Logo
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • कला साहित्य
  • अर्थ
  • विचार
  • खेलकुद
  • मनोरन्जन
×
शुक्रबार, असोज ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • कला साहित्य
    • अर्थ
    • विचार
    • खेलकुद
    • मनोरन्जन

भर्खरै

स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
  • १ दिन 

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
  • २ दिन 

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
  • २ दिन 

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
  • २ दिन 

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
  • २ दिन 

एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित
  • ३ दिन 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • ३ दिन 

१५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान
  • ३ दिन 

दास किराना पसललाई दुई लाख जरिवाना
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

  • २. पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

  • ३. नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

  • ४. रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

  • ५. दास किराना पसललाई दुई लाख जरिवाना

  • ६. १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

  • ७. प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • ८. एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

  • ९. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • १०. स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना


  •   सोमबार, असार २२, २०८३ मा प्रकाशित
  • देशका विभिन्न जिल्लामा एक साताभित्र भएका तीन ठूला सडक दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ । विशेषगरी दैलेखको कर्णाली राजमार्गमा भएको यात्रुवाहक फोर्स गाडी दुर्घटनामा बेपत्ता यात्रुको खोजी पाँच दिन बितिसक्दा पनि सफल हुन सकेको छैन ।

    Advertisement

    असार २१ गते आइतबार डोल्पा जिल्लामा भएको अर्को घटनामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार घाइतेहरूलाई उपचारका लागि जुम्ला अस्पतालमा पठाइएको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेताडा क्षेत्रमा असार १८ गते भएको फोर्स गाडी दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।

    नेपाल न्यूज बैंकसँगको टेलिफोन संवादमा उनले कर्णाली नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्य चुनौतीपूर्ण बनेको बताए । ‘नदीको बहाव निकै तीव्र छ । गाडी वा यात्रु अड्किन सक्ने कुनै निश्चित स्थान फेला नपरेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ,’ उनले भने । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११ः३० बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क।प्र।०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट करिब चारसय मिटर तल खसेर कर्णाली नदीमा डुबेको थियो ।

    दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने पारिवारिक स्रोतका अनुसार अझै पाँच जना बेपत्ता छन् । उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त टोली परिचालित छ । सशस्त्र प्रहरी बलका ६ जना तालिमप्राप्त गोताखोर पनि नदीमा खोजी कार्यमा खटिएका छन् । यसैबीच, कर्णाली दुर्घटनापछि बैतडीमा पनि यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । लगातार भइरहेका सडक दुर्घटनाले वर्षायाममा यात्रा सुरक्षाप्रति थप सतर्कता अपनाउनुपर्ने आवश्यकता रहेको प्रहरी बताए ।

    सडक दुर्घटनाका कारणबारे नेपाल न्यूज बैंकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी नरेशराज सुवेदीसँग टेलिफोन संवाद गरेको थियो । उनले वर्षायाममा सडक चिप्लिने, पहिरो जाने, सडक भासिने तथा दृश्यता कम हुनेजस्ता कारणले दुर्घटनाको जोखिम उल्लेख्य रूपमा बढ्ने बताए । उनले सवारी चालकलाई यात्रा सुरु गर्नुअघि गाडीको ब्रेक, टायर, स्टेयरिङ, लाइटलगायत सम्पूर्ण यान्त्रिक अवस्थाको अनिवार्य परीक्षण गर्न आग्रह गरे ।

    ‘बर्खायाममा सडक दुर्घटनाको जोखिम धेरै हुन्छ । कतै सडक चिप्लिएको हुन्छ, कतै भासिएको हुन्छ, त कतै पहिरो गएको हुन्छ । त्यसैले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नुपर्छ । सवारी साधनको प्राविधिक अवस्था राम्रो छ भन्ने सुनिश्चित गरेर मात्र गाडी चलाउनुपर्छ,’ सुवेदीले भने । उनले आवश्यक सावधानी अपनाए वर्षायाममा हुने अधिकांश सडक दुर्घटना न्यूनीकरण गर्न सकिने बताए । यस्तो सडक दुर्घटना न्युनिकरण गर्नको लागि संसदमा पनि बेला बेला आवाज उठाइरहेका हुन्छन् । तर सरकार भने तत्काल गर्नुपर्ने कामलाई वेवास्ता गरेको पाइएको छ ।

    सोमबार, असार २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै
    बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
    सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
    संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा
    एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    लोकप्रिय

    • १.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • २.
      पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छः दाहाल

    • ३.
      नेपाल–चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड

    • ४.
      रजिस्ट्रार पोखरेल न्यायाधीशमा सिफारिस

    • ५.
      दास किराना पसललाई दुई लाख जरिवाना

    • ६.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई

    भर्खरै

    • १.
      स्व.खिमानन्द न्यौपानेको स्मृतिमा रक्तदान कार्यक्रम हुँदै

    • २.
      बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही

    • ३.
      अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

    • ४.
      सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै

    • ५.
      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

    • ६.
      एन पेनाङ मलेसियाका अध्यक्ष थापा चितवनमा सम्मानित

    • ७.
      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    • ८.
      १५औँ महाधिवेशनमा जुट्न चितवनका ९८ वटै वडालाई कांग्रेसको आह्वान

    Copyright ©2026 Kachan Online | All rights Reserved.
     Website By :  FineCreation