Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

उपचुनावका लागि आजदेखि आचारसंहिता लागू : उल्लङ्घन गर्नेलाई तत्कालै कारबाही हुने


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । इलाम–२ मा हुने प्रतिनिधि सभा र बझाङ १ (क) मा हुने प्रदेश सभा चुनावका लागि आचारसंहिता लागू भएको हो । आचारसंहिता इलाम र बझाङ जिल्लाभर नै लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    Advertisement

    आचारसंहिता आजदेखि चुनाव सम्पन्न नभएसम्म लागू हुनेछ । आयोगका अनुसार स्वच्छ, स्वतन्त्र,  निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न लागू गरिएको आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, सङ्घीय कार्यपालिका र सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी तथा कर्मचारी, राजनीतिक दल तथा दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धती व्यक्तिलगायतलाई लागू हुनेछ । आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्कालै कारबाही हुने आयोगले जनाएको छ ।

    इलाम–२ बाट  निर्वाचित  प्रतिनिधि  सभा  सदस्य  सुवासचन्द्र  नेम्वाङ  र  बझाङ  १  (क)  बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको हिजो बसेको बैठकले आचारसंहिताको पालना गर्न जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।

    आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने/गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

    यस्तै आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको छ । मतदान हुने दिन १५ गते शनिवार पर्छ । उपचुनाव अन्र्तगत इलाम–२ मा १९ जना तथा बझाङ–१ (क) मा ११ जनाको उम्मेदवारी कायम भएको छ ।

    आयोगले हिजो अन्तिम नामावली सार्वजनिक गरेको हो ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation