Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. दास किराना पसललाई दुई लाख जरिवाना

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु,कसरी गर्दैछ निर्माण कम्पनीले काम ?


  •   सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित
  • चितवन,मंसिर १४-

    Advertisement

    नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको चितवनको भरतपुर र नवलपुरको गैडाकोट जोड्ने नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणको काम सुरु भएको हो । निर्माणको ठेक्का पाएको नदी निर्माण कम्पनीले दुई सातादेखि फिल्डको काम सुरु गरेको जनाएको छ । ‘अहिले नारायणी नदीमा पुल निर्माण गर्न नारायणगढ तर्फ पाइलिङको तयारी भइरहेको छ,’ प्रोजेक्ट म्यानेजर इन्जिनियर मञ्जिल मिश्रले भने ‘बर्खा अगाडि नै डेकुरेशनको काम सक्ने योजनाका साथ काम अगाडि बढाएका छौँ ।’ एक अर्ब ६८ करोडमा ठेक्का पाएको निर्माण कम्पनीले ३६ महिनाभित्र सक्नेगरी काम अगाडि बढाएको छ । प्राकृतिक प्रकोप नआए बर्खा अगाडि नै नारायणी नदीको दुई वटा पिलरको डेकुरेशनको काम सकिने मिश्रले जानकारी दिए । यस सिग्नेचर पुलमा नदीको भागमा दुई र दायाँ–बायाँ दुईगरी चार वटा पिलर हुनेछन् । नारायणगढ तर्फ एक महिना भित्र पाइलिङ सकेर गैँडाकोट तर्फ अर्को महिनादेखि पाईलिङको काम सुरु गरिने उनले जानकारी दिए । मिश्रका अनुसार यस वर्ष केही फाउण्डेशन र सव स्टक्चरको काम सुरु गरिनेछ । ‘बर्खा अगाडि पिलर उठाउँदैनौँ । अर्को वर्षदेखि पिलर उठाएर काम गछौँ,’ उनले भने ‘प्राकृतिक प्रकोप भएन भने यस वर्ष फाउण्डेशनको २५ देखि ३० प्रतिशत काम गर्छौँ।’ सडक विभागले पुल निर्माणका लागि सन् २०२३ मा ठेक्का लगाएको थियो । एक वर्ष डिजाइन र अप्रुबलको समय राखेको थियो । हामीले डिजाइन सकेर कामको अख्तियारी पाएको २५ दिन मात्र भयो, उनले भने ‘अब जतिसक्दो छिटो सक्ने गरी काम अगाडि बढाउँछौँ ।’ यहाँ अत्याधुनिक प्रविधियुक्त दुई लेनको पुल निर्माण हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो । अहिलेको नारायणी पुल जिर्ण बन्दै गएको छ । नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी (जोडेर) ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ । यसको ११ मिटर चौडाइ हुनेछ । सिग्नेचर पुल अन्तर्गत आर्चब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सन लगायतका संरचना पर्छन् । सो पुलमा साइकल लेन समेत निर्माण हुनेछ । नयाँ पुलमा दुई ठाउँमा टावर राखिनेछ यो पुलमुनिबाट पानी जहाज सञ्चालन गर्न सकिने बताइएको छ । अब महेन्द्र राजमार्ग पनि फराकिलो हुने र त्यसपछि पुल पनि फराकिलो चाहिने हिसाबले नयाँ पुल बनाउन लागिएको हो । पुलको शिलान्याश तत्कालिन प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले वि.स २०८१ बैशाख ३१ गते गरेका थिए ।

    सोमबार, मङि्सर १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation