Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, बैशाख ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

सालोलाई फोन गरेर राजुले भनेका थिए- मैले सबैलाई मारेँ, अब मर्न जाँदैछु

  •   बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
  • काठमाडौंको स्वयम्भूमा एक पुरूषले आफ्नी दुई छोरी र श्रीमतीको हत्यापछि आफैंले पनि आत्महत्या गरेका छन्। बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा एकै परिवारका तीन जना मृत फेला परे। राजधानीमा एकै परिवारका तीन जनाको शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको दुबै टोली खटियो। अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरकै नेतृत्वमा टोली खटिएको थियो। कोठामा पुग्‍दा ओखलढुंगा घर भई डेरामा बसिरहेका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परे। उनीहरूमाथि घरेलु हतियार प्रहार भएको पाइएको थियो। एसपी रेग्मीका अनुसार उनीहरूको हत्या नै भएको हो भन्नेमा प्रहरी अधिकृतहरू विश्वस्त थिए। तर घटनास्थलमा श्रीमान फेला परेका थिएनन्। घटनास्थलमा खटिएका अनुसन्धान अधिकृतका अनुसार ईश्वरीका ३७ वर्षीय श्रीमान राजु आफैंले घटना गरेपछि आफ्ना सालोलाई सम्‍पर्क गरेका थिए। ‘बिहान घटना भइसकेपछि मैले सबैलाई मारेँ, अब म पनि मर्छु भनेर हिँडेका रहेछन्,’ उनले भने, ‘सालोलाई फोनमा त्यस्तो भनेपछि प्रहरीलाई खबर भएको हो।’ त्यसरी मर्न जाँदैछु भन्ने खबर पाएपछि प्रहरीले श्रीमानलाई खोजी गरेको थियो। एसएसपी राठौरसहितको टोली सर्चका लागि खटिएको उनले बताए। त्यसक्रममा नागार्जुन नगरपालिका-३ हरिसिद्धी जंगल (ह्वाइट गुम्बाको तल्लो) भेगमा एउटा रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी पनि मृत फेला परेको एसपी रेग्मीले पुष्टि गरेका छन्। उक्त स्थान उनको डेराबाट करिब दुई किलोमिटर पर फेला परेको छ। यसरी एकै परिवारका चारै जना मृत फेला परे पनि घटनाको कारणबारे भने खुलिसकेको छैन। त्यसबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

    Advertisement

    बुधबार, फागुन ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation