मिशिगनमा समर्थकहरूको भीडमा बोल्दै ट्रम्पले गहिरो परिवर्तनका लागि आफूले राष्ट्रपति पदलाई प्रयोग गरिरहेको दाबी गर्नुभयो । उहाँले आफ्ना पूर्ववर्ती जो बाइडनको खिल्ली उडाउनुका साथै अमेरिकी केन्द्रीय बैंकका प्रमुख जेरोम पावेलको पनि आलोचना गर्नुभएको छ ।
यद्यपि १०० दिन पूरा भएको सन्दर्भमा भएको एक सर्वेक्षणानुसार ट्रम्पको अनुमोदन दर खस्किएर ४४ प्रतिशतमा झरेको छ । १०० दिने कार्यकालमा आधाभन्दा कम नागरिकको समर्थन प्राप्त गर्ने अमेरिकी राष्ट्रपतिहरूमा ट्रम्प दोस्रो विश्वयुद्धपछिका एकमात्र राष्ट्रपति बन्नुभएको छ । तर ट्रम्पले आफ्नो लोकप्रियता घटेको देखाउने जनमत सर्वेक्षण झुटो भएको दाबी गर्नुभयो ।
डाेनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सङ्ख्यामा उच्च गिरावट आएको छ । ट्रम्पको दोस्रो कार्यकाल शुरू भएपछि झन्डै ६५ हजार ७ सय जना आप्रवासीलाई निष्कासन गरेको ह्वाइट हाउसले जनाएको छ ।