Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • ६ घण्टा 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • ७ घण्टा 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • ७ घण्टा 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • १ दिन 

कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
  • १ दिन 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला
  • १ दिन 

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • ३ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • ३ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ४. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • ७. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ८. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ९. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • १०. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

शिक्षक आन्दोलन प्रभाव : वैशाख भरी नयाँ भर्ना अभियान जारी रहने


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • सरकारले चालु शैक्षिक सत्र(२०८२)को नयाँ भर्ना अभियान वैशाख महिना भरी नै जारी राख्ने भएको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघिसम्म वैशाख १५ गतेसम्म नयाँ भर्ना अभियान सञ्चालन गरे पनि यस वर्ष भने वैशाखभरी नै सञ्चालन गर्ने जनाएको छ।

    Advertisement

    सरकारले यस वर्षको ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नाराकासाथ वैशाख १ गतेदेखि देशभर नयाँ भर्ना अभियान सञ्चालन गरेको थियो। तर,देशभरका शिक्षक/कर्मचारीहरूको २९ दिनसम्मको आन्दोलनका कारण भर्ना अभियान प्रभावित बन्यो।

    शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि गत बुधबारसम्म उनीहरूले आन्दोलन जारी राखे। सरकारसँगको सहमतिपछि भने सामुदायिक विद्यालय खुल्न थालेका छन्। शिक्षा मन्त्रालयका अनुसार यो भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गर्ने र त्यसपछि पठनपाठन थाल्ने योजना थियो।

    तर,शिक्षक आन्दोलनले असर पुर्‍याएपछि भर्ना अभियान वैशाखसम्म नै जारी राख्ने शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए। ‘सरकारले वैशाख १ गतेबाट देशभर नयाँ भर्ना अभियान सञ्चालन गरेको छ,शिक्षक आन्दोलनले केही असर पुर्‍यायाे,’उनले भने,‘कोही पनि स्कुल भर्ना गर्नुपर्ने उमेर समूहका बालबालिकाहरू पढ्नबाट बञ्चित हुनुहुँदैन,हिजो शनिबार पनि भर्ना अभियान चल्यो,त्यसैले अब वैशाखभरि नै भर्ना अभियान चल्छ,यो क्रम अहिले पनि चलिरहेको छ।’

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गते नै सार्वजनिक सूचना जारी गरेर सम्बन्धित विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी भर्ना अभियानको नारासहित अभिभावकसमेतको सहभागितामा भर्ना अभियान सञ्चालन गर्न सबै स्थानीय तह,शिक्षा विकास तथा समन्वय एकाइ र सामुदायिक विद्यालयहरूलाई आग्रह गरिसकेको छ।

    विकास केन्द्रले भनेको छ,‘विद्यालय भर्ना अभियान पश्चात् सामुदायिक सिकाइ केन्द्र र विद्यालयको सहकार्यमा सर्वेक्षण गरी सबै बालबालिकालाई विद्यालय भर्ना भएको सुनिश्चित गरेर अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा स्थानीय तह घोषणा अभियान सञ्चालन गर्ने र यदि विद्यालय बाहिर बालबालिका रहेको देखिएमा विद्यालय बाहिर रहेका बालबालिकाहरूको नामसहितको विवरण अद्यावधिक गरी सबै बालबालिकालाई विद्यालय भर्ना गराउने कार्यक्रमलाई स्थानीय शिक्षा योजनामा समावेश गराउनुहुन अनुरोध छ।

    सबै ठाउँमा पुग्यो नयाँ पाठ्यपुस्तक

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले सबै ठाउँमा समयमै नयाँ पाठ्यपुस्तक पुगेको जानकारी दिएका छन्। ‘हामीले समयमै नयाँ पाठ्यपुस्तक छपाइ सकेर सम्बन्धित ठाउँमा पुर्‍याइसक्याैँ, सबै विद्यालयमै शैक्षिक सत्र सुरू हुनअगावै पुस्तक पुगिसकेको छ,’उनले भने।

    उनका अनुसार यस शैक्षिक सत्र कक्षा १० सम्मको लागि १ करोड ७० लाख ५० हजार थान पुस्तक छापिएको छ। शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाले पनि सबै ठाउँमा पुस्तक पुगिसकेको जानकारी दिए। ‘सबै ठाउँमा पुस्तक पुगिसक्यो,हालसम्म यो-यो ठाउँमा पुस्तक पुगेन,अभाव भयो भन्ने जानकारी आएको छैन,’उनले भने।

    छापिएका यी सबै पाठ्यपुस्तक जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ (कोशी) कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाएर बिक्रीवितरण गरिसकिएको छ।

    यस्तै, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जबाट पुस्तक बिक्रिवितरण भइसकेको छ। केही कारण पुस्तक अभाव भएमा यी ठाउँमा तत्काल सम्पर्क गरि पुस्तक लिन जनक शिक्षाकाे आग्रह छ।

    दुई वर्षअघिसम्म वर्षेनी समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहरिइरहेको थियो। त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो। तर २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ।

    भर्नासँगै पठनपाठन

    सरकार र नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमतिपछि बन्द भएको सामुदायिक विद्यालय खुलिसकेका छन्। अहिले नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भइसकेको शिक्षा मन्त्रालयका प्रवक्ता सापकोटाले जानकारी दिए।

    यसअघि शिक्षक आन्दोलन विद्यालय खुलेका थिएनन्। जसकारण अभिभावक र विद्यार्थीहरू चिन्तित थिए। तर,अहिले भने पढ्न पाएका छन्। ‘पठनपाठन पनि सुरू भइसकेको छ,वैशाखसम्म नै भर्ना अभियान पनि चल्छ,त्यसैले भर्नासँगै पठनपाठन हुन्छ,’उनले भने।

     

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
    परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
    बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
    पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
    कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    • ४.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • २.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ३.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    • ४.
      पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना

    • ५.
      कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु

    • ६.
      चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

    • ७.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • ८.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation