Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
  • ७ घण्टा 

दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
  • ८ घण्टा 

‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
  • ८ घण्टा 

सुनकोशी नदीमा कार खस्यो
  • ९ घण्टा 

निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
  • १ दिन 

जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ
  • १ दिन 

संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड
  • ४ दिन 

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग
  • ४ दिन 

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता
  • ४ दिन 

लोकप्रिय समाचार

  • १. सुनसरी घटना छानबिन टोली विराटनगरमा

  • २. चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी मर्कामा

  • ३. एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

  • ४. सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म सञ्चालनमा ल्याउने तयारी

  • ५. असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

  • ६. स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

  • ७. अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

  • ८. कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण आयोजना गर्ने

  • ९. एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

  • १०. फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

सरकारले दिएको जग्गामा ब्लड बैंक बन्यो, सरकारले नै डोजर चलायो


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • कोशी अस्पताल प्रशासनले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउन सोमबार बिहान डोजर चलायो । अस्पताल प्रशासनले नेपाल क्षयरोग निवारण संस्था र नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), गणेश मन्दिर र देवकोटा पुस्तकालयले सञ्चालन गरेका व्यापारिक सटरहरू भत्काएको हो । ती संस्थाहरूलाई पनि संरचना खाली गर्न उर्दी जारी गरेको छ ।

    Advertisement

    २०१६ सालदेखि सञ्चालन भइरहेको क्षयरोग संस्था कहाँ लैजाने भन्ने टुंगो छैन । २०४२ सालको मन्त्रिपरिषद्को निर्णयपछि स्थापना भएको रेडक्रस सोसाइटीको ब्लड बैंकको संरचना सार्न नसक्ने रेडक्रसले जनाएको छ । २०१६ सालमा जंगल र झाडी फाँडेर स्थापना भएको नेपाल क्षयरोग निवारण संस्था अहिले संकटमा छ ।

    संस्थाका कार्यबाहक अध्यक्ष भैरव क्षेत्रीका अनुसार तत्कालीन समयमा अग्रजहरूले मिहिनेत गरेर यो संस्था खडा गरेका थिए । त्यसबेला कोशी अस्पतालको जग्गा भन्ने थिएन्, झाडी फाडेर स्थापना भएको थियो,हजारौंलाई सेवा प्रवाह गरिसकेको छु उनले भने, ‘अहिले पनि यहाँ १९ जना बिरामी भर्ना छन्, जसमा ८ जना त कैदीबन्दी छन् ।’ सोमबार अस्पतालले सटर भत्काएपनि बिरामी बस्ने भवनलाई के गर्ने भन्ने टुंगो छैन ।

    ‘हामी जाने ठाउँ छैन, यो संस्था पनि सरकारकै कार्यक्रम हो,’ उनले भने,’राज्यले विकल्प नदिई हटाउँदा बिरामीको बिचल्ली हुन्छ ।’ २०४२ साल साउन १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कोशी अस्पतालको जग्गामा ब्लड बैंक स्थापना भएको थियो । त्यसअघि अस्पताल प्रशासनले नै ब्लड बैंक स्थापनाका जग्गा दिने भन्दै स्वास्थ्य सेवा विभागलाई पत्र पठाएको थियो ।

    रेडक्रस मोरङका अध्यक्ष सुकदेव मण्डलका अनुसार तत्कालीन श्री ५ को सरकारले जग्गा उपलब्ध गराएपछि दाताहरूको सहयोगमा भौतिक संरचना निर्माण गरिएको थियो । अहिलेको सरकारले भत्काएको उनले बताए । स्वास्थ्य सेवा विभागले रेडक्रसलाई जग्गा उपलब्ध गराउन गरेको पत्राचार ‘बिरामीलाई रगत सहज होस् भनेर अस्पताल छेउमै ब्लड बैंक राखिएको हो,’मण्डल भन्छन्, ‘हामीसँग भवन सार्ने बजेट छैन र यहाँबाट हट्दा बिरामीलाई ठूलो सास्ती हुन्छ ।’

    उनले सरकार र अस्पताल प्रशासनले मानवीय संवेदना विपरीत डोजर चलाएको बताए । उनका अनुसार ब्लड बैंकका लागि २४ घण्टा बिजुली चाहिन्छ । अहिलेको स्थानमा सो व्यवस्थापन छ । रेडक्रसको भवनमा सार्दा २४ घण्टा विजुली सम्भव नहुने उनले बताए । अहिलको स्थानबाट सारे सबैभन्दा बढी सास्ती कोशी अस्पतालमा उपचारका लागि आउने विरामीलाई हुने उनी बताउँछन् ।

    ‘उपचारका लागि रगत अपरिहार्य हुन्छ । रगतको अभावमा मृत्युशय्यामा रहेका हजारौँ बिरामीको ज्यान जोखिममा पर्न सक्ने तर्फ सरकार र अस्पताल प्रशासन गैरजिम्मेवार बनेको छ,’ उनले भने,‘ मानवीय र तटस्थ भावनामा यो कार्यले गहिरो चोट पुर्‍याइएको छ ।’

    रेडक्रस मोरङले विज्ञप्ति जारी गर्दै डोजर चलाएको घटनाप्रति असन्तुष्टि जनाएको छ । सरकारले गरेको यस्तो निकृष्ठ, गैरजिम्मेवार र अमानवीय कार्यले मृत्युशैयामा लडिरहेका हजारौं विरामीहरूमा समेत प्रत्यक्ष रगत र रक्ततत्वहरूको अभाव हुन गई ज्यान उच्च जोखिममा पर्न सक्ने तर्फ हामी सरकारलाई आग्रह गर्दछौं’, रेडक्रसले भनेको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झा भने सरकारकै निर्णयअनुसार जग्गा खाली गराउने अभियान सुरु भएको बताउँछन् ।

    ‘पहिलो चरणमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएका सटरहरू भत्काएका हौं,’ डा. झाले भने, ‘संस्थाहरूलाई अन्यत्र सर्न आग्रह गरिसकिएको छ । क्षयरोग निवारण संस्था उपयुक्त विकल्प खोजेर सर्नुपर्छ र रेडक्रसको त आफ्नै भवन पनि छ ।’

    कोशी अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालय बनेका छन् । ती संस्थाले २६ वटा सटर भाडामा लगाएका थिए । असार २१ गते गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अनुगमन गर्दै संरचना खाली गर्न निर्देशन दिएका थिए । निर्देशनपछि अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएको थियो । समय सकिएपछि सोमबार डोजर चलाएको थियो ।

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते
    दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा
    ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि
    सुनकोशी नदीमा कार खस्यो
    निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी
    जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    लोकप्रिय

    • १.
      सुनसरी घटना छानबिन टोली विराटनगरमा

    • २.
      चितवनका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्द, बिरामी

    • ३.
      एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना

    • ४.
      सिद्धबाबा सुरूङमार्गको ७० प्रतिशत काम सकियो, कात्तिकसम्म

    • ५.
      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

    • ६.
      स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह

    भर्खरै

    • १.
      गोरखामा पहिरोले तीन तले पक्की घर बगायो, डेरामा बस्ने एक जना घाइते

    • २.
      दुर्गा प्रसाईँलाई पक्राउ गरेकोमा धवलशम्सेरको आपत्ति, तत्काल छाड्न मा

    • ३.
      ‘गौँथली’को व्यापार साढे १३ करोडमाथि

    • ४.
      सुनकोशी नदीमा कार खस्यो

    • ५.
      निर्मल पुर्जासहित पर्वतारोहीको शव आज क्याम्प-१ मा ल्याउने तयारी

    • ६.
      जेनजी आन्दोलनमा कारागारबाट भागेका चितवनका आइतसिंह बन्दुकसहित पक्राउ

    • ७.
      संसद्‌मा सम्बोधन गर्दै प्रचण्ड

    • ८.
      जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation