Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ३ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ५ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ५ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ५ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन् ।

    Advertisement

    ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने सङ्केत दिएका छन् । इरानी दैनिक हामशहरीले आफ्नो पहिलो पृष्ठमा ‘आकस्मिक मृत्युका लागि तयार हुनुहोस्’ शीर्षक प्रकाशित गर्दै ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, प्रधानमन्त्री नेतान्याहु तथा अन्य अधिकारीको तस्बिरसँगै ग्राहमको मृत्युको सन्दर्भ जोडेको छ ।

    उक्त सामग्रीमा ग्राहमको तस्बिरअघि ट्रम्प घुँडा टेकेर बसेको चित्रसमेत समावेश गरिएको छ । अर्को इरानी पत्रिका भातान–ए इमरोजले जुलाई १३ को संस्करणमा ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकसहित ग्राहमको निधनलाई प्रमुख समाचार बनाएको छ । पत्रिकाले ग्राहमलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एक भन्दै उहाँको ‘अचानक बिरामी’ परेर मृत्यु भएको उल्लेख गरेको छ ।

    यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै इरानविरोधी अमेरिकी सिनेटर नरक पठाइएको भन्दै सार्वजनिक रूपमा प्रतिक्रिया जनाएका छन् । यस्ता अभिव्यक्तिले सामाजिक सञ्जाल र अमेरिकी राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ ।

    प्रतिवेदनअनुसार यी सामग्री सार्वजनिक भएपछि ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन ९एमएजिए०’ अभियानसँग आबद्ध केही समूहले ग्राहमको मृत्युबारे विभिन्न षड्यन्त्र सिद्धान्त अघि सारेका छन् । कतिपयले यस घटनामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) को सम्भावित संलग्नताबारे अनुसन्धान गर्न माग गरेका छन् । यद्यपि त्यससम्बन्धी कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन ।

    दक्षिण क्यारोलिनाबाट निर्वाचित सिनेटर ग्राहम लामो समयदेखि अमेरिकाको आक्रामक विदेश नीतिका समर्थक मानिनुहुन्थ्यो । उहाँले युक्रेनलाई सैन्य सहयोग निरन्तर उपलब्ध गराउन, गाजामा इजरायललाई खुला समर्थन गर्न तथा इरानको वर्तमान शासन परिवर्तन गर्नुपर्ने धारणा बारम्बार सार्वजनिक गर्नुभएको थियो ।

    गाजाको युद्धका क्रममा इजरायलले आवश्यक परे आणविक हतियार प्रयोग गर्न सक्ने अभिव्यक्ति दिएपछि उहाँ थप विवादमा पर्नुभएको थियो । त्यसैगरी फेब्रुअरी २८ मा इरानमाथि भएको आक्रमणपछि पनि उहाँले इरानी सरकारलाई सत्ताच्युत गर्न खुला आह्वान गर्नुभएको थियो । फक्स न्युजसँगको अन्तर्वार्तामा ग्राहमले इरानको वर्तमान शासनको अन्त्यले मध्यपूर्वको शक्ति सन्तुलन परिवर्तन हुने र त्यसबाट आर्थिक अवसरसमेत सिर्जना हुने तर्क गर्नुभएको थियो ।

    इरानसँगको पछिल्लो द्वन्द्व सुरु हुनुअघि उहाँले पटक–पटक इजरायल भ्रमण गरी गुप्तचर संस्था मोसादका अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । ती भेटबाट प्राप्त सूचनाले आफ्नै सरकारले उपलब्ध नगराएको जानकारी दिएको उहाँको भनाइ थियो । द वाल स्ट्रिट जर्नलका अनुसार ग्राहमले ती भ्रमणका क्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि छलफल गर्नुभएको थियो ।

    प्रतिवेदनमा नेतान्याहुले उपलब्ध गराएको गुप्तचर सूचनाले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा सहमत गराउन भूमिका खेलेको दाबी ग्राहमले गर्नुभएको उल्लेख छ । यसअघि पनि उहाँले संयुक्त अरब इमिरेट्स र साउदी अरेबियालगायत क्षेत्रीय शक्तिलाई इरानविरुद्धको सम्भावित सैन्य कारबाहीमा सहभागी हुन आग्रह गर्दै आउनुभएको थियो ।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation