• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • ५९ मिनेट 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • १ घण्टा 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • ४ दिन 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • ४ दिन 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • ५ दिन 

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
  • ६ दिन 

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • १ हप्ता 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ हप्ता 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • २. मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ३. मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

  • ४. आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

  • ५. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • ६. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

सुपर एल निनोको जोखिम बढ्यो, ऊर्जा र खाद्य सुरक्षामा असर पर्न सक्छः मन्त्री श्रेष्ठ


  •   शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
  • काठमाडौं, भदौ ५-

    Advertisement

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले विद्युत्, सिँचाइ, कृषि तथा खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्।

    शुक्रबार ‘सुपर एल निनो तथा जलवायु जोखिमसम्बन्धी राष्ट्रिय संगोष्ठीः नेपालको जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा प्रभाव’ विषयक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले शक्तिशाली एल निनोको सम्भावना करिब ९० प्रतिशत पुगेको बताए। उनले भने, ‘एल निनो कुनै पूर्वानुमान मात्र होइन, यो आइसकेको छ। यसको तीव्रता मात्र अझै अनिश्चित छ। र यो अनिश्चितताले अब अझ गम्भीर अवस्थालाई संकेत गरिरहेको छ।’

    मन्त्री श्रेष्ठले जल तथा मौसम विज्ञान विभागले जेठमै देशका विभिन्न क्षेत्रमा सामान्यभन्दा कम वर्षा हुने र तापक्रम सामान्यभन्दा बढी हुने पूर्वानुमान गरिसकेको बताए। त्यसका आधारमा सरकारले समयमै पूर्वतयारी गर्नुपर्ने उनको भनाइ छ। एल निनोको प्रभावका कारण नेपालको ‘रन–अफ–रिभर’ विद्युत् उत्पादन घट्न सक्ने र नेपालले विद्युत् आयात गर्ने समयमा भारतको ग्रिडमा समेत दबाब पर्न सक्ने उनले बताए।

    उनले भने, ‘एल निनोको उच्च बिन्दु नोभेम्बरदेखि फेब्रुअरीसम्म हुने पूर्वानुमान गरिएको छ, जुन ठ्याक्कै हाम्रो आयात गर्ने समयमा पर्छ।’ मन्त्री श्रेष्ठले खडेरीको जोखिमसमेत बढ्न सक्ने भन्दै क्षति भएपछि मात्र खडेरी घोषणा गर्ने प्रणाली परिवर्तन गर्नुपर्ने बताए। खडेरीलाई ‘सुस्त विपद्’का रूपमा लिएर पूर्वसूचनाका आधारमा तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ। उनका अनुसार आगामी आर्थिक वर्षमा खडेरी व्यवस्थापनका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ। तराईका २२ जिल्लामा २२५ वटा भूमिगत जल अनुगमन ट्युबवेल स्वीकृतिको प्रक्रियामा रहेको उनले जानकारी दिए।

    मन्त्री श्रेष्ठले पूर्वतयारीमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘पूर्वतयारी कार्य सस्तो र झन्झटिलो हुन्छ र सफल हुँदा कसैले देख्दैन। तर आपतकालीन प्रतिक्रिया महँगो र दृश्यमान हुन्छ।’ जलवायु परिवर्तनबाट नेपालजस्ता कम कार्बन उत्सर्जन गर्ने मुलुकले ठूलो असर भोगिरहेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्यायका लागि थप जिम्मेवार बन्नसमेत आग्रह गरे।

    शुक्रबार, भदौ ०५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
    आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    लोकप्रिय

    • १.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • २.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर

    • ५.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • ६.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • २.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    • ५.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ६.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    • ७.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • ८.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation