Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २३ घण्टा 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • १ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • १ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • १ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • २ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ७. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला

  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • स्ट्रेट अफ होर्मुजमा तीनवटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि अमेरिकाले इरानका दर्जनौँ सैन्य लक्ष्यमा शक्तिशाली हवाई आक्रमण गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले मंगलबार ८० भन्दा बढी लक्ष्यमा आक्रमण गरिएको जनाएको छ ।

    Advertisement

    सेन्टकमका अनुसार आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)का स्टे«ट अफ होर्मुज क्षेत्रमा रहेका ६० भन्दा बढी साना डुङ्गा, क्षेप्यास्त्र प्रक्षेपण स्थल तथा सैन्य कमाण्ड केन्द्रहरूलाई निशाना बनाइएको छ । कुन–कुन स्थानमा आक्रमण गरिएको हो भन्ने विवरण भने सेन्टकमले सार्वजनिक गरेको छैन ।

    इरानका उपविदेशमन्त्रीले अमेरिकी कारबाहीलाई गत महिना अमेरिका र इरानबिच भएको समझदारी सम्झौताको उल्लङ्घन भएको बताएका छन् । उनले तेहरानले आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्न निर्णायक कदम चाल्ने चेतावनी दिएका छन् । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको छ।

    आक्रमणका क्रममा विस्फोटका छर्राबाट केही सर्वसाधारण घाइते भएको जनाइएको छ । तीन तेल ट्याङ्करमाथि भएको आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन । अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दाेष नागरिकले सञ्चालन गरिरहेका व्यावसायिक जहाजमाथिको आक्रमणलाई पूर्ण रूपमा अस्वीकार्य भन्दै त्यसको मूल्य चुकाउनुपर्ने जनाएको छ । सेन्टकमले आफ्नो कारबाही व्यावसायिक जहाजहरूलाई लक्षित गरिएका आक्रमणको जवाफस्वरूप गरिएको स्पष्ट पारेको छ ।

    यसअघि अमेरिकी अर्थमन्त्रालयले इरानमाथिको तेल प्रतिबन्ध अस्थायी रूपमा खुकुलो बनाउने व्यवस्था पनि रद्द गरेको थियो । उक्त व्यवस्था अमेरिका र इरानबिच गत महिना भएको समझदारीको एक हिस्सा थियो । इरानको विदेश मन्त्रालयले भने अमेरिकाको उक्त निर्णयलाई सम्झौताको उल्लङ्घन भन्दै वासिङ्टनको दोहोरिएको अविश्वसनीय र असंगत व्यवहारको प्रमाण भएको प्रतिक्रिया दिएको छ ।

    आक्रमण भएपनि अमेरिकी अधिकारीहरूले भने अन्तिम सम्झौताका लागि इरानसँग कूटनीतिक वार्ता जारी रहने बताएका छन् । एक अमेरिकी अधिकारीका अनुसार वासिङ्टनले अझै पनि सद्भावपूर्वक वार्तालाई अगाडि बढाउने नीति कायम राखेको छ ।

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation