Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • ३ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ४ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. दास किराना पसललाई दुई लाख जरिवाना

  • ८. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ९. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

आफन्त र नाताबाटै महिलाहरू बढी यौनजन्य हिंसामा


  •   आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • काठमाडौं : नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ। प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

    Advertisement

     

     

    नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे प्रस्तुतीकरण दिइन्। उनले घरेलु हिंसाको दर पनि अत्याधिक रहेकाले आफैँ र घरपरिवारबाट सुधार हुन जरुरी रहेकामा जोड दिइन्।

    प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा आज प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका घटना बढ्नुका साथै अझै उजुरी दिने क्रम पनि बढेको बताए।

    पहिले महिलाहरू हिंसा लुकाएर राख्ने गरेकामा विस्तारै खुल्दै गएकाले पनि हिंसाका उजुरी बढिरहेको उनले उल्लेख गरे। यो तथ्याङ्कले अझै पनि सामूहिक प्रयासमार्फत हिंसा न्यूनीकरणमा लाग्न हामी सबै एकजुट हुनुपर्छ भन्ने देखाएको उनको भनाइ छ।

    महानिरीक्षक कार्कीले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिएकामा चिन्ता प्रकट गर्दै त्यसतर्फ हामी सबैले प्रयास गर्नुपर्नेमा जोड दिए। “पढेलेखेकै मान्छेमाथि र पढेलेखेकै मान्छेबाट हिंसाका घटना भइरहेका छन्, त्यसैले शिक्षा प्रणालीमा सभ्यताको विषयसम्बन्धी पाठ्यसामग्री राख्न जरुरी देखिएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ”, उनले भने।

    विभागकी प्रहरी उपरीक्षक खड्काले सूचना प्रविधिको विकाससँगै हिंसाका घटनामा बढोत्तरी भएको उल्लेख गर्दै यसलाई रोक्न प्रहरी एक्लैले नसक्ने धारणा राखिन्। आर्थिक समस्या र परनिर्भरताका कारण अझै पनि महिला प्रहरीमा उजुरी दिन डराइरहेकोतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिइन्।

    प्रहरी उपरीक्षक खड्काले हिंसा रोक्न र भइहाले न्याय दिलाउन समाज, व्यक्ति, राजनीतिक दल, सरोकार भएका निकायलगायत सङ्घसंस्थाको सहकार्य र समन्वयको खाँचो औँल्याइन्। अहिले प्रहरीले देशभरका २६० युनिटबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी सेवा प्रदान गरिरहेको उनले जानकारी दिइन्।

    कार्यक्रममा स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेर समूह अछुतो नरहेको बताउँदै नातागोताबाटै हिंसा हुनु अति चुनौतीपूर्ण विषय भएको उल्लेख गरिन्। अहिले पनि २८ प्रतिशत मात्रै पीडित महिला ‘हिंसा भयो’ भनेर मद्दत माग्न आउने गरेका जनाउँदै उनले बाँकी समाजमा लुकेर रहनु डरलाग्दो विषय भएको बताइन्।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराईले अभियानका रूपमा नभइ हिंसारहित समाज निर्माणका लागि आवश्यक सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिँदै न्यायको पहिलो ढोका प्रहरी भएकाले प्रहरीको भूमिका बढाउनुपर्ने उल्लेख गरे।

    गृह मन्त्रालयकी उपसचिव मीना अर्यालले महिलामाथि हुने हिंसा बढिरहेका भन्दै समीक्षा गरी न्यूनीकरणमा लाग्न सबैमा आग्रह गरिन्। प्रविधिले थप चुनौती थपिरहेको उल्लेख गर्दै उनले आवश्यक रणनीति बनाएर अघि बढ्न जरुरी रहेको बताइन्।

    राष्ट्रिय महिला आयोगकी रोशनीदेवी कार्कीले ‘खबर गरौँ ११४५’ अभियान सञ्चालन गरिएको जानकारी दिँदै हिंसाका घटनामा ‘होस्टाइल’ हुने समस्या विकराल रहेको उल्लेख गरिन्। त्यसैले प्रभावितमैत्री सेवा दिन आवश्यक रहेको उनको भनाइ थियो।

    आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation