Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
बिहिबार, बैशाख ०३, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
  • २ हप्ता 

गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
  • २ हप्ता 

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
  • २ हप्ता 

सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
  • २ हप्ता 

फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
  • ३ हप्ता 

नवनिर्वाचित सांसदको शपथ आज
  • ३ हप्ता 

यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो
  • ३ हप्ता 

‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’
  • ३ हप्ता 

सुशासन र विकासमा रास्वपालाई पूर्ण साथ रहन्छ : थापा
  • ३ हप्ता 

लोकप्रिय समाचार

यस वर्ष हिले दशैंको सम्भावना कति ?


  •   आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
  • ५ असोज, काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध आज सकिएर दुर्गा पक्ष अर्थात् दशैं सुरु हुँदैछ । भोलि असोज ६ गते घटस्थापनाको दिनदेखि नै दुर्गापक्ष सुरु हुन्छ । दशैं रमाइलो गरी मनाउने तयारी गर्नेहरुका लागि मौसम कस्तो होला भन्ने चासो स्वाभाविक हुन्छ । साँच्चै कस्तो होला यो वर्षको दशैंमा मौसम ? मौसमविद डा. विनोद पोखरेल भन्छन्– यस वर्ष हिले दशैं हुने सम्भावना धेरै छ । उनका अनुसार भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ । ‘अर्को हप्ता दशैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ । जसका कारण नेपालभरि हिले दशैं हुने सम्भावना धेरै रहेको छ,’ डा. पोखरेल भन्छन् । विपद व्यवस्थापन विज्ञ तथा मौसम अध्येता डा. धर्मराज उप्रेति पनि दशैंसम्म नेपालमा मनसुन कायमै रहने सम्भावना देखिएको बताउँछन् । उनका अनुसार सेप्टेम्बर २५ तारिख अर्थात् असोज ९ गतेदेखि बे अफ बंगालमा पानी पार्ने एउटा प्रणाली विकसित हुँदैछ । त्यसको बढी असर बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म त्यसले असर पार्ने भएकाले नेपालबाट मनसुन बाहिरिन केही हदसम्म रोक्ने सम्भावना देखिएको डा. उप्रेतीको भनाइ छ । मौसम पूर्वानुमान गर्न प्रायजसो आइकोन, जीएफएस, ईसीएम डब्ल्यूएफ (युरोपियन मोडेल) प्रयोग गरिन्छ । यी मोडेलहरुले देखाएका सम्भावना समान छैनन् । युरोपियन मोडेलले पूर्वी नेपालमा खासै पानी पर्ने सम्भावना देखाएको छैन । तर भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा ठूलो वर्षा हुने सम्भावना देखाएको छ । त्यसको असर नेपालको सुदूरपश्चिम प्रदेशसम्म पर्न सक्ने अनुमान छ । मौसम पूर्वानुमानका विभिन्न मोडेलहरुले फरक–फरक सम्भावना देखाएकाले आधिकारिक सूचना जल तथा मौसम विज्ञान विभागबाटै लिनुपर्ने उनको सुझाव छ । डा. उप्रेति भन्छन्, ‘कुनै मोडेलले अर्को आइतबारदेखि पानी पर्ने सम्भावना कोशी प्रदेशदेखि गण्डकीसम्म देखाएको छ । कुनै मोडेलले दशैंको दिन दिउँसो पनि पानी पर्ने सम्भावना देखिएका छन् । त्यसैले आधिकारिक जानकारी मौसम विज्ञान विभागबाटै लिँदा राम्रो हुन्छ ।’ मौसम विज्ञान विभागका मौसमविद् के भन्छन् ? मौसम विज्ञान विभागले भने सामान्यतया तीन दिनभन्दा धेरै अवधिको मौसम पूर्वानुमानबारे औपचारिक जानकारी दिँदैन । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार दशैं विशेष बुलेटिन जारी गरेर मौसमबारे औपचारिक जानकारी दिइनेछ । तर त्यसका लागि केही दिन कुर्न र अन्यका सूचनामा विश्वास नगर्न उनले अनुरोध गरे । जल तथा मौसम विज्ञान विभागका अर्का एकजना मौसमविदले बंगालको खाडीमा विकसित हुने प्रणालीको सिधा असर नेपालमा पर्ने सम्भावना नरहेको बताए । ‘त्यो प्रणाली मध्य भारत हुँदै बहने भएकाले नेपालमा सिधा असर पर्दैन,’ ती मौसमविदले भने । उनका अनुसार आज कोशी र बागमती प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मध्यम खालको वर्षाको सम्भावना छ । भोलि र पर्सि अधिकांश भूभागमा मौसम सफा हुने सम्भावना छ ।

    Advertisement

    आइतबार, असोज ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ
    गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की
    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ
    सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान
    फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)
    नवनिर्वाचित सांसदको शपथ आज

    लोकप्रिय

    भर्खरै

    • १.
      गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

    • २.
      गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव बने जेम्स कार्की

    • ३.
      आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालयले मार्गदशन तयार पारेको छ

    • ४.
      सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान

    • ५.
      फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि (सूचीसहित)

    • ६.
      नवनिर्वाचित सांसदको शपथ आज

    • ७.
      यसपाली एसइई परीक्षा दिनेको संख्या झण्डै ११ हजारले बढ्यो

    • ८.
      ‘पश्चिम एसियाको तनावले रेमिट्यान्समा ठूलो धक्का, नेपालीहरू फर्किए व्यवस्थापनमा ठूलो चुनौती’

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation