Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

पशुजन्य रोगबाट चितवन कति सुरक्षित ?


  •   बिहिबार, असार १८, २०८३ मा प्रकाशित
  • भरतपुर । विगत केही दिनदेखि देशका विभिन्न जिल्लामा बर्डफ्लुको समस्याका कारण हजारौँ कुखुरा नष्ट भएको समाचार सार्वजनिक हुँदैगर्दा चितवनमा भने अहिलेसम्म समस्या नदेखिएको जिल्ला पशुसेवा कार्यालय चितवनले बताएको छ । कुखुरा उत्पादनका लागि अग्रणी जिल्ला मानिएको चितवनमा पशुपक्षीजन्य रोगको समस्या नरहेको कार्यालयका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए ।

    Advertisement

    तर, जोखिम भने जतिखेर पनि रहिरहने हुँदा सतर्क रहन किसानहरुलाई उनले आग्रह गरेका छन् । ‘चितवन जिल्ला हरेक मालवस्तुको ओसारपसार गर्ने मुख्य बिन्दु भएकोले जोखिम त सधैँ रहिरहन्छ’, डा. न्यौपानेले भने, ‘तर वर्तमान अवस्थामा चितवन जिल्लामा पशुपक्षीजन्य रोग देखिएको छैन ।’ उनका अनुसार छिमेकी जिल्लाहरुमा रोग देखिइसकेपछि सतर्क रहन आवश्यक रहे पनि वर्तमान अवस्थामा चितवन सुरक्षित छ ।

    ‘राजधानीसहित छिमेकी जिल्लाहरुमा समस्या देखिइसकेपछि चितवन जिल्लामा पनि त्यो समस्या नआउला भन्न सकिँदैन । तर, सतर्कता अपनाउने र रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्छ’, उनले भने । यसका लागि एउटा फार्मबाट अर्को फार्ममा सम्पर्क नगर्ने, बाहिरबाट आउने आगन्तुकलाई फार्ममा प्रवेश नदिने र दिनै परे पनि सुरक्षाका उपाय अपनाएपछि मात्रै प्रवेश दिनेजस्ता कार्य गरे जोगिन सकिने उनको भनाइ छ ।

    तर, बेला–बेला छिटपुटरुपमा समस्या देखिइरहने हुँदा समस्या नै छैन भन्न सकिने अवस्था पनि नरहेको उनको भनाइ छ । ‘पछिल्लोपटक गएको जेठ २३ गते अन्तिमपटक बर्डफ्लु देखिएको थियो, तर त्यसयता देखिएको छैन’, उनले भने, ‘बाहिरी जिल्लाको अवस्था भयावह हुँदै जाँदा चितवनलाई सुरक्षित राख्ने चुनौती त छँदैछ ।’

    सुरक्षित रहनका लागि पशुसेवा कार्यालयले सचेतनामूलक कार्यक्रम गर्ने तथा किसानलक्षित कार्यक्रममार्फत जोगिने उपायमा काम गर्दै आएको उनले बताए । अहिले पनि कुखुराजन्य वस्तुको नमुना सङ्कलन गरी परीक्षण गर्ने र अवैधानिकरुपमा भित्रिन सक्ने जोखिम न्यूनीकरणका लागि निगरानी गर्दै आएको उनले दाबी गरे ।

    बर्डफ्लु सार्ने प्रमुख कारण भनेकै चराचुरूङ्गी भएकोले चराचुरूङ्गीलाई फार्मको नजिक आउन नदिने वातावरण बनाउनुपर्ने डा. न्यौपानेले बताए । ‘जङ्गली जनावरलाई फार्मभित्र प्रवेश गर्न नदिने र चराचुरूङ्गी बस्ने खालका रुखबिरूवा भए त्यसको उचित व्यवस्थापन गर्ने या त्यस्ता ठाउँमा फार्म नराख्ने गर्दा केही हदसम्म सुरक्षित हुन सक्ने देखिन्छ ।’

    अन्य पशुजन्य रोगको अवस्था पनि चितवनमा स्थिर रहेको उनले बताए । गत वर्ष असोज, कात्तिकको समयमा अफ्रिकन स्वाइन फिभर देखिएको थियो । त्यसबाट धेरै बङ्गुर मरेका थिए । तर, अहिले समस्या नदेखिएको उनले बताए । ‘लम्पी स्किन पनि स्थिर छ । समग्रमा पशुजन्य रोगबाट पनि चितवन सुरक्षित छ’, उनले भने ।

    पशुपक्षीजन्य रोगबाट जोगिनका लागि नियमित खोप, आवतजावत नियन्त्रण, जैविक सुरक्षाका विधि अपनाएरमात्रै पशुपक्षीपालन गर्न उनले सुझाव दिए । पछिल्लो समय चितवनमा अफ्रिकन स्वाइन फिभरविरूद्धको खोप नभएको हुँदा फार्म सञ्चालकले आफैँ सचेत हुन आवश्यक रहेको उनले बताए ।

    ‘अहिले हामीसँग खोप छैन, त्यसकारण अफ्रिकन स्वाइन फिभरबाट बच्नका लागि बङ्गुरलाई बाहिरी खानेकुरा नखुवाउने, जैविक सुरक्षाका विधि अपनाउने, पाठापाठी ल्याउँदा जैविक सुरक्षाका विधिसँगै क्वारेन्टाइनमा राखेर राम्रोसँग अनुसन्धान गरेपछिमात्रै खोरमा राख्ने गर्दा सुरक्षित हुन सकिन्छ’, उनले भने ।

    बिहिबार, असार १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation