ष ५ मुलुकमा थियो, यद्यपि २०२० देखि अमेरिकी विद्यार्थीको संख्या तुलनात्मक रूपमा स्थिर छ र नेपालले शीर्ष ५ मा अमेरिकालाई प्रतिस्थापन गरेको छ । शैक्षिक परामर्शदाता कम्पनी युनी ल्याडर कन्सल्टेन्सीका निर्देशक गणेश खड्का बेलायतमा नेपाली विद्यार्थी बढ्नुमा नेपालमा यूके प्रवर्द्धन ज्यादा हुनुलाई मान्छन् । कन्सल्टेन्सी र बेलायती विश्वविद्यालयका प्रतिनिधिहरुले पनि नेपाललाई बढी टार्गेट गरेका कारण विद्यार्थी ओइरिएका हुन् । ‘अष्ट्रेलिया, क्यानडा भन्दा छिटो र सजिलो प्रोसेस एवं भिजा सफलता दर उच्च रहेकाले पनि बेलायत आकर्षक शैक्षिक गन्तव्य बनिरहेको छ’, उनले भने, ‘नेपालबाट जसरी हुन्छ एक्जिट हुने मानसिकताका कारण अण्डर ग्राजुएटमै बढी विद्यार्थी यता आएका छन् ।’ खड्काको अनुमानमा पछिल्लो ५ वर्षमा झण्डै ५० हजार नेपाली विद्यार्थी यूके आएका छन् । कन्सल्टेन्सीको आक्रामक बजार प्रवर्द्धन र बेलायत आइसकेकाले पनि आफ्नो साथी वा आफन्त सिफारिस गर्दा आगमन संख्या बढेको खड्काको बुझाइ छ । डिपेन्डेन्ट भिजा घट्यो यस वर्षको सेप्टेम्बर अन्तिमसम्म विद्यार्थी भिजाका लागि ४ लाख १९ हजार ५५८ मुख्य आवेदक थिए जुन गत वर्ष सेप्टेम्बर २०२४ अन्त्यसम्मको तुलनामा ७ प्रतिशत बढी हो । डिपेन्डेन्ट भिजा भने २० हजार ३६६ जारी भएको छ जुन अघिल्लो वर्षको तुलनामा ५७ प्रतिशत कम हो । जनवरी २०२४ देखि विद्यार्थीहरूले डिपेन्डेन्ट (आश्रित) ल्याउन पाउने सुविधा कटौती गरिएपछि आश्रित भिजामा भारी गिरावट आएको हो । नयाँ नीति लागू हुनुभन्दा अघि सेप्टेम्बर २०२३ अन्त्यसम्मको तुलनामा अहिले डिपेन्डेन्ट भिजा ८७ प्रतिशत कम छ । बेलायतको खुद आप्रवासन जुन २०२५ सम्म १२ महिनाको तुलनामा झण्डै दुई तिहाइले घटेको छ । सरकारले आप्रवासन घटाउने उद्देश्यले नयाँ प्रतिबन्धहरु लागू गरिरहेको छ । गत जनवरी २०२४ देखि कार्यान्वयनमा आएको नयाँ नियममा स्नातकोत्तर पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आफ्नो पार्टनर वा बालबच्चा बेलायत ल्याउन अनुमति छैन । पिएचडी र दुई वर्षे रिसर्च कोर्समा पोष्ट ग्रयाजुएट पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीले मात्र डिपेन्डेन्ट ल्याउन पाउँछन् । लेबर सरकारले पदभार ग्रहण गरेपछि नयाँ प्रतिबन्धहरु लागू गरेको थियो जसमा मे २०२५ मा जारी आफ्नो अध्यागमन श्वेतपत्र बमोजिम थप प्रतिबन्ध घोषणा गरियो । श्वेतपत्रमा डिग्रीपछि दिइँदै आएको फूलटाइम काम गर्न पाइने पोष्ट स्डटी वर्क (पिएसडब्लु) भिजा अवधि २४ महिनाबाट घटाएर १८ महिना बनाउने र अन्तर्राष्ट्रिय विद्यार्थी शुल्कमा नयाँ लेभी लगाउने समावेश छ । यद्यपि, यी नयाँ प्रतिबन्ध लागू भइसकेको छैन । खुद आप्रवासन दर दुई तिहाइ घट्यो यसैबीच, बेलायतको खुद आप्रवासन जुन २०२५ सम्म १२ महिनाको तुलनामा झण्डै दुई तिहाइले घटेको छ । बेलायत आउने र छाड्नेहरू बीचको संख्या ६ लाख ४९ हजारबाट घटेर २ लाख ४ हजारमा झरेको हो । मुख्यतया काम र अध्ययनका लागि आउने संख्या घटेको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएफ) ले जनाएको छ । खुद आप्रवासनको अर्थ लामो समयसम्म बेलायतमा बस्ने मानिसहरूको संख्या र देश छोड्ने संख्या बीचको भिन्नता हो । बेलायती प्रधानमन्त्री सर किअर स्टारमरले खुद आप्रवासनमा आएको गिरावटलाई ‘सही दिशामा भएको कदम’ भनेका छन् । गृह मन्त्रालयको पछिल्लो तथ्यांकले जुन २०२५ सम्म एक वर्षमा एक लाख ८२ हजार ५ सय ५३ वर्क परमिट भिजा जारी भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत कम थियो । यस गिरावटले पनि सन् २०२४ मा विभिन्न चरणमा लागू भएका नयाँ भिसा नियमको परिवर्तनलाई प्रतिबिम्बित गरेको छ । बेलायतमा काम गर्न चाहनेले पोइन्टमा आधारित प्रणाली (पिबीएस) मार्फत भिजाका लागि आवेदन दिनुपर्छ । गत अप्रिल २०२४ देखि आवेदकहरूले कम्तिमा वार्षिक ३८ हजार ७०० कमाउनुपर्छ जुन यसअघिको २६ हजार २०० पाउण्ड न्यूनतम तलवभन्दा लगभग ५० प्रतिशत वृद्धि हो । शरण दाबी गर्नेहरु उच्च रेकर्डमा तर, गृह मन्त्रालयको तथ्यांकले सेप्टेम्बर २०२५ सम्म एक वर्षमा शरण दाबी गर्नेहरूको संख्या एक लाख १० हजार ५१ को उच्च रेकर्डमा पुगेको देखाएको छ । साना डुंगामा अनियमित मार्ग प्रयोग गरेर आएका गैरकानूनी आप्रवासीको संख्या अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको छ । सेप्टेम्बर २०२५ सम्म १२ महिनामा इंगलिस च्यानल मार्गबाट ​​४५ हजार ६ सय ५९ जना बेलायत आइपुगेका छन् । गृह मन्त्रालयको विज्ञप्तिमा यो तथ्यांक सन् २०२२ को उच्च रेकर्ड संख्या ४५ हजार ७ सय ७४ सँग नजिक छ । सेप्टेम्बरसम्म होटलहरुमा शरण खोज्नेहरूको संख्या गत वर्षको सोही समयको तुलनामा २ प्रतिशतले बढेको पनि तथ्यांकमा उल्लेख छ ।

    Advertisement

    सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation