Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • २ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. दास किराना पसललाई दुई लाख जरिवाना

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

निर्वाचन आयोगले आजदेखि लगायो मादक पदार्थ बिक्रीवितरण र सेवनमा रोक


  •   बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
  • चुनाव अवधिभरका लागि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लागेको छ।

    Advertisement

    उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

    यही फागुन २१ गते बिहान सात बजेदेखि मतदान सुरु हुनेछ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा योजनाअन्तर्गत मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

    सुरक्षा वस्तुस्थितिको आँकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिससमेतका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक अन्य निर्णयसमेत उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट भएर कार्यान्वयनमा आएको निर्वाचन आयोगले जनाएको छ।

    उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार यही फागुन १८ गते राति १२ बजेदेखि नर्वाचन प्रचारप्रसार निषेध हुनेछ। यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।

    साथै जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन भनिएको छ।

    मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालनमा रोक लाग्नेछ। यो निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि लागू हुनेछ।

    अत्यावश्यक सेवाका सवारीसाधनमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन रहेका छन्।

    बिहिबार, फागुन १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation