Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

अमेरिका–इरान युद्ध चर्किँदा कतार, बहराइन र कुवेतमा बज्यो खतराको साइरन


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • काठमाडौंः अमेरिका र इरानबीच पुनः सुरु भएको सैन्य द्वन्द्वले खाडी क्षेत्रका मुलुकहरूलाई प्रत्यक्ष असर परेको छ। सुरक्षा, अर्थतन्त्र र आन्तरिक स्थिरताका दृष्टिले ठूलो जोखिममा पारेको छ।

    Advertisement

    टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच भएको अन्तरिम सम्झौता अब सकिएको घोषणा गरेसँगै मध्यपूर्वमा तनाव चुलिएको हो।

    इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले जुन महिनामा भएको समझदारी पत्र अमेरिकाले गम्भीर रूपमा उल्लंघन गरेको आरोप लगाएका छन्।

    अमेरिकाले इरानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ भने त्यसको जवाफस्वरूप इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अखडाहरूलाई लक्षित गरी आक्रमण गरेको छ। द्वन्द्व थप विस्तार भएमा खाडी क्षेत्रका सबै देश प्रभावित हुने आकलन गरिएको छ।

    बहराइनमा अमेरिकाको प्रमुख नौसैनिक अखडा छ। इरानको पछिल्लो आक्रमणले यो देश प्रत्यक्ष रूपमा प्रभावित भएको छ। सानो भूभाग भएको बहराइनमा अमेरिकी सैन्य संरचनाहरू आवासीय तथा व्यापारिक क्षेत्रको नजिक रहेकाले सीमित सैन्य कारबाहीले पनि नागरिक जीवनमा ठूलो असर पार्न सक्छ।

    राजनीतिक रूपमा पनि बहराइन संवेदनशील अवस्थामा छ। शासक परिवार सुन्नी समुदायको भएपनि अधिकांश जनसंख्या शिया समुदायको रहेको मानिन्छ। इरानसँगको तनावले देशभित्र साम्प्रदायिक तनाव बढ्ने जोखिम छ।

    युद्धविरोधी अभिव्यक्ति, इरानप्रति सहानुभूति देखाएको वा जासुसी गरेको आरोपमा बहराइन सरकारले सयौँ व्यक्तिलाई पक्राउ गरिसकेको छ।

    यता, मध्यपूर्वमा सबैभन्दा धेरै अमेरिकी सैन्य उपस्थिति कुवेतमा छ। यहाँ दुईवटा अमेरिकी एयर बेस तथा करिब १३ हजार ५०० सैनिक कार्यरत छन्। यसअघि कुवेतले आफूलाई क्षेत्रीय मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै आएको थियो। सन् १९९० मा इराकको आक्रमणपछि उसले सन्तुलित परराष्ट्र नीति अपनाएको थियो।

    तर, अमेरिकी सैन्य अखडाहरू इरानी आक्रमणको निसानामा परेपछि कुवेतको सुरक्षा रणनीति र कूटनीतिक दृष्टिकोणमा परिवर्तन आउन सक्ने विश्लेषण गरिएको छ।

    त्यसैगरी, साउदी अरबमा अमेरिकाको ठूलो वायुसेना अखडा भए पनि पछिल्लो द्वन्द्वमा इरानले अहिलेसम्म साउदी भूमिलाई निशाना बनाएको छैन।

    वर्षौंसम्म इरानसँग क्षेत्रीय प्रतिस्पर्धामा रहेको साउदी अरब अहिले युद्धभन्दा कूटनीतिक समाधानलाई प्राथमिकता दिइरहेको छ। आफ्नो भिजन २०३० अन्तर्गतका आर्थिक योजनालाई असर नपरोस् भन्ने उसको मुख्य चासो छ।

    विश्लेषकहरूका अनुसार साउदी अरबको प्राथमिकता द्वन्द्व विस्तार हुन नदिनु र तेल पूर्वाधारको सुरक्षा गर्नु हो। होर्मुज जलमार्गमा जोखिम बढेपछि उसले केही तेल निर्यातलाई वैकल्पिक पाइपलाइनमार्फत पठाउन थालेको छ।

    यसैगरी, संयुक्त अरब इमिरेट्समा पनि अमेरिकाको महत्वपूर्ण एयर बेस छ। यद्यपि, पछिल्लो चरणमा इरानले इमिरेट्सलाई प्रत्यक्ष निशाना बनाएको छैन। तर, युद्ध लम्बिँदै गएमा अबुधाबी र दुबईको अन्तर्राष्ट्रिय व्यापार तथा वित्तीय केन्द्रको छवि प्रभावित हुन्सक्ने जोखिम छ।

    इमिरेट्सले पनि होर्मुज जलमार्गको विकल्पका रूपमा आन्तरिक पाइपलाइनमार्फत केही तेल निर्यात गरिरहेको छ। तर, दीर्घकालीन द्वन्द्वले यस व्यवस्थामा समेत असर पार्न सक्छ।

    कतारमा मध्यपूर्वकै सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा अल उदेइद एयर बेस छ। त्यसैसँगै कतारले इरानसँग पनि तुलनात्मक रूपमा राम्रो सम्बन्ध कायम राखेको छ। यसको प्रमुख कारण दुवै देशले साझा प्राकृतिक ग्यास क्षेत्र उपयोग गर्नु हो।

    कतारले विगतमा अमेरिका–इरानबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको छ। जुन महिनामा भएको प्रारम्भिक समझदारी पत्र तयार पार्न पनि कतारी कूटनीतिज्ञहरूले भूमिका खेलेका थिए।

    यता, ओमानमा अमेरिकाको ठूलो सैन्य अखडा छैन। यसले अमेरिका र इरान दुवैसँग राम्रो सम्बन्ध कायम राख्दै आएको छ। ओमानले लामो समयदेखि दुवै पक्षबीच गोप्य तथा अनौपचारिक कूटनीतिक संवादको सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। विश्लेषकहरूका अनुसार यदि, वर्तमान द्वन्द्व नियन्त्रणतर्फ लैजान प्रयास गरियो भने ओमान फेरि पनि वार्ताको प्रमुख माध्यम बन्नसक्छ।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation