• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बुधबार, मङि्सर ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
  • १ घण्टा 

विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
  • १ घण्टा 

मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
  • ४ दिन 

आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
  • ४ दिन 

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
  • ५ दिन 

मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते
  • ६ दिन 

अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री
  • १ हप्ता 

कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा
  • १ हप्ता 

आईजीपी हटाउँदा फुटेको थियो एमाले, रास्वपा पनि त्यही दिशामा !
  • १ हप्ता 

लोकप्रिय समाचार

  • १. आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

  • २. मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ३. मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

  • ४. आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

  • ५. विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

  • ६. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छः रवि लामिछाने


  •   बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं, भदौ ४ –

    Advertisement

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्।

    बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थामाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए। उनले व्यक्तिगत जीवनजस्तै संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर भन्दा संस्थाको प्रतिष्ठा र संवैधानिक भूमिकालाई ध्यानमा राखेर छलफल गर्नुपर्ने धारणा राखे। उनले भने, ‘कहिलेकाहीँ विषयहरू अलि संवेदनशील हुन्छन्।

    हरेक व्यक्तिको निजी जीवन पनि संवेदनशील हुन्छ । संवेदनशील निकायहरू अझ बढी राज्यको पिल्लर भएको हुनाले प्रश्न, तथ्यहरू राख्दा ती संरचनाहरूप्रतिको सम्मानमा आँच नपुगोस् भन्ने कुरालाई पनि विशेष ध्यान दिनुपर्छ।’ उनका अनुसार संवैधानिक निकाय कुनै व्यक्तिविशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठाउँदा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने हुन्छ। उनले भने, ‘किनकी कुनै एउटा व्यक्तिको कुरा होइन, संरचना वा निकाय भएको हुनाले हामीले ती संरचनाहरूको प्रतिष्ठाको ख्याल राख्नैपर्छ।’

    लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति पनि संवेदनशील विषयमा छलफल गर्ने महत्वपूर्ण संसदीय समिति भएकाले समितिमा उठाइने विषयले संस्था, पदाधिकारी तथा समितिको गरिमामा चुनौती नआउने गरी प्रस्तुत गर्नुपर्ने बताए। उनले संविधानले विभिन्न संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरेको उल्लेख गर्दै संविधानमा गरिएको व्यवस्थालाई स्वीकार गर्ने विषयमा सबै प्रतिबद्ध हुनुपर्ने बताए।

    संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रियालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप गर्नु उचित नहुने उनको भनाइ थियो। उनले अदालत वा संवैधानिक निकायलाई कुनै राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखे। लामिछानेले भने, ‘संविधानमा जसरी, जुन ढंगबाट विभिन्न निकायहरूको नियुक्तिको प्रक्रिया राखेको छ, संविधानमा भएको व्यवस्थालाई मान्ने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ।

    अदालत नै पार्टीको हो, यो पनि पार्टीको भन्न मिल्दैन।’ उनले संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएका जिम्मेवार व्यक्तिहरूले संविधानले दिएको दायित्व पूरा गर्ने भएकाले उनीहरूमाथि अत्यधिक आरोप लगाउने शैलीले संस्था र संस्थामा रहेका व्यक्तिहरूको मानमर्यादा घट्न सक्ने बताए। उनले भने, ‘संविधानमा भएको व्यवस्था अनुसार नै संवैधानिक निकायका जिम्मेवार व्यक्तिहरूले संविधानले नै दिएको आफ्नो दायित्व पूरा गरेर नियुक्ति गरेको हुनाले हामीले असाध्यै धेरै आरोपित नै गर्ने ढंगले भन्दा संस्था र संस्थाका व्यक्तिहरूको मानमर्यादा कम हुन्छ।’

    यसैगरी, लामिछानेले संविधान संशोधनको विषयमा समेत प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन्। संविधान संशोधनका लागि संविधानले तोकेको प्रक्रियालाई नै पालना गर्नुपर्ने उनको भनाइ छ।

    बिहिबार, भदौ ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
    विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज
    मसाज पार्लरमा चुकुल लगाउन नपाइने !
    आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना
    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    लोकप्रिय

    • १.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • २.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर

    • ५.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१

    • ६.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

    • २.
      विराटनगरमा राति २ बजेसम्म होटल खोल्न २१ सर्त, उल्लंघन गरे अनुमति खारेज

    • ३.
      मसाज पार्लरमा चुकुल लगाउन नपाइने !

    • ४.
      आज विराटनगर र लुम्बिनी भिड्दै , विराटनगर हारे प्लेअफ समीकरण पूरा हुने सम्भावना

    • ५.
      आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    • ६.
      मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    • ७.
      अर्घाखाँचीका विद्यार्थीले उत्पादन गरेका सयपत्री फूल काठमाडौंदेखि पोखरासम्म बिक्री

    • ८.
      कात्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलीको पूजा

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation