Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

नेदरल्याण्ड्ससँग नामिबिया ७ विकेटले पराजित


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • आर्यन दत्तको उत्कृष्ट बलिङसँगै नेदरल्याण्ड्सले आईसीसी विश्वकप लिग-२ क्रिकेटको आफ्नो दोस्रो खेलमा नामिबियालाई सहजै हराएको छ।

    Advertisement

    आफ्नो पहिलो खेलमा नेपालसँग ९ विकेटको अन्तरले पराजित डच टोली दोस्रो खेलमा नामिबियालाई ७ विकेटले हराउन सफल भयो। नामिबियाले भने पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो।

    १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो।

    नेदरल्याण्ड्सका लागि ओपनर ब्याटर माइकल लेभिटले अर्धशतक प्रहार गरे। ८१ बलमा ८ चौका र २ छक्काको मद्दतमा ५१ रन हानेका लेभिट नामिबियाका कप्तान जेरार्ड इरास्मसको बलमा फ्राइलिङ्कबाट क्याच आउट भए।

    अर्का ओपनर म्याक्स ओ’डोउडले २८ रनको योगदान गरे। उनी पनि इरास्मसकै शिकार भए।

    ६ रन जोडेका साइब्रान्ड इन्जेलब्रेच्ट इरास्मसको बलमै एलबीडब्ल्यू धरापमा परे। अविजित रहेका बास डे लिडेले २१ रन र कप्तान स्कट एडवार्ड्सले ४ रन बनाए।

    नामिबियाका लागि कप्तान इरास्मसले नै ३ विकेट लिए।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्यन दत्तले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ गर्दै ६ जना नामिबियाली खेलाडी आउट गर्दै नामिबियालाई १२३ रनको सामान्य योगफलमा रोकेका थिए।

    नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५ ओभर १ बलमा सबै विकेट गुमाउँदै १२३ रनमात्र बनाउन सक्यो।

    नामिबियालाई झिनो लक्ष्यमा रोक्न नेदरल्याण्ड्सका लागि एकदिवसीय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन गरेका दत्तले ९ ओभरमा ३४ रनमात्र खर्चिंदै ६ विकेट लिए। उनी नै आजको म्यान अफ द म्याच घोषित भए।

    नेदरल्याण्ड्सका काइल क्लेनले २ विकेट लिए। यसका लागि उनले ५ ओभर १ बलमा २१ रन खर्चेिए। रोलेफ भ्यान डेर मर्व र म्याक्स ओ’डोउडले १/१ विकेट लिए।

    नामिबियाका लागि मध्य क्रमका ब्याटर जेजे स्मिटले २६ रन बनाउँदा तल्लो क्रमका ब्याटर रुबेन ट्रम्पलम्यानले २० रन बनाए। स्मिटले ४६ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २६ रन बनाएका थिए। उनी  म्याक्स ओ’डोउडको बलमा नोउ कोइजबाट क्याच भए।

    ३९ बलमा १ छक्कासहित २० रन होनका रुबेन ट्रम्पलम्यान रोलेफ भ्यान डेर मर्वको बलमा कप्तान स्कट एडवार्ड्सद्वारा स्टम्प आउट भए। जेन ग्रिनले १९ रन हान्दा कप्तान इरास्मसले १३ र बर्नाड स्कोल्जले १२ रन बनाए। यसबाहेक नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

    तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका माइकल भ्यान लिंगेन ४ रन बनाएर दत्तको बलमा आउट भए। ओपनर जेपी कोट्जे ३० बल खेलेर ५ रन बनाउँदै दत्तकै बलमा बोल्ड भए।

    जन फ्राईलिंकलाइ पनि दत्तले नै शून्यमा आउट गरे। कप्तान जेरार्ड इरास्मसले ३ चौका प्रहार गर्दै ११ बलमा १३ रन बनाए पनि दत्तकै बलको शिकार भए। उनी साइब्रान्ड इन्जेलब्रेच्टबाट क्याच भए।

    जान निकोल लोफ्टी–इटन पनि शून्यमै दत्तकै बलमा बोल्ड भए। जेन ग्रिनलाई दत्तले १९ रन बनाएको वेला क्याच आउट गराए।

    २/२ खेलको नतिजासँगै नेपाल, नेदरल्याण्ड्स र नामिबिया तीनै टोलीले २/२ अंक बटुलेका छन्। ३ वटै टिमले १/१ खेल जितेका छन् भने १/१ खेल हारेका छन्। अझै यी ३ टिमले २/२ खेल खेल्न बाँकी छ।

    अहिलेसम्म नेपाल नेट रनरेटमा अघि रहँदै पहिलो स्थानमा छ। नेपालको रनरेट ०.९२० छ। दोस्रो स्थानको नामिबियाको –०.२२० रनरेट छ भने नेदरल्याण्ड्सको –०.६६६ रनरेट छ।

    विश्वकप लिग-२ क्रिकेटमा जम्मा ८ टिम सहभागी छन्। जसमा नेपाल, नेदरल्याण्ड्स र नामिबियासहित ओमान, स्कटल्याण्ड, अमेरिका, क्यानडा र यूएईले सन् २०२६ को डिसेम्बरसम्म १४४ वटा म्याच खेल्नेछन्।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation