Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
  • ९ घण्टा 

पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
  • १० घण्टा 

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
  • १२ घण्टा 

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
  • १३ घण्टा 

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
  • १३ घण्टा 

नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने
  • १ दिन 

परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना
  • १ दिन 

बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
  • २ दिन 

पूर्वप्रधानमन्त्री दाहालद्वारा संविधान दिवसको शुभकामना
  • २ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. दास किराना पसललाई दुई लाख जरिवाना

  • ३. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ४. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ५. बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

  • ८. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

  • ९. अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

  • १०. चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा जंगली ‘रोनाल्डो’ हात्ती मृत अवस्थामा फेला

करिब एक अर्ब रुपैयाँको काठ तस्करी हुन लागेको भन्दै कैलालीमा अख्तियारको अनुसन्धान


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • ६ साउन, काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलालीमा करिब एक अर्बको काठ अवैध रूपमा कटान गरी बिक्री–वितरण गर्न खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।अख्तियारले मंगलबार डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरमा पुगेर काठको लिलाम र बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

    Advertisement

    अख्तियारको कञ्चनपुरस्थित कार्यालयको टोलीले ‘सुदूरपश्चिम प्रदेशमा ठूलो परिमाणमा अवैध तरिकाले काठ लिलाम बिक्री गर्न खोजिएको’ भन्ने उजुरीमाथि अनुसन्धान सुरु गर्दै कागजात नियन्त्रणमा लिएको हो। स्रोतका अनुसार प्रदेशमा उच्चस्तरको राजनीतिक संरक्षणमा यो काम अघि बढाइएको सूचनापछि अनुसन्धान अगाडि बढाइएको हो।

    विभिन्न सामुदायिक वन, केही काठ व्यवसायी र वनका कर्मचारीहरूको मिलेमतोमा काठ तस्करी गर्न खोजिएको सूचनाका आधारमा अनुसन्धान सुरु गरिएको हो। अख्तियारसँग सम्बद्ध अनुसन्धान अधिकारीहरूका अनुसार काठ तस्करी र लिलामी प्रक्रियामा डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुर, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्या र वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संलग्नता देखिने प्रारम्भिक प्रमाणसमेत फेला परेका छन्।

    अख्तियारका अनुसार कैलालीका झन्डै एक दर्जन सामुदायिक वनबाट एक लाख २३ हजार क्युबिक फिट काठ तस्करी गर्ने योजना बनाइएको थियो। त्यस्तै, पहलमानपुर क्षेत्रबाट दुई लाख २२ हजार क्युबिक फिट काठ निकाल्ने तयारी गरिएको थियो। दुवै डिभिजन वन कार्यालयअन्तर्गतका काठको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्ने अख्तियारको प्रारम्भिक अनुमान छ।

    के–के गरियो ?

    अख्तियारका एक अनुसन्धान अधिकारीका अनुसार काठ तस्करीका लागि खडा भएका हरिया रुखमा किरा लागेको भन्दै काट्न मिल्ने भनी वन विशेषज्ञहरूबाट झुटो सिफारिस तयार पारिएको थियो। सग्ला खयरका रुख काट्न आवश्यक सबै कागजात तयार गरी लिलाम बिक्री प्रक्रिया सुरु गरिएको थियो।

    नेपाल वन पैदावार उद्योगी महासंघ तथा अन्य उद्योगीहरूलाई काठ कटानबारे कुनै सूचना नदिई सीमित व्यापारीहरूको संलग्नतामा उद्योगहरूको टेन्डर स्वीकृत गर्ने प्रक्रिया अघि बढाइएको थियो। त्यसको सूचना पाएपछि सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सांसदहरूले स्थलगत निरीक्षण गरेका थिए।

    उनीहरूले अवैध तथा अनियमित तरिकाले बिक्री गर्न लागिएको ठूलो परिमाणको काठमा अनियमितता भएको निष्कर्ष निकाल्दै छानबिन नसकिउन्जेल लिलाम बिक्री रोक्न निर्देशन दिएका थिए। तर पनि लिलाम सदर हुन बाँकी रहेका बेला अख्तियारले सबै कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल
    पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?
    भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान
    पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
    नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ३.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ४.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ५.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल

    • २.
      पुरिएको घरबाट ११ दिनपछि उद्धार भएकी चण्डिकाको स्वास्थ्य अवस्था कस्तो छ ?

    • ३.
      भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

    • ४.
      पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू, प्रदेशले नछापे केन्द्रले नै छाप्ने

    • ७.
      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

    • ८.
      बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation