• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शनिबार, फागुन ०९, २०८२
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
  • १ दिन 

११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
  • १ दिन 

निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
  • १ दिन 

चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
  • ३ दिन 

पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
  • ३ दिन 

भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने
  • ३ दिन 

अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
  • ५ दिन 

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो
  • ५ दिन 

मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने
  • ५ दिन 

लोकप्रिय समाचार

  • १. मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा पुर्‍याइने

  • २. चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

  • ३. अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

  • ४. आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • ५. भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

  • ६. पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

  • ७. निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

  • ८. ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

  • ९. मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

चाडपर्वमा कर्णालीमा ३ हजार ९०८ प्रहरी परिचालन, ड्रोनबाट निगरानी


  •   बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
  • सुर्खेत । कर्णालीमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ । प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार गरेको हो ।

    Advertisement

    दसैँ, तिहार र छठ पर्वको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवं सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ उपरीक्षक केदार खनालले बताए । यो सुरक्षा योजना असोज ६ गतेदेखि कार्तिक १० गतेसम्म लागु हुने खनालले जानकारी दिए ।

    चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलापलाई रोकेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै समग्र कर्णाली प्रदेशमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लक्ष्य राखिएको उनको भनाइ छ । प्रहरी वरिष्ठ उपरीक्षक खनालले भने, ‘हालै जेनजी पुस्ताले गरेको आन्दोलनबाट शान्ति सुरक्षामा प्रतिकूल प्रभाव परेको छ, जसका कारण यो वर्षको चाडपर्वमा थप सुरक्षा जोखिम बढ्नसक्छ ।’

    काठमाडाँै लगायत देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार तथा गोलीगठ्ठाको दुरुपयोग एवं विभिन्न कारागारबाट फरार रहेका कैदीबन्दीहरू चाडपर्वको समयमा आफ्नो घर–वतनमा आउन सक्ने र उक्त समयमा थप आपराधिक घटना हुन सक्ने जोखिम रहेको सुरक्षा अधिकारी बताउँछन् । त्यस्ता कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागु गरिएको खनालको भनाइ छ ।

    चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर १ हजार २१८ वटा ड्युटीमा तीन हजार ९०८ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरीले सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र चेकिङलाई तीव्रता दिएको छ, जसमा ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्यूआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन र १७८ वटा पैदल गस्ती सञ्चालन गरिएका छन् । यसैगरी २० वटा लामो तथा छोटो दुरीका गस्तीसमेत परिचालन गरिएको छ ।

    सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउन १३० स्थानमा पिकेट राखिएको छ भने ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ भइरहेको छ । ट्राफिकसहितको संयुक्त चेकिङ ७५ स्थानमा सञ्चालन गरिएको छ, जसले सवारी आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुर्‍याउनेछ । महत्त्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरुको सुरक्षाका लागि ४३ स्थानमा प्रहरी खटाइएको प्रदेश प्रहरी प्रवक्ता खनाल बताउँछन् ।

    यात्रु तथा नागरिकको सुविधाका लागि ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । सुरक्षा सचेतनाका लागि ९ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छ भने बैंक, वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ ।

    ८ विशिष्ट व्यक्तिको सुरक्षा र ३१८ अन्य विभिन्न स्थानहरूको सुरक्षामा पनि प्रहरी परिचालन गरिएको छ । ‘चाडपर्वको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न हामी कटिबद्ध छौँ,’ खनालले भने, ‘आवश्यकता अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके र कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट थप प्रहरी टोली खटाउने व्यवस्था मिलाइएकाले सुरक्षा व्यवस्था थप मजबुत हुने विश्वास लिइएको छ ।

    ’ सुरक्षित र हर्षोल्लासका साथ चाड मनाउने वातावरण बनाइने प्रदेश प्रहरी प्रवक्ता खनालका अनुसार नागरिकले निर्भयताका साथ पर्व मनाउने वातावरण सिर्जना गर्नुका साथै आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी प्रतिबद्ध छ । बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसलजस्ता आर्थिक कारोबार हुने स्थान र भिडभाड हुने क्षेत्रमा चोरी, लुटपाट र पाकेटमार नियन्त्रण गर्ने, बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र ठगीका घटनाहरूलाई पूर्ण रूपमा नियन्त्रण गरिने उनको भनाइ छ ।

    ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका साथै तोकिएको भन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउने, धार्मिक एवं साम्प्रदायिक घटनाहरू हुन नदिने गरी तयारी थालिएको खनालले जानकारी दिए । ‘विशेषतः जेनजी आन्दोलनका कारण नेपाल प्रहरीबाट लुटिएका हातहतियार र विभिन्न कारागारबाट फरार कैदीबन्दी तथा थुनुवाहरूलाई सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच गरी पक्राउ गर्ने लक्ष्य छ,’ उनले भने ।

    यस्तै, अवैध मालसामान, लागू औषधको ओसारपसार तथा विक्रीवितरण नियन्त्रण गर्ने, पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थको आयात, ओसारपसार र प्रयोग रोक्ने तथा अवैध मदिरा उत्पादन, विक्रीवितरण, जुवातास जस्ता गतिविधि निस्तेज पारिने उनी बताउँछन् ।

    त्यसका लागि सीमा नाका र आपराधिक गतिविधि हुन सक्ने संवेदनशील स्थानहरूमा विशेष जनशक्तिसहितको चेकिङको व्यवस्था मिलाइएको उनको भनाइ छ । प्रदेश प्रहरी प्रवक्ता खनालले सडक सुशासन, सार्वजनिक यातायातको सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि विशेष पहल गरिने बताए ।

    उनका अनुसार सुरक्षा योजना अनुसार, प्रविधिको उच्चतम प्रयोग गरिनुका साथै संवेदनशील अवस्थामा ड्रोनबाट समेत निगरानी र अनुगमनको व्यवस्था मिलाइएको छ । खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरूको कृत्रिम अभाव र कालोबजारी हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था मिलाइने उनले बताए । क्षमताभन्दा बढी यात्रु तथा मालसामान राखेर चल्ने सवारी साधनहरूलाई कारबाहीको दायरामा ल्याइने खनालले प्रस्ट पारे ।

    बुधबार, असोज ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास
    ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ
    निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’
    चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
    पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ
    भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    लोकप्रिय

    • १.
      मतपत्र छपाइ सकियो, १० दिनभित्र सबै जिल्लामा

    • २.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन :

    • ३.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ४.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    • ५.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ६.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति

    भर्खरै

    • १.
      मुख्य याममा सौराहामा पर्यटक घटेपछि व्यवसायी निरास

    • २.
      ११ किलाे गाँजासहित त्रिभुवन विमानस्थलबाट ३ भारतीय पक्राउ

    • ३.
      निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला-जिल्लामा, यस्ता छन् आयोगका ‘प्रचार टुल्स’

    • ४.
      चुनावको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

    • ५.
      पूर्वराजा ज्ञानेन्द्र शाहको आग्रह – राष्ट्रिय सहमति गरी निर्वाचन गरौँ

    • ६.
      भारतीय राजदूतलाई भेटेर धनगढी पुगे रवि लामिछाने

    • ७.
      अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो

    • ८.
      आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation